नबिल बैंक र मुक्तिनाथ विकास बैंकबीच व्यापार सम्झौता, ग्राहकहरूलाई मिल्नेछ यस्तो अवसर  

नबिल बैंक र मुक्तिनाथ विकास बैंकबीच व्यापार सम्झौता, ग्राहकहरूलाई मिल्नेछ यस्तो अवसर  

अर्थ डबली
बिहिवार, भदौ ३ २०७८
अर्थ डबली
बिहिवार, भदौ ३ २०७८ (अर्काइभ बाट)
  • नबिल बैंक र मुक्तिनाथ विकास बैंकबीच व्यापार सम्झौता, ग्राहकहरूलाई मिल्नेछ यस्तो अवसर  

    काठमाडौँ / नबिल बैंकले मुक्तिनाथ विकास बैंकबीच व्यापार सम्झौता भएको छ । यी दुई बैंकबीच ग्राहकहरुलाई आवश्यकता पर्ने गैर कोषमा आधारित बैंकिङ सुबिधाहरु उपलब्ध गराउन व्यापारिक सम्झौता भएको हो । 

    images
    images

    यस सम्झौता अन्तर्गत मुक्तिनाथ विकास बैंक लिमिटेडका ग्राहकहरुले नबिल बैंक मार्फत Letters of Credit, Document against Payment (DAP), Document Against Acceptance (DAA), Local Bank Guarantee आदि सुबिधाहरु उपभोग गर्न सक्नेछन ।

    यस सहकार्यबाट मुक्तिनाथ विकास बैंकको ग्राहकहरुले आधुनिक बैंकिङ सुविधाहरु उपभोग गर्ने अवसर प्राप्त गर्नेछन् । साथै यस सम्झौता पश्चात दुइ बैंकबीच निक्षेप, रेमिट्यान्स, निर्देशित क्षेत्रमा लगानी, सह–वित्तीयकरण कर्जा, बिदेशी मुद्रा सम्बन्धि अन्य कारोबार समेत अगाडी बढाउने लक्ष्य राखिएको छ ।  

    साझेदारीको बारेमा बोल्दै, नबिल बैकका प्रमुख कार्यकारी अधिकृत, अनिल केशरी शाहले भने “नबिल बैंकले यस सहकार्यको माध्यमबाट मुक्तिनाथ विकास बैंकको ग्राहकहरुलाई विस्तारित बैंकिङ सुबिधा प्रदान गर्न पाउँदा खुसी छौ । यस व्यापार सम्झौता अन्तर्गत रहेर मुक्तिनाथ विकास बैंकको बैंकिङ साझेदार हुन पाउँदा नबिल बैंक उत्साहित छ र दुबै बैंकका ग्राहकहरुलाई उत्कृस्ट बैंकिङ सेवा सुविधा प्रदान गर्नको लागि नबिल बैंक तत्पर छ ।” 

    नबिल बैंकसँग भएको यस सम्झौताले मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले आउदा दिनहरुमा प्रतितपत्र, बैंक जमानत, डिमाण्ड ड्राफ्ट लगायतका बैदेशिक व्यापारमा प्रयोग हुने विभिन्न उपकरणहरु मुक्तिनाथ  विकास बैंकका शाखाहरुबाटनै प्राप्त गर्ने भएकाले बैदेशिक व्यापारमा संलग्न ग्राहकहरुलाई समग्र बैकिङ्ग सेवा लिन सुविधा पुग्ने कुरा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले जानकारी गराए । 

    साताको लोकप्रीय