हिमालयन बैंकद्वारा शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग प्रदान 

हिमालयन बैंकद्वारा शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग प्रदान 

अर्थ डबली
बिहिवार, भदौ १० २०७८
अर्थ डबली
बिहिवार, भदौ १० २०७८ (अर्काइभ बाट)
  • हिमालयन बैंकद्वारा शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग प्रदान 

    काठमाडौँ / हिमालयन बैंक लिमिटेडले शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग गरेको छ । 

    images
    images

    बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पूरा गर्ने उद्देश्यले बाँसवारी, काठमाडाँैस्थित शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग प्रदान गरेको हो ।

    बैंकले सो अस्पतालमा सेवा लिन आउने सेवाग्राहीहरुका लागि वार्डहरू मर्मत–सम्हार गरी उचित सेवा प्रदान गर्न रु. ६ लाख ९२ हजार  ९६२ बराबरको आर्थिक सहयोग प्रदान गरेको हो । 

    अस्पतालमा भएको उक्त वार्ड जिर्ण भएकोले सेवाग्राही तथा चिकित्सकहरुका लागि समेत समस्या परेकोले बैंकले उक्त वार्ड मर्मत सम्हार गरी हस्तान्तरण गरेको हो । 

    बैंकका तर्फबाट महाप्रबन्धक सुशील जोशी र माहाराजगंज शाखा प्रबन्धक अभय बहादुर शाहले अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि आधिकारीको उपस्थितिमा उक्त वार्डको समुद्घाटन गरेका थिए । सो समारोहमा बैंक तथा अस्पतालका अन्य कर्मचारीहरुको पनि उपस्थिति रहेका थियो ।

    news himalayan.JPG

    साताको लोकप्रीय