बिहान उठेर कहिल्यै नगर्नुहोस् यी गल्ती नत्र हुनेछ स्वास्थ्यमा हानी 

बिहान उठेर कहिल्यै नगर्नुहोस् यी गल्ती नत्र हुनेछ स्वास्थ्यमा हानी 

अर्थ डबली
सोमवार, भदौ ७ २०७८
अर्थ डबली
सोमवार, भदौ ७ २०७८ (अर्काइभ बाट)
  • बिहान उठेर कहिल्यै नगर्नुहोस् यी गल्ती नत्र हुनेछ स्वास्थ्यमा हानी 

    हामी स्वास्थ्य जीवनशैलीको खोजीमा छौँ । यसमा खानपानदेखि लिएर हामीले गर्ने शारीरिक गतिविधिसँगै कुन समयमा के गर्ने ? के नगर्ने जस्ता कुराहरू पनि निकै महत्वपूर्ण मानिन्छ । विशेषगरी बिहान हामी कति बेला उठ्छौँ र उठेपछि के के क्रियाकलाप गर्छौँ भन्ने कुराले हाम्रो दिन कस्तो होला भनेर अनुमान गर्न सकिन्छ । केही कामहरू छन् जो हामीले बिहान उठेर गर्नुहुदैछ । 

    images
    images

    जसलाई विस्तृतमा यसरी उल्लेख गरिएको छ: 
    १. हत्तपत्त उठेर काममा नलाग्ने 
    आँखा खुलेपछि थोरै समय ओछ्यानमै आराम गर्नुपर्छ । केहिछिन पछि दाँयातर्फ फर्केर उठ्नुपर्छ । यसरी उठ्दा सुप्त अवस्थामा शिथिल रहेको उर्जा शरीरमा राम्ररी सञ्चार हुनपुग्छ । यसले शरीरमा उर्जाको सञ्चारलाई सन्तुलित गर्छ । आरामसाथ उठेर लामो एवं गहिरो सास लिने, मनतातो पानी पिउने ।

    २. स्ट्रेचिङ गर्ने
    सुतेको समयमा हाम्रो शरीरको मांशपेसी, खासगरी मेरुदण्डको हड्डी कठोर भएको हुन्छ, जसलाई सामन्य अवस्थामा फर्काउनका लागि शरीरलाई स्ट्रेच गर्नुपर्छ । तीनचार पटक शरीर स्ट्रेच गर्ने र बाँया फैलिएर सकारात्मक उर्जालाई स्वयम् महसुष गर्ने । यसले दिनभर शरीर चुस्त र फूर्तिलो बन्छ ।

    ३. ब्रेकफास्ट गर्ने
    बिहान उठेर ब्रेकफास्ट नगर्नु भनेको मधुमेह, मोटोपनलाई निमन्त्रणा गर्नु हो । यस किसिमको बानीले रोगप्रतिरोधात्मक क्षमतामा पनि ह्रास आउँछ । विहान उठेर ब्रेकफास्ट नलिदा हाम्रो शरीरमा अतिरिक्त तनाव पर्छ । रातीको खाना र बिहानको खानाबीच लामो ग्याप हुन्छ, जसले ब्लड सुगर लेभल कम हुन्छ । यदि सुतेर उठेको एक घण्टामा हामीले केहि खाएनौ भने, ब्लड सुगर लेभल अझ घट्छ । ब्रेकफास्ट हेल्दी र ताजा हुनुपर्छ । चिया, बिस्कुट जस्ता खानेकुराभन्दा भिजाएको बदाम, रोटी, फल सेवन गर्नुपर्छ ।

    ४. उठ्नसाथ मोवाइल चेक नगर्ने
    बिहान निन्द्रा खुल्नसाथ धेरै मानिसले मोबाइल खोज्छन् । आँखा माड्दै फोनमा इमेल, म्यासेज चेक गर्न थाल्छ । यसले तपाईलाई उठ्नुअघि नै तनाव पैदा गरिदिन्छ । त्यसैले उठ्नसाथ मोबाइल चेक गर्नु हुँदैन ।

    ५. मुस्कुराउने
    तपाईको मुश्कानले तपाईको स्वास्थ्यलाई निकै फाइदा गरिरहेको हुन्छ । त्यसैले बिहान उठेर मुस्कुराउने अभ्यास गर्नुपर्छ । यसले इम्युन सिस्टमलाई मजबुद बनाउँछ । मुटुको चाललाई सन्तुलित राख्छ र उच्च रक्तचाप नियन्त्रण गर्छ ।

    ६. एक्सरसाइज गर्ने 

    धेरैजसो मानिस बिहान उठ्नसाथ काममा लाग्छन् । त्यसअघि हल्का व्यायाम गर्नैपर्छ । शारीरिक काम गर्नु र व्यायम गर्नुमा फरक छ । काम गर्दा शरीरको एक भागलाई मात्र असर परिरहेको हुन्छ । मानसिक तनाव हुन्छ । तर, प्रफुल्ला मुद्रामा गरिने व्यवस्थित व्यायमले शरीरको समग्र भागलाई लाभान्वित तुल्याउँछ ।

    ७. उठ्नसाथ मलमुत्र त्याग गर्ने 

    कतिपय उठेर शौचालय जान अल्छी मान्छन् वा जाने अभ्यास गर्दैनन् । तर, बिहान उठेर मनतातो पानी पिइसकेपछि मलमुत्र त्याग गर्नुपर्छ । किनभने यसो नगर्दा शरीरमा बिकार फैलन्छ । त्यसैले बिहान उठेपछि आरामपूर्वक मलमुत्र त्याग गर्नैपर्छ ।

    साताको लोकप्रीय