सुजुकी ‘पर्वोत्सव’ ग्राहक योजना : आकर्षक नगद छुट, एक्सचेञ्ज बोनसदेखि लोयल्टी बोनससम्म पाइने 

सुजुकी ‘पर्वोत्सव’ ग्राहक योजना : आकर्षक नगद छुट, एक्सचेञ्ज बोनसदेखि लोयल्टी बोनससम्म पाइने 

अर्थ डबली
सोमवार, भदौ २१ २०७८
अर्थ डबली
सोमवार, भदौ २१ २०७८ (अर्काइभ बाट)
  • सुजुकी ‘पर्वोत्सव’ ग्राहक योजना : आकर्षक नगद छुट, एक्सचेञ्ज बोनसदेखि लोयल्टी बोनससम्म पाइने 

    काठमाडौँ / नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले दशैं तिहारलाई लक्षित गर्दै आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ ।

    images
    images

    कम्पनीले ग्राहकहरूलाई लक्षित गर्दै सीमित अवधिका लागि मात्रै उक्त अफर योजना सार्वजनिक गरेको हो । 

    सो योजनाअन्तर्गत ग्राहकले दुई लाख रुपैयाँ बराबरको नगद छुट, एक लाख पचास हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस, बीस हजार रुपैयाँसम्म लोयल्टी बोनस, १ वर्षको सवारी बीमा र स्क्र्याच कार्ड मार्फत ७५ हजार रुपैयाँसम्म अतिरिक्त छुट पाउनेछन् । साथै क्लियरन्स मोडेलमा विशेष छुटको व्यवस्था रहेको कम्पनीले जनाएको छ । 

    कम्पनीका अनुसार नेपालभर रहेका सुजुकी गाडीका ३८ वटै सोरूमहरुमा लागू हुनेछ । त्यस्तै, सुजुकीका विभिन्न मोडेलहरुका कारहरु बमोजिम फरक फरक हिसाबका छुटहरु लागू हुने बताइएको छ ।  

    सुजुकी ब्रान्डले एस्प्रेसो, वागेन आर्,इग्निस्, स्विफ्ठ्, बलेनो, डिजाएर, सिआज्, ब्रेज्जा, एस्क्रस्, एर्टिगा, एक्स्एल सिक्स्, इको, इको कार्गो र सुपर क्यारी गरी नेपालमा सबैभन्दा बढी गाडीका मोडेलहरु विक्री बितरण गर्दै आएको छ । 
    यो योजना सिमित अवधिका लागी मात्र जारी गरिएको छ । 

    साताको लोकप्रीय