के तपाईँको खुट्टा गन्हाउने समस्या समस्या छ ? यी उपाय अपनाउनुहोस् र समस्याबाट मुक्ति पाउनुहोस् 

के तपाईँको खुट्टा गन्हाउने समस्या समस्या छ ? यी उपाय अपनाउनुहोस् र समस्याबाट मुक्ति पाउनुहोस् 

अर्थ डबली
सोमवार, श्रावण ११ २०७८
अर्थ डबली
सोमवार, श्रावण ११ २०७८ (अर्काइभ बाट)
  • के तपाईँको खुट्टा गन्हाउने समस्या समस्या छ ? यी उपाय अपनाउनुहोस् र समस्याबाट मुक्ति पाउनुहोस् 

    खुट्टा गन्हाउने समस्या विदेशतिर ‘खेलाडीको समस्याको रुपमा मा लिइन्छ । तर, यो समस्या खेलाडीको मात्रै हैन । पानी तथा हिलोमा काम गर्ने व्यक्तिमा खुट्टा गन्हाउने समस्या बढी देखिए आम मानिसमा पनि यस्तो समस्या हुन्छ । गन्हाउने समस्या फङगसबाट हुन्छ ।

    images
    images

    खुट्टा तातो भएर पसिना आउँदा फङगस उत्पन्न हुन्छ । जसका कारण गन्हाउन सुरु हुन्छ । यो समस्या भइसकेपछि ३–४ हप्तासम्म ध्यान दिनुपर्छ । यसका लक्षणहरू विशेष गरी खुट्टाको औंलाको कापमा र छालामा चिरा पर्ने, फोका निस्की पानी भरिएर फुट्ने र पोलिरहने पनि हुन्छ । यस्तो बेलामा केही उपाय अपनाएर समस्या केही कम गर्न सकिन्छ।

    खुट्टाको स्याहार गन्हाउने समस्या भएका बेलामा खुट्टामा जुत्ता र मोजा लगाउन बन्द गर्नुपर्छ । सकेसम्म खुल्ला राख्नुपर्छ । यो बेलामा छालामा परेका साना चिरा दुख्छन् र तिनीहरूमा संक्रमण हुन सक्छ । यस्तो बेलामा मन तातो पानीमा नुन हालेर खुट्टा ५–१० मिनेट भिजाउनु पर्छ । नुन पानीले फङगसलाई बढ्नबाट रोक्छ । यसले छालामा आउने पसिनालाई पनि केही कम गर्छ । साथै यसरी भिजाउँदा छाला केही नरम हुन्छ र फङगस हटाउने क्रीम छालाको भित्री तहसम्म सजिलो तरिकाले पुग्छ । नुन पानीमा भिजाउने क्रम ३–४ हप्तासम्म गरिरहनु पर्छ।

    खाने सोडाको प्रयोग यो समस्या देखापरेपछि खुट्टामा सोडा लगाउनु पनि समस्या कम गर्ने एउटा राम्रो उपाय हो । एक चम्चा खाने सोडामा अलिकति तातो पानी मिसाएर खुट्टाको औंलाको कापमा लगाई केहीबेर राखिदिने । एकछिनपछि खुट्टा सफासँग धुने र सुख्खा बनाउने । त्यसपछि अलिकति पाउडर लगाउँदा बेश हुन्छ।

    मरेको छाला हटाउने यो समस्या भएमा डल्लो र फोका उठ्ने केही मात्रामा कम भएपछि देखापर्ने साना र सेता छाला हटाउनुपर्छ । किनभने यसबाट फेरि संक्रमण हुन सक्छ । नुहाउने बेलामा खुट्टालाई राम्रोसँग भिजाएर एउटा ब्रसले वा खस्रो सूतीको कपडाले पुछेर खुट्टा सफासँग धुनुपर्छ । विशेषगरी खुट्टाको कापमा राम्रोसँग सफा गर्नुपर्छ र खुट्टा धोइसकेपछि सुख्खा हुने गरी पुछ्नु पर्छ।

    जुत्ता ओभानोरसुख्खा पारेर लाउने यस्तो समस्या पर्ने व्यक्तिले कपडाको जुत्ता लगाउनु बेश हुन्छ । छालाको जुत्ता सकभर प्रयोग नगर्नुहोस् । विशेषगरी गर्मीयाममा त जुत्ताभन्दा चप्पल÷स्लीपर जुत्ता लगाए नै वेश हुन्छ। जुत्तालाई सकेसम्म सुख्खा राख्नुपर्छ । जुत्ता सुकाउन जुत्तालाई भित्रपट्टि सफा कपडा वा कागजले हावा खेल्ने ठाउँमा खोलेर राख्नु बेश हुन्छ । तुना बाँध्ने जुत्ता छ भने तुना खोलेर सकेसम्म हावा खेल्ने ठाउँमा राखिदिनुपर्छ । सम्भव भएमा जुत्ता बेला बेलामा घाममा सुकाउनाले पनि राम्रो हुन्छ।

    सूतीको मोजाको प्रयोग मोजा गन्हाउने र हिलो उछ«ने जस्ता समस्या हुने व्यक्तिले सकेसम्म सूतीकै मोजा प्रयोग गर्नुपर्छ । सूतीकै मोजा पनि सकेसम्म हरेक दिन फेर्नुपर्छ । यस्तो समस्या हुनेले मोजा धुँदा सफा गरेर साबुन लगाएर घाममा सुकाउनु पर्छ, ताकि त्यसमा फङगसका कुनै चिन्ह नरहुन् । साथै पसिनाको गन्ध पनि जाओस् र खुट्टा नगन्हाओस्।

    खुट्टा सुख्खा राख्ने

    नुहाइ सकेपछि खुट्टा धोएर ओभानो पारी पुछ्नु पर्छ र १०–१५ मिनेट घाममा राख्नु पर्छ । मोजा, जुत्ता लगाउनै पर्ने भएमा खुट्टाका काप कापमा पाउडर दलेर मात्र मोजा लगाउनु बेश हुन्छ । यसले पसिना आउन कम गर्छ र फङगस पनि केही कम हुन्छ।

    चप्पलको प्रयोग

    स्वीमिङ पुलको वरिपरि, व्यायाम गर्ने ठाउँमा र बाथरूममा चप्पलको प्रयोग गर्दा बेश हुन्छ किनभने यस्तो ठाउँबाट फङगस सर्ने बढी सम्भावना हुन्छ।

    साताको लोकप्रीय