इसेवाबाट नेपाल लाइफको बीमा शुल्क भुक्तानी गर्दा आकर्षक क्यासब्याक र हरेक महिना आइफोन १२ जित्न सकिने 

इसेवाबाट नेपाल लाइफको बीमा शुल्क भुक्तानी गर्दा आकर्षक क्यासब्याक र हरेक महिना आइफोन १२ जित्न सकिने 

अर्थ डबली
सोमवार, भाद्र २१ २०७८
अर्थ डबली
सोमवार, भाद्र २१ २०७८ (अर्काइभ बाट)
  • इसेवाबाट नेपाल लाइफको बीमा शुल्क भुक्तानी गर्दा आकर्षक क्यासब्याक र हरेक महिना आइफोन १२ जित्न सकिने 

    काठमाडौँ / नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत नेपाल लाइफ इन्स्योरेन्स्को बीमा शुल्क भुक्तानी गर्दा आकर्षक क्यासब्याक पाइने भएको छ । 
    बिमितहरूले इसेवाबाट बीमा शुल्क भुक्तानी गर्दा बीमा शुल्कको ०.३५ प्रतिशत देखि रू एक हजारसम्मको आकर्षक क्यासब्याक पाउनेछन् । यस्तै बम्पर उपहारमा हरेक महिना आइफोन १२ जित्न सकिने छ । 

    images
    images

    कार्तिक मसान्तसम्म सञ्चालन हुने यो योजनामा नेपाल लाइफको बीमा शुल्क भुक्तानी गर्ने जो कोही पनि सहभागी हुन सकिनेछ । आइफोन विजेता गोलाप्रथा माध्यमबाट छानिनेछ । आफ्नो बीमा शुल्क भुक्तानी गर्नुपर्ने मितिको एक हप्ता भित्र शुल्क भुक्तानी गर्नुपर्नेछ । इसेवाले अनलाइन मार्फत बीमा शुल्क बुझाउन प्रोत्साहन गर्नका लागि विभिन्न योजनाहरु सञ्चाजन गर्दै आएको छ । 

    मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ४५ लाख बढि रहेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ६० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् । 

    हाल इसेवाका देशभर करिब एक लाख १० हजार  भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् । हाल इसेवामा मर्चेन्टको संख्या तीन लाख नाघिसकेका छन् ।

    इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ ।

    इसेवामा हाल ५० वटा बैंक तथावित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकमजम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

    साताको लोकप्रीय