आगामी तीन दिनको मौसम पूर्वानुमान : अब मौसममा सुधार आएको हो ? कहिले कहाँ छ बर्षाको सम्भावना ? 

आगामी तीन दिनको मौसम पूर्वानुमान : अब मौसममा सुधार आएको हो ? कहिले कहाँ छ बर्षाको सम्भावना ? 

अर्थ डबली
बुधवार, भाद्र १६ २०७८
अर्थ डबली
बुधवार, भाद्र १६ २०७८ (अर्काइभ बाट)
  • आगामी तीन दिनको मौसम पूर्वानुमान : अब मौसममा सुधार आएको हो ? कहिले कहाँ छ बर्षाको सम्भावना ? 

    काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुनी वायुको प्रभाव अझै रहेको जानकारी दिएको छ।

    images
    images

    हाल देशभर सामान्य बदली रहि प्रदेश नं १,बागमती प्रदेश, गण्डकी प्रदेश, र  कर्णाली  प्रदेश थोरै  स्थानहरूमा  वर्षा  भएको छ।

    आगामी तीन दिनको मौसम पूर्वानुमान
    २०७८ भाद्र १६ गते (बुधबार)

    दिउँसो : देशभर सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    राती : देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।प्रदेश नं १ का एक(दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

    २०७८ भाद्र १७ गते (बिहिबार)

    दिउँसो : देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    राती : देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

    २०७८ भाद्र १८ गते (शुक्रबार)

    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 
    देशको केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना  साथै  प्रदेश नं १ का एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेकोले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन मौसम विभागले आग्रह गरेको छ । 

    साताको लोकप्रीय