सिभिल बैंकको नाफा ५५ करोड ९३ लाख, वितरणयोग्य मुनाफा ९७.६९ प्रतिशतले बढ्यो

सिभिल बैंकको नाफा ५५ करोड ९३ लाख, वितरणयोग्य मुनाफा ९७.६९ प्रतिशतले बढ्यो

अर्थ डबली
मंगलवार, भदौ १ २०७८
अर्थ डबली
मंगलवार, भदौ १ २०७८ (अर्काइभ बाट)
  • सिभिल बैंकको नाफा ५५ करोड ९३ लाख, वितरणयोग्य मुनाफा ९७.६९ प्रतिशतले बढ्यो

    काठमाडौँ / सिभिल बैंक लिमिटेडको गत आर्थिक बर्ष २०७७/०७८ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ ।

    images
    images

    वित्तीय विवरणअनुसार बैंकले असार मसान्तसम्म ५५ करोड ९३ लाख ६८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्ष २०७६/०७७ को चौथो त्रैमासमा ५५ करोड ५० लाख ६३हजार रुपैयाँ नाफा कमाएको बैंकले सो तुलनामा समीक्षा अवधिमा ०.७७ प्रतिशतबढी नाफा कमाएको हो । 

    यसैगरी बैंकले यस अवधिमा चुक्ता पूँजी रकम ०.८० प्रतिशतले बृद्धि गरेको छ भने ५४.११ प्रतिशत बढी निक्षेप र ५३.४७ प्रतिशत बढी कर्जा कर्जा लगानी गरेको छ । 

    यसैगरी समीक्षा अवधिमा बैंकले वितरणयोग्य मुनाफा ९७.६९ प्रतिशतले बढाएको छ । अघिल्लो आ.व.को चौथो त्रैमासमा २५ करोड २१ लाख ९६ हजार रुपैयाँ वितरणयोग्य मुनाफा रहेकोमा समीक्षा अवधिमा ४९ करोड ८५ लाख ८५ हजार रुपैयाँ पुर्याएको छ ।

    असार मसान्तसम्ममा बैंकले खुद ब्याज आम्दानीमा १.०८ प्रतिशतले गिरावट आएको छ भने सञ्चालन मुनाफा ०.७५ प्रतिशतले बढेको छ । हाल बैंकको नेटवर्थ प्रतिशेयर १२३ रुपैयाँ ६७ पैसा, रहेको छ भने आधार ब्याजदर ७.८३ प्रतिशत, खराब कर्जा १.०५ प्रतिशत र प्रतिशेयर आम्दानी ६ रुपैयाँ ४७ पैसा रहेको छ । 

    Report Civil bank.JPG

    साताको लोकप्रीय