मेयर र उपमेयरलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले दिए तत्काल फोहोर व्यवस्थापन गर्ने निर्देशन 

मेयर र उपमेयरलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले दिए तत्काल फोहोर व्यवस्थापन गर्ने निर्देशन 

अर्थ डबली
सोमवार, भदौ १४ २०७८
अर्थ डबली
सोमवार, भदौ १४ २०७८ (अर्काइभ बाट)
  • मेयर र उपमेयरलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले दिए तत्काल फोहोर व्यवस्थापन गर्ने निर्देशन 

    काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँमा फोहर थुप्रिएकाले जतिसक्दो छिटो आवश्यक व्यवस्थापन गरेर उठाउने प्रबन्ध गर्न काठमाडौँ महानगरपालिकाका प्रमुख र उपप्रमुखलाई निर्देशन दिएका छन् । 

    images
    images

    उनले आज प्रधानमन्त्री निवास बालुबाटारमा कामपाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीलाई बोलाएर तत्काल फोहर उठाउने आवश्यक प्रबन्ध गर्न निर्देशन दिएका हुन् । 

    प्रधानमन्त्री देउवाले त्यसमा नेपाल सरकारको तर्फबाट पूर्ण सहयोग हुने बताएका थिए । 

    सम्बन्धित अन्य सरकारी निकायबाट पनि समन्वय हुने भन्दै उनले काठमाडौँको फोहर उठाउने व्यवस्था गर्न निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    साताको लोकप्रीय