प्रिमियरको ३६ एमएमको डण्डी आएपछि ठूला आयोजनाहरुले अब आयात गर्नै पर्ने बाध्यता छैन 

प्रिमियरको ३६ एमएमको डण्डी आएपछि ठूला आयोजनाहरुले अब आयात गर्नै पर्ने बाध्यता छैन 

अर्थ डबली
शनिवार, भदौ १२ २०७८
अर्थ डबली
शनिवार, भदौ १२ २०७८ (अर्काइभ बाट)
  • प्रिमियरको ३६ एमएमको डण्डी आएपछि ठूला आयोजनाहरुले अब आयात गर्नै पर्ने  बाध्यता छैन 

    नेपालमै पहिलो पटक ३६ एमएमको फलामे डण्डी उत्पादन गरेर प्रिमियर स्टिल पछिल्लो पटक बजारमा चर्चा छ । जुन अरुण तेस्रो जलविद्युत आयोजनाले प्रयोगमा ल्याएको छ । 

    images
    images


    यस्ता ठूला आयोजनाहरूमा आवश्यक हुने उक्त फलामे डण्डी अब आयात गर्नैपर्र्नेे बाध्याता हटेको छ । 
    करिब ४ सय करोड लगानीमा सञ्चालित प्रिमियर स्टिल उद्योगले बार्षिक दुई लाख टन उत्पादन क्षमता राख्दछ भने ४० एमएमसम्मको छड बनाउन सक्छ । 

     प्रा.लि. करिब ३ बर्ष अगाडिदेखि बजारमा परिचित नाम भए पनि प्रिमियर वायर्सबाटै २७ वर्ष अघिदेखि प्रशंसासँगै निर्माण क्षेत्रमा भिजिसकेको थियो । उद्योगको बार्षिक उत्पादन क्षमाता २ लाख टन छ । विशेषगरी पूर्वमा आफ्नो बलियो पकड बनाएको उद्योगले काठमाडौंमा आक्रमक मार्केटिङ विस्तार गरिरहेको छ ।

     हरेक वर्ष आफ्नै विक्री लक्ष्यको उत्कृष्ट नतिजा पाएको छ ।  ८० वर्ष लामोे  इतिहास बोकेको शारडा ग्रुप अन्तर्गत प्रिमियर स्टिलका डाइरेक्टर सौरभ शारडाले कम्पनीलाई उत्कृष्ट नतिजासहित अगाडी बढाइरहेका छन् । 

    फलामे छडको निर्यात गर्ने लक्ष्यसमेत राखेका उनले दिल्ली स्कुल अफ इकोनोमिक्सबाट एमिबिए गरेका हुन् । आफ्नो पुस्तालाई अझै दरिलो उचाइमा पुर्याउने उनको सोच भएको बताउँछन् । बुवा पवन कुमार शारडाको प्रतिष्ठासँगै पुरै पुस्तालाई थप उँचो बनाउने उनको लक्ष्य छ । “बुवाहरू ४ जना हुनुहुन्छ । म आफ्नो पुस्तामा कान्छो हुँ” उनले भने “ आफ्नै ३४ वर्ष बढी लामो ‘रेपुटेसन’लाई थप उचाई दिने प्रयत्नमा छु ।” पढ्नुस् अर्थ–डबली का लागि  विमल श्रेष्ठसीता श्रेष्ठले लिएको अन्तर्वार्ताको सम्पादित अंशः 


    कोरोना कहरका बीच डण्डीको बजार अहिले कस्तो छ ? तपाईहरू कसरी अगाडी बढिरहनु भएको छ ?

    हामीले कोरोना भाइरसको महामारीको सामना गरेको डेढ बर्षभन्दा बढी भइसकेको छ । कोभिडका कारण अर्थतन्त्र प्रभावित छ । 

