हिमालयन बैंक र वन पैदावार उद्योग व्यवसायी महासंघबीच सम्झौता, महासंघका सदस्यहरूलाई विशेष कर्जा प्याकेज 

हिमालयन बैंक र वन पैदावार उद्योग व्यवसायी महासंघबीच सम्झौता, महासंघका सदस्यहरूलाई विशेष कर्जा प्याकेज 

अर्थ डबली
शुक्रवार, भदौ ४ २०७८
अर्थ डबली
शुक्रवार, भदौ ४ २०७८ (अर्काइभ बाट)
  • हिमालयन बैंक र वन पैदावार उद्योग व्यवसायी महासंघबीच सम्झौता, महासंघका सदस्यहरूलाई विशेष कर्जा प्याकेज 

    काठमाडौँ / हिमालयन बैंक लिमिटेड र नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघबीच व्यावसायिक सम्झौता भएको छ । 

    images
    images

    महासंघका सदस्यहरूलाई विशेष प्याज प्रदान गर्ने सहमतिअनुसार महासंघ र बैंकबीच आज भदौ ४ गते शुक्रबारदेखि लागू हुने गरी सहमति भएको हो । 

    उक्त सम्झौता अनुसार बैंकले नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघका सदस्यहरूलाई एसएमई अन्तर्गत रु १२ करोडसम्मको विशेष कर्जा प्याकेज प्रदान गर्ने भएको छ । 

    यस सम्झौता अन्तर्गत बंैकले न्यूनतम ब्याज दर, कर्जा शुल्क, प्रतितपत्र वा बैंक जमानत जारी गर्न नगद मर्जिन र कमिसनमा बंैक जमानत जारी गर्ने भएको छ । उक्त सेवा सो महासंघका सदस्यहरुले बैंकको काठमाडौँ उपत्यकाभित्र र बाहिर रहेका समपुर्ण शाखाहरुबाट सहज रुपमा प्राप्त गर्न सक्नुहुनेछ । 

    हाल बैंकले ७१ शाखाहरु, १४६ एटिम र ५००० भन्दा बढी पिओएस टर्मिनल्सहरूबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

    साताको लोकप्रीय