सिद्धार्थ बैंकको नाफा २ अर्ब ८३ करोड, वितरणयोग्य मुनाफा ४०.५३ प्रतिशतले बढ्यो 

सिद्धार्थ बैंकको नाफा २ अर्ब ८३ करोड, वितरणयोग्य मुनाफा ४०.५३ प्रतिशतले बढ्यो 

अर्थ डबली
सोमवार, साउन ३२ २०७८
अर्थ डबली
सोमवार, साउन ३२ २०७८ (अर्काइभ बाट)
  • सिद्धार्थ बैंकको नाफा २ अर्ब ८३ करोड, वितरणयोग्य मुनाफा ४०.५३ प्रतिशतले बढ्यो 

    काठमाडौँ / सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक बर्ष २०७७/०७८ को चौथौ त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । वित्तीय विवरण अनुसार बैंकले गत आ.व.को असार मसान्तसम्मा २ अर्ब ८३ करोड ६१ लाख १४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । 

    images
    images

    अघिल्लो आर्थिक बर्ष २०७६/०७७ को असार मसान्तसम्म २ अर्ब १४ करोड ३६ लाख १३ हजार रुपैयाँ नाफा कमाएको बैंकले समीक्षा अवधिमा भने नाफा रकम ३२.३१ प्रतिशतले बृद्धि गरेको हो । 

    यसैगरी बैंकले समीक्षा अवधिसम्म चुक्ता पूँजी १२ प्रतिशत, निक्षेप सङ्कलन २९.५९ प्रतिशतले बृद्धि गरेको छ भने कर्जा लगानी पनि २८.३० प्रतिशतले बढेको छ । 

    अघिल्लो आ.व.को असार मसान्तमा ८६ करोड ६४ लाख ८४ हजार रुपैयाँ वितरणयोग्य मुनाफा रहेकोमा समीक्षा अवधिमा सो रकम ४०.५३ प्रतिशतले बृद्धि भएर १ अर्ब २१ करोड ७६ लाख ५२ हजार रुपैयाँ पुगेको छ । 

    बैंकको खुद ब्याज मुनाफा ०.६२ प्रतिशत र सञ्चालन मुनाफा ३०.७५ प्रतिशतले बृद्धि भएको बैंकको वित्तीय विवरणमा उल्लेख छ । समीक्षा अवधिसम्म बैंकको नेटवर्थ प्रतिशेयर १८४ रुपैयाँ ८६ पैसा, खराब कर्जा १.१६ प्रतिशत, आधार ब्याजदर ७.१६ प्रतिशत र प्रतिशेयर आम्दानी २५.८७ पैसा रहेको छ । 

    Report Siddhartha.JPG

    साताको लोकप्रीय