    निजी क्षेत्र र सरकारी क्षेत्रका विकास निर्माणका कामहरू प्रभावित छन् । कतै काम रोकिएको थियो भने कतै पेमेन्ट रोकिएको अवस्था थियो । आयोजनाहरू समयमा सकिएनन् । त्यसैले ती क्षेत्रमा पनि माग घटेका कारण निर्माण सामाग्रीको माग केही कम भने भएको हो । बजारमा डण्डीको माग बार्षिक १३/ १४ लाख टन खपत भइरहेको अवस्था हो । सामान्यतयाः प्रत्येक बर्ष सिमेन्ट र डण्डीको माग १५ प्रतिशतले बढेको पाइन्छ । कोरोना कहरकाबीच भने बजार बढ्न सकेको अवस्था छैन । 

    saurav sharada 2.JPG

    यस्तै, घर/भवन बनाउने सोच राखेका मानिसहरू पनि पर्ख र हेरको अवस्था रहे । अधिकांश मानिसहरूको आर्थिक स्रोत सीमित हुन पुग्यो । त्यसैले अहिलेको स्थिति सामान्य छैन । यद्यपि, हामीले प्रत्येक बर्ष १५ देखि २० प्रतिशत बढी माग बढेर जाने अपेक्षा राखेका हुन्छौँ ।
    नेपालमा डण्डी उत्पादन गर्नेे उद्योगहरू धेरै छन् । अहिले कुनै उद्योगलाई सर्भाइभ गर्न पनि मुस्किल छ । प्रतिस्पर्धा धेरै छ । बजारको मागभन्दा सप्लाई क्षमता बढी छ । उद्योगहरूको करिब २५ लाख टन उत्पादन क्षमता छ । त्यसमाथि अझै अन्य उद्योगहरू पनि आउने क्रममा छ । यसैले पनि बजारमा  प्रतिस्पर्धा बढी छ । 

    बजार कसरी सामान्य स्थितिमा फर्किन सक्छ ? कडा प्रतिस्पर्धाबीच बजारमा स्थापित हुन तपाईको कम्पनीको रणनीति के छ ? 

    भूकम्पपछि बजारमा डण्डीको माग असाध्यै बढेको हो । किनभने भूकम्पले क्षति पुगेका घरहरू पुनर्निमार्ण गर्ने र नयाँ घर बलियो बनाउने कारण डण्डी धेरै खपत भएको हो । 

    त्यसै समयमा, धेरै उद्योगहरू सञ्चालनमा आए र भएका उद्योगहरूले पनि क्षमता बढाए । नेपाली बजारमा डण्डीको पाँचओटा ठूला उद्योगहरू आए । यी मध्ये पाँचओटा उद्योगले करिब करिब ८ लाख टन डण्डी उत्पादन क्षमता राख्दछ ।
     
    पुराना कम्पनीहरूले आफ्नो बजार कमजोर होस् भन्ने चाहदैनन् र नयाँलाई पनि बजार चाहिन्छ । यसले गर्दा बजारमा प्रतिस्पर्धा बढेको हो । अब उत्पादन लागतलाई कसरी घटाउने ?, कष्ट मिनिमाइज गर्दै कसरी गुणस्तरको सामान उत्पादन गर्ने ? भन्ने कुरामा हामी केन्द्रित छौँ । कष्ट जति कम ग¥यो त्यति नै सर्भाइभ हुन सकिन्छ भन्ने सोचका साथ योजना बनाइरहेका छौँ । 

    हामी सकारात्मक छौँ । आशावादी छौँ । कोरोना भाइरस विरुद्धको भ्याक्सिन लगाएपछि बजार सामान्यतर्फ फर्केला  । युरोप अमेरिका लगायतका देशहरूमा कोभिड–१९ विरुद्धको भ्याक्सिन लगाइसकेपछि स्थिति सामान्यतर्फ आएको देखिन्छ । पूर्ण मात्रामा भ्याक्सिन लगाएपछि नेपाली बजार पनि सामान्य हुनसक्छ । 

    प्रिमियर स्टिलले नेपालमै पहिलो पटक ३६ एमएम (मिलिमिटर) को डण्डी बजारमा किन ल्यायो ?  

    सामान्यतयाः नेपाली बजारमा ३२ एमएमसम्मको मात्रै डण्डीको माग छ । यसभन्दा बढी  एमएमको डण्डी उत्पादनका लागि बढि सेन्सेटिभ र खर्चिलो पनि छ । अहिलेसम्म उत्पादन भएको थिएन । ३६ एमएमको डण्डी ठूला आयोजनाहरूमा आवश्यक हुँदा आयात गर्नुपर्ने अवस्था थियो ।  यो अभाव पूरा गर्न हामीले मुलुकमै पहिलो पटक ३६ एमएमको डण्डी उत्पादन गर्यौं । अब आयात गर्नैपर्ने बाध्यता हटेको छ । 

