बिहान खाली पेटमा पानी पिउँदा केके फाइदा हुन्छ ? थाहा पाउनुहोस् 

बिहान खाली पेटमा पानी पिउँदा केके फाइदा हुन्छ ? थाहा पाउनुहोस् 

अर्थ डबली
सोमवार, श्रावण ३२ २०७८
अर्थ डबली
सोमवार, श्रावण ३२ २०७८ (अर्काइभ बाट)
  • बिहान खाली पेटमा पानी पिउँदा केके फाइदा हुन्छ ? थाहा पाउनुहोस् 

    पानी विना जीवनको कल्पना गर्न सकिदैन । पर्याप्त पिउनाले पाचन प्रणाली, छाला र कपाललाई समेत प्रशस्तफाइदा पुर्याउँदछ ।

    images
    images

    कुनै पनि स्वास्थ्य समस्यामा डाक्टरहरुले पर्याप्त पानी पिउन सल्लाह दिन्छन् । स्वास्थ्यका लागि एक दिनमा कम्तिमा पनि १० गिलास पानी पिउनुपर्छ । 

    पानीले शरीरका विकारजन्य पदार्थलाई बाहिर ल्याउन सहयोग गर्दछ । खाली पेट पानी पिउदा स्वास्थ्यमा फाइदा हुने तथ्य सर्वप्रथम जापानमा प्रमाणित भएको हो । प्रायः जापानीले बिहान उठ्नेवित्तिकै चार गिलास पानी पिउँछन् ।

    उनीहरू पानी पिउनुभन्दा आधा घण्टापछि मात्रै ब्रेकफास्ट लिन्छन् । यो वाटर थेरापीले उनीहरुलाई सक्रिय र स्वस्थ रहन मद्दत गरिरहेको छ। खाली पेट पानी खाँदा करिब ९० प्रतिशत रोगबाट बच्न सकिने विज्ञहरुले बताउँदै आएका छन्। 

    अझ मनतातो पानीको सेवन स्वास्थ्यका लागि झनै फाइदाजनक हुन्छ । बिहान खाली पेटमा पानी पिउनुका फाइदा यी हुन्ः

    आन्द्रामा फ्लस

    खाली पेट प्रशस्त पानी पिउदा पेटका विकार शौचमार्फत जाने र पेट सफा हुन्छ। यसले पाचन प्रणालीलाई पनि सहयोग गर्छ । तपाईलाई एक बिहानै शौच आउदैन भने कम्तिमा दुई गिलास मन तातो पानी खाली पेट खाँदा खुलेर शौच आउछ।

    शरिरका विकार 

    तपाई बाथरुम जाँदा शरिरका उत्तेजित र विकारलाई बाहिर फालिदिनुुहुन्छ। जति धेरै पानी पिउनुहुन्छ त्यति धेरै विकार शरिरबाट फाल्न सहयोग पुग्छ।

    भोक बढाउँछ

    नियमित खाना खानु महत्वपूर्ण हुन्छ । तर भोक लागेन भने के गर्नेरु खाली पेट पानी पिउदा तपाईको भोग जाग्छ। बिहान उठ्ने वित्तिकै खाली पेटमा दुई गिलास पानी पिउनुहोस तपाईलाई भोक लागिरहन्छ।

    टाउको दुख्नबाट बचाउँछ

    मानिसलाई बारम्बार टाउको दुख्नुको मुख्य कारण प्रर्याप्त पानी नपिउनु हो। डिहाइड्रेसनको मुख्य लक्षण नै टाउको दुख्नु हो। तसर्थ बिहान उठ्नेवित्तिकै पानी खानु भयो भने यो समस्याबाट मुक्त हुनसक्छ । टाउको दुख्नबाट बचाउनको अतिरिक्त यसले श्वासको दुर्गन्ध र अन्य व्याक्टेरियाको संक्रमणबाट जोगाउछ।

    कोलोन सफा गर्छ 

    पानी पिउदा कोलोन सफा गरिदिन्छ । एक गिलास पानी खाली पेट खाँदा कोलोनमा जम्मा भएको लेदो र विकार सफा गरिदिन्छ । कोलोन सफा भएमा शरिरलाई आवश्यक पोषक तत्व शोषण गर्न सहयोग पुयाउछ। तपाईको कोलोन सफा भएमा समग्रमा सम्पूर्ण शरिर नै स्वस्थ हुन्छ।

    मेटाबोलिजमलाई तीब्र पार्छ 

    यदि तपाईले डाइटिङ गर्दै हुनुहुन्छ भने खाली पेट पानी खानु उत्तम उपाय हो। पानी पिउदा कम्तिमा पनि २४ प्रतिशतले मेटाबोलिजमलाई बृद्धि गर्छ । यसको अर्थ तपाईले चाँडो र प्रभावकारीरुपमा खाना पचाउन सक्नुुहुन्छ। जसका कारण छोटो समयमा नै तौल घट्छ।

    उर्जा बढाउँँछ 

    यदि तपाईलाई अल्छि लागेको छ भने एक गिलास पिउनुहोस। खाली पेट पानी खाँदा रगतका रक्त कोषिकालाई चाँडो बढ्न सहयोग पुयाउछ । जति धेरै कोषिकाको बृद्धि हुन्छ त्यति नै धेरै शरिरमा अक्सिजन प्रबाह हुन्छ । यसको अर्थ तपाईमा एक प्रकारको उर्जा मिल्छ।

    अनुहारमा चमक ल्याउँछ

    खाली पेट प्रशस्त पानी खादा अनुहारको चमक बढाउछ। शरिरमा जति बढी विकार र उत्तेजित तत्व हुन्छ त्यति नै तपाईको अनुहारको छाला नराम्रो बनाउछ । तर प्रशस्त पानी खाँदा विकार हट्ने भएकोले अनुहारको सुन्दरतामा निखार आउँछ।

    रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्छ 

    समग्र स्वास्थ्यको लागि पानी नभई नहुने तत्व हो । शरिरमा तरल पर्दाथको सन्तुलनका लागि पनि पानी नभई हुदैन । दिनहुँ खाली पेटमा पानी खाँदा रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्छ । तपाईको रोग प्रतिरोधात्मक क्षमता बलियो भएमा तपाईलाई कुनै पनि प्रकारका रोग लाग्दैन ।

    साताको लोकप्रीय