भदौ १७ गते बिहीबारसम्म कुन कुन प्रदेशमा हुनेछ मेघगर्जन र चट्याङ्गसहित भारी वर्षा ?

भदौ १७ गते बिहीबारसम्म कुन कुन प्रदेशमा हुनेछ मेघगर्जन र चट्याङ्गसहित भारी वर्षा ?

अर्थ डबली
मंगलवार, भदौ १५ २०७८
अर्थ डबली
मंगलवार, भदौ १५ २०७८ (अर्काइभ बाट)
  • भदौ १७ गते बिहीबारसम्म कुन कुन प्रदेशमा हुनेछ मेघगर्जन र चट्याङ्गसहित भारी वर्षा ?

    काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ।

    images
    images

    हाल देशभर सामान्य बदली रहि प्रदेश नं १,  गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै  स्थानहरूमा  हल्का देखि मध्यम वर्षा भईरहेको छ।
     

    आगामी तीन दिनको मौसम पूर्वानुमान

    २०७८ भाद्र १५ गते (मंगलबार)

    दिउँसो : देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

    राती : देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

    २०७८ भाद्र १६ गते (बुधबार)

    दिउँसो : देशभर सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    राती : देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।प्रदेश नं १ का एक(दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

    २०७८ भाद्र १७ गते (बिहिबार)

    दिउँसो : देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    राती : देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

     आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
    देशको केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना  साथै सुदुरपश्चिम र बागमती प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेकोले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेको छ । 

    साताको लोकप्रीय