    अरुण थ्रीको प्रोजेक्टका लागि ३६ एमएमको डण्डीको माग थियो । नेपालमा कुनै पनि कम्पनीले उहाँहरूको माग अनुसारको सामान पाउनु भएन । उहाँहरूको अनुरोधपछि किन हामी नेपालमै यो डण्डी नबनाउने भनेर सुरु ग-यौँ । 

    saurabh - primier steel.JPG
    हामीले ४० एमएमसम्मको डण्डी उत्पादन गर्न सक्ने क्षमताको मिल लगाएका छौँ । हाम्रै देशमा, हामीसँग नै त्यो क्षमता छ भने किन आयात गर्ने भन्ने सोचेर उत्पादन सुरु गर्यौँ । हामीले उच्च गुणस्तरको डण्डी उत्पादन गरेको कारण नै नेपालमा पहिलो पटक ३६ एमएमको डण्डी उत्पादन गर्न हामीले स्वीकृति पायौँ । 

    अरुण थ्री प्रोजेक्टका लागि लक्षित गरेर उत्पादन उत्पादन सुरु गरी गुणस्तर तथा नापतौल विभागबाट स्वीकृति लिएर सप्लाई ग¥यौँ । यो साइजको डण्डीको लागि आयात गर्नुपथ्र्यो तर, अब त्यो बाध्यता हटेको छ । अब अन्य ठूला ठूला हाइड्रो पावर प्रोजेक्टहरूमा आवश्यक हुँदा हाम्रो उत्पादन ढुक्कले प्रयोग गर्न सकिन्छ । 

    बजार मूल्य कसरी निर्धारण गर्नुहुन्छ ? 

    बजारमूल्य नेपालको मापदण्ड अनुसार नै छ । नेपालभरिको उद्योगहरूको एउटै मापदण्ड  १० देखि २० एमएमसम्मको बेसिक रेट हुन्छ । त्यस्तै, २५, २८ र ३२ मा तीन रुपैयाँ प्लस हुन्छ । ३२ एमएमको डण्डीको मूल्यमा ३ रुपैयाँ प्लस गरेर हामीले ३६ एमएमको डण्डी बजारमा पठाउँछौँ । नेपाली बजारमा डण्डीको मूल्यदर अनुपात पनि यही नै हो । 

    प्रिमियर स्टिलले पछिल्लो समय बजारीकरणलाई प्राथमिता दिएको देखिन्छ । कम्पनीको भावी योजनाहरू केके छन् ?

    हाम्रो उत्पादन क्वालिटीमा कुनै प्रश्न छैन । क्वालिटीलाई मूख्य ध्यान दिएका छौं । माग आएको अवस्थामा तुरुन्तै सप्लाई गर्ने गरी हामी तयारी अवस्थामा हुन्छौँ ।
    कोभिड–१९ का कारण बजारमा माग घटेको छ । बजारको माग अनुसार नै हामीले सप्लाई गर्ने हो । मिलको पूर्ण क्षमता वार्षिक २ लाख टन छ । हामी छिटो भन्दा छिटो पूर्ण क्षमतामा स्टिल उत्पादन गर्न चाहान्छौँ । 

    तीनदेखि ४ बर्षभित्रमा पूर्ण क्षमतामा उत्पादन गर्ने लक्ष्य राखेका छौँ । डण्डी निर्यात गर्ने हाम्रो लक्ष्य हो । निर्यात गर्नु राष्ट्रकै लागि गौरवको कुरा हो । सरकारबाट सहयोग पाए निर्यात गर्न तयार छौँ । हाम्रै ग्रुपअन्तर्गत उत्पादित रमपम चाउचाउ लगायतका प्रोडक्ट निर्यात हुन्छन् । डण्डी पनि निर्यात गर्न सकिन्छ तर यसमा सरकारले चासो लिनु आवश्यक छ । आफ्ना ग्राहकहरूलाई सुविधा दिनको लागि हार्डवेयरसँग सम्बन्धित अन्य उत्पादनहरू थप्ने प्रयासमा छौँ तर अहिले कोरोना महामारीका कारण निर्णय भने हुन सकेको छैन । 

    निर्यात गर्ने योजना छ भन्नुभयो, निर्यातका लागि सरकारले केके गरिदिनुपर्ने हो ?

