मनोपरामर्श लिनुस् वेबसाइट र मोबाइल एपबाट, निस्शुल्क म्यासेज सेवा 

मनोपरामर्श लिनुस् वेबसाइट र मोबाइल एपबाट, निस्शुल्क म्यासेज सेवा 

अर्थ डबली
शनिवार, भाद्र १२ २०७८
अर्थ डबली
शनिवार, भाद्र १२ २०७८ (अर्काइभ बाट)
  • मनोपरामर्श लिनुस् वेबसाइट र मोबाइल एपबाट, निस्शुल्क म्यासेज सेवा 

    काठमाडौं / विश्वभर फैलिएको कोरोना संक्रमणले मानिसहरुको मानसिकतामा पनि गहिरो चोट दिएको छ ।

    images
    images

    लाखौं मानिसको ज्यान लिएको उक्त भाइरसका कारण अर्थतन्त्र समेत ठप्प छन् । महामारीको कारण विश्वभर नै मानसिक समस्या वृद्धि भइरहेको छ । 

    यो बेला विविध प्रकारका मानसिक समस्या समाधानको लागि विज्ञसँग सिधै भेट्न सहज छैन । नेपालमा पनि मेन्टल हेल्थका समस्या बढिरहेका छन् । 

    यस्तै समस्या समाधान गर्नका लागि मनोभावना सेवाले मेन्टल हेल्थ, वेलनेस र करियर सम्बन्धि सेवाहरु उपलब्ध  गराएको छ । तपाईको आफ्नो जिज्ञासा प्रश्न वा विचार उक्त सेवासँग व्यक्त गर्न सक्नुहुन्छ । 

    पिपुल डेभलपमेन्ट ल्याब (पीडीएल)ले मोबाइल एप र वेबसाइटको माध्यमबाट  उक्त सेवा ल्याएको हो । मेन्टल हेल्थ र साइको थेरापी मार्फत संस्थाले सेवा उपलब्ध गराउँछ । 

    तपाईले पिपुल डेभलपमेन्ट ल्याबको वेबसाइट मनोभावना डट कम र एन्ड्रोइड एपमा जान सकिन्छ । 

    पीडीएलका संस्थापक किशोर अधिकारीले ‘अनलाइनबाट मनोभावना सम्बन्धि खासगरी मेन्टल हेल्थ, वेलनेस, करियरसम्बन्धित सेवा उपलब्ध गराउने बताए । 

    अधिकारीले भने, ‘अहिले एन्डोइड एप्लिकेसनमा मनोभावना र मनोभावना डटकममा यो सेवा उपलब्ध छ ।’ 

    एकवर्षदेखि यो सेवा शुरु गरिएको भएपनि पूर्ण रुपमा अनलाइन सेवा सुरु अहिलेबाट भएको हो । 

    अहिलेसम्म २ सय जनालाई मनापरामर्श सेवा उपलब्ध गराइसकेको अधिकारीले बताए । 

    सहरी क्षेत्रमा बस्ने, अमेरिका, अष्ट्रेलिया, मलेसिया, मध्यपूर्वका देशहरुमा बस्ने धेरै ब्यक्तिले यस्तो सेवा लिएको अधिकारीले बताए । 

    मेन्टल हेल्थ समस्या भएका, तनाव बारम्बार भइरहने, पारिवारिक समस्या भएका व्यक्तिहरुले यो सेवा लिनुपर्ने अधिकारीको जिकिर छ । 

    त्यसैले उनले मेन्टल हेल्थ समस्यालाई प

    manoparamarsha.JPGहिलो प्राथमिकतामा राखेर सेवा उपलब्ध गराइरहेका छन् । कोभिडको कारणले पनि मेन्टल हेल्थका समस्या बढेको उनी बताउँछन् ।


    मेन्टल हेल्थ समस्या नभएका तर केही न केही इमोसनल इस्यु भइरहने, झैझगडामा पर्ने, आफैलाई पनि नराम्रो लागिरहनेलाई पनि यो सेवा उपलब्ध गराएको सेवाका प्रमुख अधिकारीले बताए । 

    साइको थेरापी र काउन्सिल भनेको प्रोसस भएको र समस्या पत्ता लगाएर समस्या समाधान गरिने उनी बताउँछन् । मेन्टल हेल्थको विषय औषधिले मात्र नभएर परामर्श पनि समस्या समाधानका लागि महत्वपूर्ण हुने अधिकारी बताउँछ । 

    कसरी लिने सेवा

    मनोभावनाबाट मनोपरामर्श सेवा लिन सहज छ । सेवाग्राहीले दुई अप्सन लिन सक्छन् । पहिलो मनोभावना डट कम र अर्को हो मोबाइल एप मनोभानाव । अहिले मोबाइल एप एन्ड्रोइडमा मात्र उपलब्ध छ । 

