चन्दागिरि खुलेकै दिन आज दुई हजार पुगे, कोरोनाको डर छैन  !

चन्दागिरि खुलेकै दिन आज दुई हजार पुगे, कोरोनाको डर छैन  !

अर्थ डबली
शनिवार, भाद्र १९ २०७८
अर्थ डबली
शनिवार, भाद्र १९ २०७८ (अर्काइभ बाट)
  • चन्दागिरि खुलेकै दिन आज दुई हजार पुगे, कोरोनाको डर छैन  !

    कोरोना भाइरसका कारण लामो समयदेखि बन्द रहेको चन्द्रागिरिको केवलकार आज शनिबारदेखि सञ्चालनमा आएको छ । 

    images
    images

    गत वैशाख १६ गतेदेखि सरकारले लकडाउन शुरु गरेपछि केबलकार बन्द भएको थियो । 

    चन्दागिरि हिल्सका महाप्रबन्धक अभिषेखविक्रम शाहका अनुसार झण्डै पाँच महिनापछि केबलकार सञ्चालनमा आउँदा पहिलो दिन दुई हजार जनाले यात्रा गरेका छन् । 

    उनले स्वास्थ्य मापदण्डको पालना गरेर केबलकार सञ्चालन गरिएको बताए । 

    उनले भने, “सरकाले तोकेका स्वास्थ्यका मापदण्ड पालना गरेका छौं, ठाउँ–ठाउँमा स्यानेटाइजरको व्यवस्था छ, मास्कविना प्रवेशमा रोक लगाइएको छ, यहाँ फराकिलो क्षेत्र भएकाले खास भिडभाड नहुने हुनाले पनि कोरोनाको डर कम छ ।” 

    jipline- chandragiri.JPG

    उनले सर्वसाधारणका लागि केबलकार सञ्चालन आजदेखि गरे पनि रिसोर्ट गत असारबाट नै खुलाइएको बताए । 

    यसैगरी आजदेखि चन्द्रागिरिमा जिप लाइन पनि सञ्चालनमा आएको छ । आज त्यहाँ पुगेका मध्ये कतिपयले जिप लाइनको मजा पनि लिएका थिए। 

    काठमाडौं खाल्डोको एक आकर्षक एकीकृत पर्यटकीय क्षेत्रका रुपमा विकास भएको यस चन्द्रागिरि हिल्समा आजदेखि जिप लाइन पनि थपिएको हो ।  

    साताको लोकप्रीय