    डण्डी निर्यात गर्नका लागि सरकारले पहिलो कुरा विद्युतको आपूर्ति सहज बनाउनु पर्दछ । उद्योगीलाई अझै विजुली पुगेको छैन । उद्योग क्षेत्रमा लोडसेडिङ छ । 
    काठमाडौँको त मलाई जानकारी छैन तर औद्योगिक क्षेत्र विराटनगरको कुरा गर्ने हो भने, त्यहाँ अहिले पनि दिनमा १० पटक बत्ती गइरहेको छ । 

    उद्योगमा मुख्य कष्ट भनेको विद्युत हो । त्यसैले उद्योगका लागि सरकारले सुपथ मूल्यमा विद्युत आपूर्ति गर्न सक्नुपर्दछ । उत्पादन लागत घट्यो भने उत्पादनको मूल्य पनि स्वतः घटाउन सकिन्छ । र अर्को कुरा सरकारले निर्यातमा अन्य मुलुकले जस्तै ‘एक्सपोर्ट इन्सेन्टिभ’ प्रदान गर्नुपर्दछ । अहिलेसम्म नेपाल सरकारले त्यस्तो गरेको सुनेको छैन ।  यदि ‘एक्सपोर्ट इन्सेन्टिभ’ र विद्युत सुपथ मूल्यमा पायौँ भने निश्चित क्षेत्रहरूमा निर्यात गर्न सक्छौँ । 

    निर्यातका लागि बजार क्षेत्रहरू कहाँ कहाँ हुन सक्छ ?

    भुटानमा कुनै पनि स्टिल इन्डष्ट्रि छैन । इन्डियाको बिहार, वेष्ट बंगालदेखि उत्तरी क्षेत्रमा कुनै पनि स्टिल इन्डष्ट्रि नभएकोले ती क्षेत्रका बजार हाम्रा लागि सुनौलो अवसर हो । पूर्वी करिडोरको हिसाबले कुरा गर्ने हो भने यी क्षेत्रको ट्रान्सप्रोटेसन हामीलाई सस्तो पर्न आउँछ । पश्चिमी करिडोरमा पनि यस्ता सम्भावनाहरू छन् । 

    नेपालमा उत्पादित डण्डीले मूल्य, गुणस्तर तथा प्रविधिका आधारमा हेर्दा छिमेकी मुलुकसँग प्रतिस्पर्धा गर्न सक्छ ?

    मलाई जहासम्म लाग्छ, नेपालको सीमा क्षेत्रमा र नेपालमा डण्डीको मूल्यमा खासै ठूलो भिन्नता छैन ।  कच्चा पदार्थमा भन्सार शुल्क तिरेर निर्यात गर्न भने सम्भव छैन । भन्सार शुल्क र भ्याट तथा विद्युत महशुलका कारण हाम्रो उत्पादन महङ्गो पर्न गएको हो । यी शुल्क घटाउने हो भने लागत कम हुन्छ  । लागत कम भएपछि हाम्रो उत्पादनले विदेशी बजारमा प्रतिस्पर्धा गर्न सक्छ । नेपालको सीमा क्षेत्र नजिकका बजारमा निर्यात सम्भावना धेरै छ । जसरी जुट इन्डष्ट्रिले निर्यातमा सफ्सिटी/ इन्सेटिभ पाएका छन् । यही कुरा डण्डी उद्योगहरूमा किन लागू नगर्ने ? यस क्षेत्रमा नयाँ–नयाँ उद्योगहरू आएका छन् । 

    saurav sharada.JPG

    कसैले जर्मन, कसैले जापानी, कसैले इटालियन प्रविधि भित्र्याएका छन् । नेपालमा राम्रा क्वालिटीको डण्डी उत्पादन गर्ने उद्योगहरू छन् । जसको क्षमता इन्डियामा भएका मिलहरूसँग प्रतिस्पर्धा गर्न सक्छ । यस्तै, हामीसँग खानी छ, तर त्यसको विकास, खोज र प्रयोगमा ल्याइएको छैन । सरकारले खानी छ भनेर तोकेको ठाउँहरूमा पनि काम अघि बढाएको छैन । मुलुकमै कच्चा पदार्थ उत्पादन भए लागत कम पर्न जान्छ । जसले उद्योगीहरूले विश्व बजारमै प्रतिस्पर्धा गर्न सक्नेछन् । हामी नेपालकै कच्चा पदार्थ प्रयोग गरे उत्पादन गर्ने दिनको प्रतिक्षामा छौँ । 

    अन्त्यमा, अहिले प्रिमियर स्टिलको बजार अवस्था कस्तो हो ? बजार भ्यालु के छ ? 

