किसानको दैनिकी : थाल ठटाउँदै बँदेल धपाउदै !

किसानको दैनिकी : थाल ठटाउँदै बँदेल धपाउदै !

अर्थ डबली
आइतवार, साउन ३१ २०७८
अर्थ डबली
आइतवार, साउन ३१ २०७८ (अर्काइभ बाट)
  • किसानको दैनिकी : थाल ठटाउँदै बँदेल धपाउदै !

    भक्तपुरको नगरकोट, तेलकोट र छालिङलगायतका क्षेत्रमा  बँदेलले मकै नष्ट गरिदिएपछि किसान समस्यामा परेका छन् । ती क्षेत्रका सयौँ रोपनी जग्गामा लगाइएको बालीलाई जङ्गली बँदेलले नष्ट गरिदिने गरेको उनीहरुको गुनासोे छ । 

    images
    images


    हरेक वर्ष बँदेलले मकै, कोदो, आलुलगायतका बाली नोक्सान गरेको तेलकोट छालिङका श्याम पुरीले जानकारी दिए । 

     
    रात परेपछि बँदेलको समूह नै मकै बारीमा पसेर मकै खाने र नष्ट गरिदिने गरेको उनले बताए ।  जिल्ला वन कार्यालय तथा नगरपालिकालाई पटकपटक नियन्त्रण गर्न आग्रह गरिएकामा हालसम्म सम्बोधन नभएको उनीहरुको गुनासो छ । 

    चाँगुनारायणका बद्री अधिकारीले जङ्गलबाट राति आउने बँदेको भुण्डले आलु, कोदो मकै खाइदिने गरेको र थाल ठटाएर भगाउने गरे पनि दुःख दिन नछाडेको बताए । 

     नगरकोटका सन्त लामा भन्नुहुन्छ, “मकै खान बँदेल राति आउँछ । बँदेलको झुण्ड एकैपटक मकै बारीमा छिरेर मकै खाने र नष्ट गर्छ । राति थाल बजाएर धपाउनुपर्छ, डर हुन्छ । बँदेलले बाली नष्ट गरेको क्षतिपूर्ति पाउनुपर्ने यहाँका किसानको माग छ ।”

    साताको लोकप्रीय