अपि पावरको १८ औँ बार्षिक साधारणसभा भदौ २५ गते, केके छन् सामान्य र विशेष प्रस्तावहरू

अपि पावरको १८ औँ बार्षिक साधारणसभा भदौ २५ गते, केके छन् सामान्य र विशेष प्रस्तावहरू

अर्थ डबली
मंगलवार, भाद्र १ २०७८
अर्थ डबली
मंगलवार, भाद्र १ २०७८ (अर्काइभ बाट)
  • अपि पावरको १८ औँ बार्षिक साधारणसभा भदौ २५ गते, केके छन् सामान्य र विशेष प्रस्तावहरू

    काठमाडौँ / अपि पावर कम्पनीको १८ औँ बार्षिक साधारण सभा यही भदौ २५ गते बिहान ११ बजे भर्चुअल माध्यम जुम एपबाट हुने भएको छ । कम्पनीको साउन ३२ गते बसेको सञ्चालक समितिको बैठकले बार्षिक साधारण सभाको मिति तय गरेको हो । 

    images
    images

    वार्षिक साधारण सधा प्रयोजनका लागि कम्पनीको मिति २०७८ साल भाद्र गते देखि २०७८ साल भाद्र २४ गतेसम्म शेयरको दर्ता किताब बन्द रहने कम्पनीले जनाएको छ । 

    १८ औँ वार्षिक साधाराण सभामा छलफलका विषयहरु :

    क) सामान्य प्रस्ताव 

    १) संचालक समितिको तर्फबाट अध्यक्षज्युद्धारा आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन प्रस्तुत , छलफल तथा स्वीकृत गर्ने सम्बन्धमा ।

    २) लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७७/०७८ को  वासलात , नाफा नोक्सान हिसाब र नगद प्रवाह वित्तीय विवरणहरु छलफल तथा स्वीकृत गर्ने सम्बन्धमा ।

    ३) कम्पनीको ऐन २०६३ को दफा १११ अनुसार आ.व २०७८ र २०७९ का लागि लेखापरिक्षकका नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा ( वर्तमान लेखापरिक्षण श्री आई. पि. मैनाली एण्ड एसोसियट्स नियुक्तको लागि योग्य हुनुहन्छ । 

    ४) १८ औँ वार्षिक साधारण सभा प्रयाजनका लागि शेयर दाखिला बन्द भएको मितिसम्म कायम शेयरधनीहरुलाई आ. व २०७७/०७८  मुनाफाबाट ०.५५ प्रतिशत कर प्रयोजनका लागि नगद लाभाशं गर्ने 

    ख) विशेष प्रस्ताव 
    १) कम्पनीको आर्थिक वर्ष २०७७/०७८ को खुद मुनाफाबाट चुक्ता पुँजीको १०.५ प्रतिशतका दरले वोनस शेयर पारित गर्ने सम्बन्धमा 

    २) कम्पनीले संचालन तथा विकास गरिरहेको आयोजनाहरुको लागि बैंक तथा वित्तिय संस्थाबाट लिने आवश्यक कर्जा कम्पनी ऐनको आवश्यक कर्जा लिन सञ्चालक समितिलाई अख्यिारी प्रदान गर्ने सम्बन्धमा ।

    ३) आर्थिक वर्ष २०७७/०७८ को १०.५ प्रतिशत वोनस शेयर वितरण पश्चात् कायम हुने चुक्ता पुँजी रु २७५. ८९ करोडको १ सेयर बराबर ०.३९३६ का दरले हुने रु १०८.६ करोड बराबरको हकप्रद शेयर निष्काशन प्रदान गर्ने । प्रस्तावित हकप्रद शेयर निष्काशनबाट प्राप्त हुने रकम कम्पनीले निर्माण गरिरहेको ४०मेगावाट क्षमताको माथिल्लो चमेलीया जलविद्युत आयोजनामा थप लगानी गरिनेछ ।

    ४) कम्पनीको वोनश शेयर तथा हनप्रद जारी गर्ने प्रयोजनका लागि कम्पनीको चुक्ता पुँजी वृद्धि गर्ने सम्बन्धमा 

    ५) हकप्रद शेयर जारी गर्ने कार्य गर्दा विद्युत नियमन आयोग धितापत्र बार्ड , नेपाल स्टक  एक्सचेन्ज लिमिटेड , कम्पनी रजिष्ट्रारको कार्यालय लगायत नियमनकारी निकायमा आवश्यक कार्य गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा

    साताको लोकप्रीय