    समग्रमा  डण्डीको माग कोभिड–१९ का कारण कम छ । तर, यो अवस्थामा पनि हामीले २० देखि २५ प्रतिशत विजनेस ग्रोथ गर्दै गइरहेका छौँ । गुणस्तरिय उत्पादन, टिमवर्क, विश्वास र डिलरहरूको समन्वय राम्रो भएको कारण हामीलाई बजारमा यो सफलता मिलेको हो । यसैगरी आफ्नै पुरानो सम्बन्धका कारण पनि यस क्षेत्रमा छोटो समयमा स्थापित हुन सक्यौँ । 

    नेपालको पुरानो र सबैभन्दा परिचित ब्राण्डहरूसँग सहकार्य छ । बजारमा नेटवर्किङ र गुडविल छ । प्रिमियर वायरमा हामीले हार्डवेयर व्यवसाय अन्तर्गत पर्ने सामानहरू काँटी, ढलान तार, टुर्कारी, जिआई तार, जाली आदि उत्पादन गर्छौँ । हामी अलरेडी डण्डीको नेटवर्कमा भिजेकै थियौं । 

    प्रिमियर ब्राण्ड मार्केटमा क्वालिटीका कारण लोकप्रिय छ । न्यूनतम् मूल्यमा प्रिमियम ब्राण्डका हिसाबले उच्च गुणस्तरको प्रोडक्ट दिएका छौँ । मानिसहरूले ढुक्क भएर घर÷ भवन या कुनै आयोजना बनाउँदा हुन्छ । भूकम्पमा पूर्ण लोड लिने क्षमता छ । नेपालको सबैभन्दा ठूलो मानिएको हाइड्रो पावर अरुण थ्री, त्यस्तै, सिनु हाइड्रो, सानिमा ग्रुपको हाइड्रो, एमबि दुगड ग्रुपको हाइड्रो, त्यस्तै, कालिका तथा सीई कन्सट्रक्सनको प्रोजेक्ट, रेल वे ब्रिजको प्रोजेक्टलगायतको अधिकतम क्षेत्रमा प्रिमियरको उत्पादन प्रयोग भएको छ । 

    बजारको कुरा गर्ने हो भने, पश्चिममा हामी नरायणघाट, पोखरासम्म विस्तारित छौं । मुलुकको राजधानी काठमाडौँ मुख्य क्षेत्र हो । हामीले पूर्वी क्षेत्रपछि काठमाडौं राजधानीमा उत्कृष्ट बजार हासिल गरेका छौं ।  ट्रान्सपोट्रेसनको कारण डण्डीको सप्लाई पूर्व र पश्चिममा आफ्नो उत्पादन क्षेत्रमा बढी केन्द्रीत देखिन्छन् ।

    saurav- primier steel.JPG

     विराटनगरबाट काठमाडौँको भाडा बढी पर्छ । त्यो भए पनि हामीले भाडामा सफ्सिटी दिएका छौँ । काठमाडौँमा हाम्रो बजार राम्रो छ । यो बर्ष डब्बल ग्रोथ गर्ने सोच छ । हरेक दुई बर्षमा ३० देखि ४० प्रतिशत बजार बढाउने लक्ष्य छ । गत सालभन्दा यस बर्ष शतप्रतिशत ग्रोथको योजना छ । 

    हामी ग्राहकलाई सहजता दिदै डिलरलाई बचाएर आफूसँग जोडिएका सबैलाई सन्तुष्टि दिन चाहान्छौं । हामी हरेक गल्लीमा हरेक दोकानमा सामान दिँदैनौँ । डिलरमार्फत सप्लाई गर्दछौं । 
    अन्त्यमा, राम्रो क्वालिटीको डण्डी प्रयोग गर्न मेरो सुझाव छ । डण्डी छनोट गर्नुअघि  राम्रोसँग बुझ्नु आवश्यक छ । डण्डीको टेक्निकल विषयमा जानकारी लिनु आवश्यक छ । त्यसैले प्रिमियर ढुक्कले प्रयोग गर्न सकिन्छ ।

    साताको लोकप्रीय