खाली पेटमा खानै नहुने चीजहरू, यी १० खानेकुरा खाली पेटमा खाए गम्भिर असर गर्ने   

खाली पेटमा खानै नहुने चीजहरू, यी १० खानेकुरा खाली पेटमा खाए गम्भिर असर गर्ने   

अर्थ डबली
सोमवार, भदौ ७ २०७८
अर्थ डबली
सोमवार, भदौ ७ २०७८ (अर्काइभ बाट)
  • खाली पेटमा खानै नहुने चीजहरू, यी १० खानेकुरा खाली पेटमा खाए गम्भिर असर गर्ने   

    शरीर र स्वाथ्य दुबैका लागि खाना आवश्यक छ । खाना नै शरीरको सम्पूर्ण उर्जा र प्राणको स्रोत हुन् । हामी स्वस्थ रहने कि रोगी यो कुरा हाम्रो खानपानमा निर्भर रहन्छ । भनिन्छ, हामी जस्तो खान्छौं त्यस्तै हुन्छौं ।

    images
    images

    कस्तो खाना ? कति खाना ? कुन समयमा के खाने के नखाने जस्ता ज्ञान भने हुनुपर्छ नत्र स्वास्थ्यवर्द्धक भनिएका कुराहरु पनि समय र अवस्थाको ख्याल नगरी खाएका उल्टै स्वास्थ्यमा हानी पुर्याउँने हुन सक्छन् । 

    खाना खादा समय र अवस्थाको पनि ख्याल गर्नु पर्ने हुन्छ । यहाँ हामीले त्यस्तै खानेकुराहरुको सूचि बनाएका छौँ जुन स्वास्थ्यका लागि फाइदाकारी नै छन् तर समयको सम्बन्धमा होस नपुर्याए स्वास्थ्यमा हानी पुर्याउँछन् । यसैले तपाईले पनि यी खानेकुराहरु खाली पेटमा खाँदै हुनुहुन्छ भने आफ्नो बानीमा सुधार गर्नुपर्दछ । 

    ग्रीन टि : हामीहरु शरीरको बोसो घटाउन, ब्लडप्रेसर नियन्त्रण गर्न बिहानै ग्रीन टि पिउने गर्छौं । तर ग्रीन टिमा हुने कैफिनले शरीरमा एसिडको मात्रालाई बढाउँछ । एउटा समस्याबाट मुक्त हुन पिउने त्यही ग्रीन टि खालि पेटमा सेवन गर्दा एसिडिटी बढ्छ । र, पाचनक्रियामा समस्या ल्याएर अरु नयाँ समस्या उत्पन्न गराउँछ ।

    चिया : चियामा पनि एसिडको मात्रा निक्कै नै धेरै हुन्छ । त्यसैले खालि पेटमा चियाको सेवनले पेट पोल्ने र दुख्ने समस्या हुन्छ भने अल्सर हुने सम्भावना पनि हुन्छ ।

    दुध : प्राय सबैलाई थाहा छ, दुधमा स्याचुरेटेड फ्याट ९चिल्लो पदार्थ ० र प्रोटीन हुन्छ । खाली पेटमा दुध सेवन गर्नाले पेटको मांशपेसीलाई कमजोर पार्छ । यसकारण दुधलाई खाली पेटमा सेवन गर्यो भने पाचनक्रियामा समस्या देखिनुको साथै यसले कफ पनि बढाउँछ ।

    चिनी : त्यसै पनि चिनीलाई ‘व्हाइट एण्ड स्वीट पोइजन’ भन्ने गरिन्छ । खालि पेटमा चिनी सेवन गर्दा रगतमा चिनीको मात्रा बढ्छ । चिनी खाँदा शरीरलाई आवश्यक पर्ने उर्जा र शक्ति त प्राप्त हुन्छ तर यसको मात्रामा वृद्धि हुदैँजादा यसले थकान पनि बढ्छ ।

    सफ्ट ड्रिंक्स (कोल्ड ड्रिंक्स) : सफ्ट ड्रिंक्सहरुमा कार्बोनेट एसिडको मात्रा अधिक हुन्छ । यसले शरीरमा एसिडको मात्रा बढाउँछ । त्यसपछि छाती पोल्ने, पेट पोल्ने समस्या देखापर्छ । एसिडिटीको समस्या बढ्छ र साथसाथै छटपटी पनि हुन सक्छ ।

    टमाटर : खालि पेटमा टमाटर सेवन गर्दा यसमा हुने एसिडले एक प्रकारको जेल पैदा गर्छ र अन्ततः पथरीको समस्या उत्पन्न हुन्छ ।

    खर्बुजा : खर्बुजामा भिटामिन, आइरन, म्याग्नेसियम, र पोटासीयमको मात्रा निक्कै धेरै हुन्छ । शरीरको लागि अति आवश्यक यी तत्वहरु खाली पेटमा पुगे भने चाहिं एसिडिटीको समस्या आउछ । साथसाथै पाचनक्रियामा पनि समस्या आउँछ । अझ पानी खाने बित्तिकै खर्बुजा खानु र खर्बुजा खाए लगत्तै पानी खानु त झन् हानिकारक हुन्छ । यदि त्यसो गरियो भने पखाला लाग्ने निश्चित छ ।

    केरा : केरामा म्यागनेसियम एकदमै धेरै हुन्छ । त्यसैले खालि पेटमा केरा खायो भने शरीरमा क्याल्सियम र म्याग्नेसियमको ब्यालेन्स बिग्रिन्छ । जसले गर्दा छाती पोल्ने र पाचनक्रियामा समेत गडबडी आउने हुन्छ ।

    सुन्तला : सुन्तलामा अर्गानिक एसिड हुन्छ । पेट खाली भएको बेला शरीरमा त्यतिकै पनि एसिड (अम्ल) को मात्र धेरै हुन्छ । त्यसमाथि खाली पेटमा सुन्तला खायो भने यसले एसिडको मात्रा अत्याधिक बढाउँछ । बैज्ञानिक अनुसन्धानबाट के देखिएको छ भने पेटमा एसिड धेरै हुँदा छाती र पेट पोल्ने तथा पथरीको समस्या समेत आउने हुन्छ ।

    सखरखण्ड : सखरखण्डमा टैनिन र पैकटिन जस्ता पदार्थ हुन्छन् । गम जस्तो यो पदार्थलाई खाली पेटले पचाउन सक्दैन । परिणाम स्वरूप छाती पोल्ने समस्या देखापर्छ ।

    साताको लोकप्रीय