माछापुच्छ्रे बैंकको थप ७ शाखारहित बैंकिङ सेवा, रेमिट्यान्स भुक्तानीदेखि कर्जा आवेदनसमेत दिन सकिने 

माछापुच्छ्रे बैंकको थप ७ शाखारहित बैंकिङ सेवा, रेमिट्यान्स भुक्तानीदेखि कर्जा आवेदनसमेत दिन सकिने 

अर्थ डबली
आइतवार, भदौ २० २०७८
अर्थ डबली
आइतवार, भदौ २० २०७८ (अर्काइभ बाट)
  • माछापुच्छ्रे बैंकको थप ७ शाखारहित बैंकिङ सेवा, रेमिट्यान्स भुक्तानीदेखि कर्जा आवेदनसमेत दिन सकिने 

    काठमाडौँ / माछापुच्छ्रे बैंक लिमिटेडले देशका विभिन्न स्थानमा थप ७ शाखारहित बैंकिङ सेवा सञ्चालन गरेको छ । 

    images
    images

    बैंकले गोरखा जिल्लाको पालुङ्गटार नगरपालिका ६, काठमाडौँ जिल्लाको कीर्तिपुर नगरपालिका मैत्रीनगर, नुवाकोट जिल्लाको लिखु गाउँपालिका २ थानसिंह, चितवन जिल्लाको रत्ननगर नगरपालिका ५, जुवाली, चितवन जिल्लाकै रत्ननगर नगरपालिका १६ खैरेटीमा शाखारहित सेवा सञ्चालनमा ल्याएको हो । 

    यसैगरी कपिलबस्तु जिल्लाको शिवराज नगरपालिका ३, खरेन्द्रपुर, सिराहा जिल्लाको सुखिपुर नगरपालिका २ छजना चोकमा गरी शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । 

    बैकिङ्ग पहुँचदेखि टाढा रहेका ग्रामीण भेगका नागरिकमा बेंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले बैंकलेशाखा रहित बैंकिङ सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । 

    देशका विभिन्न स्थानमा ७ शाखारहित बैंकिङ्ग सेवा थप भएसँगै माछापुच्छ्रे बैंक लिमिटेडको शाखा रहित बैंकिङ सेवा १७२ पुगेको छ । ग्राहक सेवा केन्द्रको रूपमा सञ्चालित उक्त शाखारहित सेवा केन्द्रहरूबाट खाता खोल्न, रकम जम्मा गर्न र झिक्न, रेमिटेन्स भुक्तानीका साथै कर्जा आवेदन समेत दिन सकिने छ । 

    साताको लोकप्रीय