राष्ट्र बैंकलाई मौद्रिक नीतिको सन्दर्भमा नेपाल चेम्वर अफ कमर्सको यस्ता सुझाव 

राष्ट्र बैंकलाई मौद्रिक नीतिको सन्दर्भमा नेपाल चेम्वर अफ कमर्सको यस्ता सुझाव 

अर्थ डबली
बुधवार, भदौ १६ २०७८
अर्थ डबली
बुधवार, भदौ १६ २०७८ (अर्काइभ बाट)
  • राष्ट्र बैंकलाई मौद्रिक नीतिको सन्दर्भमा नेपाल चेम्वर अफ कमर्सको यस्ता सुझाव 

    काठमाडौं/ नेपाल राष्ट्र वैंकबाट २०७८ /४ / २९ मा सार्वजनिक भएको आ.ब. २०७८ / ७९ को मौद्रीक नीतिका सन्दर्भमा नेपाल चेम्वर अफ कमर्सले आफ्नो धारणा राखेको छ ।

    images
    images

     नेपाल राष्ट्र बैंकलाई उक्त विषय बमोजिम सुझाव समेत दिएको छ । बैंक तथा बित्तीय संस्थाको सिसिडी रोसियो खारेज गर्न सुझाव दिदै नयाँ व्यवस्था गर्न भनेको छ । आज एक विज्ञप्ति जारी गर्दै उक्त व्यवस्थाले बजारमा तरलतामा चाप पर्ने विषयमा सजक गराईएको छ । 

    यसर्थ वैंकहरुले थप लगानी गर्न नसक्ने हुँदा बैँक तथा वित्तिय संस्थाको कर्जा प्रवाह क्षमता प्रभावित हुनेतर्पm नेपाल चेम्बर अफ कमर्शले राष्ट्र बैंकलाई ध्यानाकर्षण गराएको छ । 

     

    १. सिसिडि रेसियो सम्वन्धमा ।

    बैंक तथा बित्तीय संस्थाको सिसिडि रेसियो खारेज गरी नया व्यवस्था अनुसार अधिकतम सिसिडि रेसियो ९० प्रतिशत कायम गरिएको छ । उक्त व्यवस्थाले बजारमा तरलतामा चाप पर्न गइ वैंकहरुले थप लगानी गर्न नसक्ने हुंदा बैँक तथा वित्तिय संस्थाको कर्जा प्रवाह क्षमता प्रभावित हुने देखिन्छ । 

    यसका कारण ब्याज दर समेत वढन जाने भएकोले पुरानै व्यवस्था अनुरुप सिसिडि रेसियो न्युनतम ८५ प्रतिशत कायम हुनु पर्ने । 

    २.पुनर्तालिकीकरण सम्वन्धमा ।

    कोभिड-१९को कारण प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रभाबित भएका उद्योग तथा व्यवसायहरुको लागि प्रदान भएको पुनर्तालिकीकरणको ब्यवस्थालाइ नेपाल राष्ट्र वैंकबाट नियमन गरिनु पर्दछ ।

     

    साताको लोकप्रीय