शेयर बजार : नेप्से परिसूचक ३.७० प्रतिशतले घट्यो, आज कसले सर्वाधिक बढी गुमाए ? 

शेयर बजार : नेप्से परिसूचक ३.७० प्रतिशतले घट्यो, आज कसले सर्वाधिक बढी गुमाए ? 

अर्थ डबली
आइतवार, भदौ २० २०७८
अर्थ डबली
आइतवार, भदौ २० २०७८ (अर्काइभ बाट)
  • शेयर बजार : नेप्से परिसूचक ३.७० प्रतिशतले घट्यो, आज कसले सर्वाधिक बढी गुमाए ? 

    काठमाडौँ /  साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचकमा भारी गिरावट आएको छ । कारोबार अवधिभर ३.७० प्रतिशतले घटेको बजार २ हजार ८१८.७३ बिन्दुमा पुगेर थामिएको छ । 

    images
    images

    यो दिन नेप्से परिसूचकमा ५.०३ प्रतिशतले नेगेटिभ सर्किट लागेपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले ४० मिनेटका लागि कारोबारसमेत स्थगित गरेको थियो । 
    स्थगित भएपश्चात खुलेको बजारमा पनि खासै सुधार आउन नसकेपछि अतः १०८.२६ अङ्कले घटेर बजार बन्द भएको हो ।

    बजारमा गिरावट आउन थालेसँगै लगानीकर्ताहरू आत्तिन थालेको विश्लेषकहरूले बताएका छन् । आत्तिएर शेयर बिक्री गर्ने बढेसँगै बजारमा खरिदको तुलनामा बिक्री चाप बढ्दा बजार घटेको उनीहरूको भनाई छ ।

    यो ठूला कम्पनीको मापक सेन्सेटिभ इन्डेक्सन पनि १९.७६ अङ्कले घटेर ५२२.०२ बिन्दुमा झरेको छ भने अधिकांश समूहको परिसूचकमा उच्च गिरावट आएको छ । 

    यो दिन वित्त समूहका लगानीकर्ताहरूले सर्वाधिक बढी ८.०१ प्रतिशतले गुमाएका छन् भने विकास बैंकको ७.२१ प्रतिशत, हाइड्रो पावर ६.५१ प्रतिशत, व्यापारिक ६.०५ प्रतिशत, लगानी ४.७३ प्रतिशत, होटल्स र पर्यटन समूहको ४.४५ प्रतिशत, जीवन बीमाको ३.०९ प्रतिशत, निर्जीबन बीमाको ३.८५ प्रतिशत र बैंकिङ उपसमूहको परिसूचकमा २.२७ प्रतिशतले गिरावट आएको छ । 

    उच्च गिरावट आएको बजारमा आइतबार सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको शेयरमूल्य भने सर्वाधिक बढी ९.९७ प्रतिशतले बृद्धि भएको छ ।  २२३ ओटा कम्पनीको शेयर कारोबार भएको बजारमा १४ ओटा कम्पनीको शेयरमूल्य बृद्धि भएको छ भने बाँकी सबै कम्पनीको शेयरमूल्यमा गिरावट आएको देखिएको छ । 

    यो दिन १३ ओटा कम्पनीको शेयरमूल्यमा नेगेटिभ सर्किट लागेको छ भने १८ ओटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ । नेप्सेका अनुसार नारायणी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, बेस्ट फाइनान्स, गुडवील फाइनान्स, जानकी फाइनान्स, समृद्धि फाइनान्स, आइसी एफसी फाइनान्स, रिलायन्स फाइनान्स, अरुण कावेली पावर, युनिभर्सल पावर, हिमालयन उर्जा विकास, रुरु जलविद्युत र सिइडिइबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्यमा नेगेटिभ सर्किट लागेको हो । 

    २ करोड ३ लाख ७९ हजार ८३२ कित्ता शेयर खरिदबिक्री हुँदा ११ अर्ब २४ करोड ३ लाख ९१ हजार रुपैयाँ बराबरको कारोबार भएको बजारमा अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्टको कारोबार रकम सर्वाधिक बढी रहेको छ ।

    उक्त कम्पनीको आजको शेयर कारोबार रकम ७० करोड ३३ लाख ३० हजार रुपैयाँ रहेको छ भने हिमालयन डिस्टीलरीको ३० करोड १९ लाख ६२ हजार, नेपाल बैंकको २५ करोड ३१ लाख ९६ हजार रुपैयाँ, नबिल बैंकको २४ करोड ६५ लाख ४४ हजार रुपैयाँ र रिडी हाइड्रो पावर डेभलपमेन्टको २१ करोड ९१ लाख ५१ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । 

     

    साताको लोकप्रीय