थप ३०४२ जनामा कोरोना संक्रमण, कुन प्रदेशमा कति संख्याले लगाए भ्याक्सिन ? [विवरणसहित]

थप ३०४२ जनामा कोरोना संक्रमण, कुन प्रदेशमा कति संख्याले लगाए भ्याक्सिन ? [विवरणसहित]

अर्थ डबली
शुक्रवार, भदौ ४ २०७८
अर्थ डबली
शुक्रवार, भदौ ४ २०७८ (अर्काइभ बाट)
  • थप ३०४२ जनामा कोरोना संक्रमण, कुन प्रदेशमा कति संख्याले लगाए भ्याक्सिन ? [विवरणसहित]

    काठमाडौँ / नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा कुल १७ हजार ६५४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यालाई पोजेटिभ देखिएको हो । 

    images
    images

    गत २४ घण्टामा १० हजार ५३० जनाको पिसिआर परीक्षण गर्दा २ हजार ७९ जनाको पोजेटिभ र ७ हजार १२४ जनाको एन्टेजिन विधिबाट परीक्षण गर्दा ९६३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

    यसैगरी हालसम्म कुल १० हजार ४५५ जना संक्रमितले ज्यान गुमाएका छन् भने ६ लाख ९३ हजार ५४३ संक्रमित निको भएका छन् । 
    २४ घण्टाको अवधिमा थप २६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयको तथ्याङ्क छ भने सोही अवधिमा २ हजार २४४ जना निको भएका छन् । 
    हाल देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ३०९ रहेको छ भने कोरोना निको हुने दर घटेर ९३.१ प्रतिशतमा झरेको छ । 
    २४ घण्टामा काठमडौँमा ६०४ जना, कास्कीमा २२९ जना, ललितपुरमा १८७ जना, भक्तपुरमा १०७ जना र मोरङमा १५० जना संक्रमित थपिएका छन् । 

    News distrcit.JPG

    मन्त्रालयको जानकारी अनुसार गत २४ घण्टाभित्रमा १ लाख ८० हजार २८ जनालाई कोरोना भाइरस विरुद्धको खोप लगाइएको छ भने हालसम्म ३७ लाख ९९ हजार १७८ जनाले पूर्ण र ४९ लाख ७५ हजार २३ संक्रमिले पहिलो डोज खोप प्राप्त गरेका छन् । 
    विस्तृतमा हेर्नुस् 

    Covid vaccine news.JPG

    साताको लोकप्रीय