भारतमा दैनिक सङ्क्रमित र सक्रिय सङ्क्रमितमा कमी

भारतमा दैनिक सङ्क्रमित र सक्रिय सङ्क्रमितमा कमी

अर्थ डबली
मंगलवार, भदौ १ २०७८
अर्थ डबली
मंगलवार, भदौ १ २०७८ (अर्काइभ बाट)
  • भारतमा दैनिक सङ्क्रमित र सक्रिय सङ्क्रमितमा कमी

    भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा मङ्गलबार धेरै कमी आएको छ । पछिल्लो २४ घण्टामा २५ हजार १६६ नयाँ सङ्क्रमित थपिएका स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । एकै दिनमा कोरोना सङ्क्रमित थपिएका यो संख्या गत १५४ दिनयताकै सबभन्दा कम हो ।

    images
    images

    भारतमा पछिल्लो समय दैनिक सङ्क्रमितको सङ्ख्यामा कमी हुँदै आएको छ । त्यसैगरी सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घट्दै गएको छ । 

    भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या तीन लाख ६९ हजार ८४६ रहेको स्वास्थ्य मन्त्रालयले मङ्गलबार बिहान जनाएको छ । यो सङ्ख्या गत वर्ष सन् २०२० को मार्चपछिकै सबैभन्दा कम भएको अधिकारीले जनाएका छन् । सक्रिय सङ्क्रमितको यो सङ्ख्या कूल सङ्क्रमितमध्येको १.१५ प्रतिशत हो ।

    भारतमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या तीन करोड २२ लाख ५० हजार ६७९ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो एक दिनमा ३६ हजार ८३० जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । 

    योसँगै सङ्क्रमणमुक्त भएकाको कूल सङ्ख्या तीन करोड १४ लाख  ४८ हजार ७५४ पुगेको छ । कूल सङ्क्रमितमध्ये ९७।५१ प्रतिशत सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् ।  

    भारतमा अहिलेसम्म कोरोना भाइरसका कारण मृत्यु भएकाको कूल सङ्ख्या चार लाख ३२ हजार ७९ रहेको छ भने तीमध्ये ४३७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । 

    यही अगस्त १६ सम्ममा भारतमा ४९ करोड ६६ लाख २९ हजार ५२४ ओटा स्वाब परीक्षण गरेको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ । तीमध्ये  १५ लाख ६३ हजार ९८५ जनाको पछिल्लो एक दिनमा परीक्षण गरिएको हो । 

    भारतमा गत १६ जनवरीदेखि कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म ५५ करोड ४७ लाख ३० हजार ६०९ डोज खोप लगाइएको छ । 

    पछिल्लो २४ घण्टाको समयाअवधिमा ८८ लाख १३ हजार डोज खोप लगाइएको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । 

    साताको लोकप्रीय