वासीएललाई अर्थमन्त्री शर्माको निर्देशन – पन्ध्र लाख युवाहरुलाई उत्पादनमा लगाउने योजनासहित अघि बढ्नुस् 

वासीएललाई अर्थमन्त्री शर्माको निर्देशन – पन्ध्र लाख युवाहरुलाई उत्पादनमा लगाउने योजनासहित अघि बढ्नुस् 

अर्थ डबली
शनिवार, भाद्र १२ २०७८
अर्थ डबली
शनिवार, भाद्र १२ २०७८ (अर्काइभ बाट)
  • वासीएललाई अर्थमन्त्री शर्माको निर्देशन – पन्ध्र लाख युवाहरुलाई उत्पादनमा लगाउने योजनासहित अघि बढ्नुस् 

    काठमाडौं / अर्थमन्त्री जनार्दन शर्माले देशका १५ लाख युवाहरुलाई उत्पादन कार्यमा लगाउने योजनासहित अघि बढ्न युवाहरुलाई आग्रह गरेका छन् । 

    images
    images

    योङ्ग कम्युनिष्ट लीग नेपालले शनिवार भर्चुअल रुपमा आयोजना गरेको राष्ट्रिय भेलालाई राजधानीबाट सम्बोधन गर्दै मन्त्री शर्माले युवाहरुलाई संगठित गरी समाजवादी अर्थतन्त्र निर्माणमा परिचालन गर्न आग्रह गरेका हुन् । 


    उत्पादन अभियानमा युवाहरु दिलो ज्यानले नलागेसम्म संविधानले निर्दिष्ट गरेको समाजवादी अर्थतन्त्रमा जान संभव नभएको भन्दै उनले देशका १५ लाख युवाहरुलाई उत्पादन र रोजगारीमा लगाउने गरी संगठित गर्नुपर्नेमा जोड दिए । 


    यस्तै समाजमा भएका सांस्कृतिक विभेदहरुका विरुद्ध लड्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणको बाटोमा अग्रसर हुन मन्त्री शर्माले आग्रह गरे । भ्रष्टाचारको अन्त्य र सदाचारको संस्कृति निर्माणको लागि समेत युवाहरुको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै उहाँले त्यसतर्फ अघि बढ्ने गरी कार्यक्रम तय गर्न सुझाव दिए । 


    मन्त्री शर्माले युवा बहुल जनसंख्या (आर्थिक रुपले सक्रिय जनसंख्या) भएको नेपालमा विकासको लागि अबको एक दशकको समय उर्बर रहेकोले यो अवधिमा कडा मेहेनत गर्नुपर्ने धारणा राख्दै आउनुभएको छ । त्यसपछि नेपाल ‘एजिङ्ग कन्ट्री’ मा परिणत हुँदै जाने र विकासको गति मन्द हुने आँकलन उनको छ ।  

     

    साताको लोकप्रीय