‘कर बढेकोबढ्यै छ, अलिकति त सास फेर्ने ठाउँ दिनुस्’

‘कर बढेकोबढ्यै छ, अलिकति त सास फेर्ने ठाउँ दिनुस्’

अर्थ डबली
सोमवार, भदौ १४ २०७८
अर्थ डबली
सोमवार, भदौ १४ २०७८ (अर्काइभ बाट)
  • ‘कर बढेकोबढ्यै छ, अलिकति त सास फेर्ने ठाउँ दिनुस्’

    बागलुङ / केही दिनअघि यहाँका युवा व्यवसायी सुवास श्रेष्ठले फेसबुकमा लेखेको ‘पोष्ट’ले धेरैको ध्यान खिचेको हुनुपर्छ । सर्रर हेर्दा सामान्यझैँ लागे पनि अन्त्यसम्म पढ्दा स्तब्ध पार्ने खालको छ ।

    images
    images

    उनले लेखेका छन्, “भोलिका दिनमा हामीजस्ता व्यवसायीको केही गरी देह त्याग भएमा कोरोनाले लग्यो रे भनेर झूठो समाचार नबनाइदिनू, त्यो हजूरहरुले बनाएको नियम पालना गर्दा र व्यवसायमा भएको भेदभावका कारण हुन सक्छ ।” 

    उनी अगाडि थप्छन्, “१७ महिना भइसक्यो, अझै कहिलेसम्म थेग्ने, भाडा, बैंकको ब्याज, बिजुली, पानी, आय कर बढेको बढ्यै छ, अलिकति त सास फेर्ने ठाउँ दिनुस्, सारै अटसमटस र उकुसमुकुस भइसक्यो ।”

    व्यवसायी श्रेष्ठको सो ‘पोष्ट’ जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रले १५ दिन लामो निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरेकै साँझ सार्वजनिक भएको थियो । अन्य व्यवसाय खुल्दा पार्टी प्यालेस, चलचित्र घर, नृत्यशाला र जिमखानालगायतमा लगाइएको निरन्तरको रोकप्रति उनको दुःखेसो छ । 

    महामारीका कारण डेढ वर्षदेखि व्यवसायमा परेको मर्कालाई उनले फेसबुकमार्फत आफ्ना भावनालाई सार्वजानिक गरेका हुन्। पीडा र आफ्नो दुःखान्त भोगाइलाई व्यक्त गर्न उनले आक्रोशको सहारा लिएका छैनन् । 

    “हाम्रो पार्टी प्यालेस, सिनेमा हल, जिम हल, डान्स हलहरु पनि मापदण्ड बनाएर चल्न दिनु पर्ने होइन र ? सम्बन्धित निकायले हाम्रो बारेमा पनि केही सोचिदिनु, बुझिदिनु पर्ने हो”, व्यवसायी श्रेष्ठले उल्लेख गरेका छन् । 

    बजार, व्यवसाय चलायमान हुँदा केही क्षेत्रमा भने अहिले पनि प्रतिबन्ध छ । महामारीको जोखिम नटरिसकेको जनाउँदै ती व्यवसायमा बन्देज लगाइराख्ने हो भने आइपर्ने समस्याको समाधानका लागि सम्बन्धित पक्षले जिम्मा लिनुपर्ने उनको माग छ ।

    उनले आफूहरु जनस्वास्थ्यका मापदण्ड अपनाएर सुरक्षित तबरले सेवा दिन तयार रहेको बताए । 

    ती व्यवसायमा श्रेष्ठको करोडौँ लगानी छ । बागलुङमा मात्र नभएर पोखरामासमेत उनको व्यवसाय विस्तारित छ । कैँयनलाई रोजगारी दिलाउँदै आँटिला र उदाउँदा व्यवसायीको चिनारी बनाएका ३४ वर्षीय श्रेष्ठमाथि महामारीको नमिठो बज्र परेको छ । व्यवसायलाई कसरी टिकाउने भन्ने चुनौती छ । यस्तो पीडा उनी एक्लैमाथि मात्र भने छैन ।

    महामारी सुरु भएपछि व्यावसायिक क्षेत्र सबैतिर मारमा छ । गत असरको तह कमीबेँसी चाहिँ छ । अत्यावश्यक सेवाका पसललगायत कतिपय व्यवसाय सधैँ खुल्ने केही भने सधैँ बन्द गर्नुपर्ने स्थितिले व्यवसायी निराश छन् । 

    उनीहरु व्यवसाय सञ्चालनमा भेदभाव गरिएको बताउँछन् । सौन्दर्य व्यवसाय, सैलुन, फुटपाथमा पनि अहिले रोक छ । व्यवसायीको माग र दबाब बढेपछि होटल, रेष्टुराँ व्यवसाय भने खुलेका छन् ।

    सङ्क्रमण स्थिर भएर स्थिति केही सहज बन्दै गएकाले अब विस्तारै सबै व्यवसायलाई चलायमान बनाउनुपर्ने बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष युवराज राजभण्डारीले बताए । 

    “पार्टी प्यालेससहित कतिपय व्यवसाय सञ्चालनमा सरकारले नै रोक लगाएकाले जिल्लातहमा निर्णय हुन सक्ने अवस्था छैन”, उनले भने, “हाम्रो माग र आवाजलाई केन्द्रसम्मै पु¥याउनुपर्छ, अब बन्द गरेर मात्र हुँदैन ।” 


    व्यवसाय निर्वाधरुपमा चल्न दिनका लागि सङ्घले जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकमा कुरा उठाउँदै आएको उनको भनाइ छ ।  व्यवसायी पलायन हुने, श्रमिकले रोजगारी गुमाउने र आर्थिक क्षेत्र नै तहसनहस हुने स्थिति आउने हो कि भन्नेमा उनको चिन्ता छ ।

    महिनौँसम्म कारोबार ठप्प हुँदा कतिपय व्यवसाय उठ्नै नसक्ने गरी थलिएका छन् । ऋणको किस्ता, ब्याज र भाडाको भारले कहिलेसम्म व्यवसायीलाई थिच्ने हो कुनै ठेगान छैन । निषेधाज्ञा खुकुलो हुँदा यसो व्यावसायिक क्षेत्रले बौरने लक्षण देखाउने गरेपछि  सङ्क्रमण उकालो लाग्दा पुनः प्रतिबन्ध खेप्नु परिरहेको छ ।

    निषेधाज्ञाले मात्र पनि महामारी पूरै थामिने सङ्केत छैन । यसको चक्र लामो सयमसम्म चल्ने देखिन्छ । के अब निषेधाज्ञा थपिनै रहने कि, नयाँ विकल्पमा जाने ? भन्ने प्रश्न सतहमा आएको छ । निषेधाज्ञा हुँदा सबैभन्दा बढी गरी खाने वर्ग र व्यवसायी मार पर्छन् । जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गराएर व्यापार, व्यवसायलाई पूर्ववत्रुपमा खोल्नुपर्नेमा व्यवसायी एकमत छन् ।

    यहाँ अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या २२३ छ । दुई साताअघि त्यस्ता सङ्ख्या बढेर ७०० नाघेको थियो ।  

    अहिले यो सङ्ख्या क्रमशः घट्न थालेको छ । सङ्क्रमण दर घटेसँगै निषेधाज्ञा खोलिएको छ । कुन दिन फेरि सङ्क्रमण बढ्छ र व्यवसायीले सटर लगाउनुपर्ने हो, जानकारी छैन ।

    साताको लोकप्रीय