मुक्तिनाथ विकास बैंकले आनका सदस्य एजेन्सीहरूलाई सहुलियतमा कर्जा दिने 

मुक्तिनाथ विकास बैंकले आनका सदस्य एजेन्सीहरूलाई सहुलियतमा कर्जा दिने 

अर्थ डबली
आइतवार, भदौ २० २०७८
अर्थ डबली
आइतवार, भदौ २० २०७८ (अर्काइभ बाट)
  • मुक्तिनाथ विकास बैंकले आनका सदस्य एजेन्सीहरूलाई सहुलियतमा कर्जा दिने 

    काठमाडौँ / मुक्तिनाथ विकास बैंक लिमिटेडले नेपाल विज्ञापन संघ (आन)का सदस्य एजेन्सीहरूलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने भएको छ । 

    images
    images

    सो सम्बन्धी सम्झतौपत्रमा बैंक र आनले हस्ताक्षर गरेसँगै अब आनका सदस्य एजेन्सीहरूले बैंकाबाट सहुलियतमा कर्जा पाउने भएका हुन् । 

    सम्झौतापत्रमा आनका तर्फबाट अध्यक्ष सोमप्रसाद धिताल र बैंकका तर्फबाट अध्यक्ष प्रध्युमन पोखरेलले हस्ताक्षर गरे । 

    सम्झौताअनुसार बैंकले आनका सदस्य संस्थाहरूलाई दुई बर्षका लागि १५ लाख रुपियाँसम्मको बिना धितो कर्जा प्रवाह गर्नेछ । आनका हाल डेढसयभन्दा बढि विज्ञापन एजेन्सीहरू सक्रिय सदस्य छन् भने झण्डै सात  सय एजेन्सीहरू सम्वन्धित रहेर व्यवसाय गर्दै आएका छन् । 

    हस्ताक्षर कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोखरेलले आजको सहकार्यले विज्ञापन व्यवसायीको आर्थिक रुपान्तरणमा बैंक सहयोगी बन्ने अवसर मिलेको बताए । 

    उनले मुक्तिनाथ विकास बैंकले फरक ढंगले आफ्ना ग्राहकहरूलाई सेवा गर्दै आएकाले लोकप्रिय हुन सकेको बताउँदै विज्ञापन व्यवसायीलाई सर्वसुलभरुपमा सहुलियत कर्जा दिन बैंक प्रतिवद्ध रहेको बताए । 

    आनका अध्यक्ष धितालले यो सहकार्य विज्ञापन व्यवसायी र बैंकको हितका लागि पनि सहयोगी हुने बताए । 

    उनले कोरोना महामारी र लकडाउनका कारण समस्यामा रहेका विज्ञापन व्यवसायीलाई यो सहुलियत कर्जाले उनीहरूको क्षमता अभिवृद्धि गर्न र आर्थिक सबलीकरणका लागि मद्दत पुग्ने बताए । 

    धितालले आजको सम्झौताले मुक्तिनाथ विकास बैंकसँग विज्ञापन व्यवसायीहरूले पनि सहकार्य गर्न प्रेरित गर्ने बताए । हस्ताक्षर कार्यक्रममा बैंक र आनका पदाधिकारीहरू सहभागी थिए । 

    साताको लोकप्रीय