    अनलाइनमा गइसकेपछि तपाईंले आफ्नो अकाउन्ट बनाउनु पर्छ । त्यसपछि तपाईलाई केही सामान्य प्रश्नहरु सोधिन्छ । 

    ति प्रश्नपछि तपाईंले आफ्नो समस्या राख्न सक्नुहुन्छ । 

    लगइन भइसकेपछि तपाईंले दिएको प्रश्नको उत्तरको आधारमा तपाईंलाई आवश्यक पर्ने मनोपरामर्श विज्ञ उपलब्ध गराइन्छ । जुन तपाईंको समस्या समामाधान गर्ने विज्ञ हुनेछन् । 

    तपाईं दर्ता हुने बित्तिकै म्यासेज आदनप्रदान सेवा उपलब्ध हुन्छ । जुन पाँच दिनसम्म निःशुल्क उपलब्ध हुन्छ । 

    तपाईंले म्यासेज पठाएर आफ्नो समस्या राख्न सक्नुहुन्छ र हरेक दिन तपाईंको म्यासेज हेरेर विज्ञबाट समाधानका उपाय बताइन्छ । यो सेवा पाँच दिनसम्म निशुल्क उपलब्ध हुन्छ । 

    अधिकारीकाअनुसार यो निशुल्क सेवा वेबसाइट वा एपमा पहिलो पटक दर्ता भएका प्रयोगकर्तालाई पाँचसम्म रहेको छ । पाँच दिनपछि म्यासेजबाट लिने सेवा बन्द हुन्छ । 

    त्यसपछि उसले उक्त काउन्सिल सेवा निरन्तर गर्न चाहेमा अनलाइनबाट उपलब्ध हुने अन्य प्याकेज लिनुपर्ने हुन्छ । निशुल्क म्यासेज बन्द भएपछि तपाईले थप शुल्क तिरेर म्यासेजबाट पनि परामर्श लिन सक्नुहन्छ । जसको लागि एक हप्ताको लागि ६ सय ३० रुपैया शुल्क तोकिएको छ। 

    तपाईंले अब अनलाइनमा ‘वान टु वान सेसन’ पनि लिन सक्नुहुन्छ । यसको बेवसाइट वा एप्लिकेसनमा जुम जस्तै ‘फेस टु फेस’ कुरा गर्न सकिने सिस्टम उपलब्ध छ । यो बुक गरिसकेपछि उक्त सेवा लिन सकिन्छ । यस सेवाको लागि एक घण्टाको एक हजार शुल्क तोकिएको छ ।

    अर्को भनेको विभिन्न सेवाहरुलाई एकीकृत गरेर प्याकेज बनाइको छ । जस्तो कि एउटा ४० दिनको प्याकेज हुन्छ । यसमा ‘वान टु वान सेसन’, ‘फेस टु फेस’, म्यासेज लगायतका सुविधा हुन्छन् । यसमा विभिन्न तरिकाले छलफल भइरहेको हुन्छ । यसको मूल्य ४ हजार ५ सयदेखि सुरु भएर १० हजारसम्म छन् । यो ६ महिनासम्म सेवा दिन सकिन्छ । 

    ‘फेस टु फेस सेसन’ अर्थात भेटेर लिने सेवा पनि रहेको छ । तर, अनलाइन सेवालाई नै प्राथमिकतामा राखेकाले भेटेर लिने सेवाको लागि अलि बढी शुल्क राखिएको अधिकारी बताउँछन् ।

    कसैलाई एन्जाइटी, डिप्रेसन छ भने त्यस किसिमको विरामीको लागि पनि विभिन्न प्याकेज बनाइएको छ । करियर डिसिजनको लागि पनि प्याकेज नै बनाएको अधिकारीले बताए ।  

    कसैलाई एन्जाइटी छ, मन डराइ रहन्छ, सुत्न गाह्रो हुन्छ भने काम एण्ड रिल्याक्ससेसन प्योकेज छ । ‘हाम्रो अध्ययनले के भन्छ भने हप्ताको एक चोटी गरेर पाँच सेसन भयो भने ठिक हुदोरहेछ,’ अधिकारीले भने ।  

    यि प्याकेज लिँदा सम्बन्धि विज्ञसँग सम्पर्क भएर कुराकानी सुरु हुन्छ । कुनै कुनै प्याकेजमा ‘फेस टु फेस’ पनि भेट्नु पर्ने हुनसक्छ । भेट्ने सुविधा पनि छ । 

    App link: https://play.google.com/store/apps/details?id=com.manobhavana&fbclid=IwAR2bzTrmRYQIa0SNL24fsKt0t6WhBa_WNuTjJFyQI4UuRyUhYlU_MuMTc_s

    साताको लोकप्रीय