नेप्से परिसूचक १६१.९४ अङ्कको बृद्धि : हाइड्रो, वित्त र विकास बैंकमा झुम्मिए लगानीकर्ता, कसले कति कमाए ? 

नेप्से परिसूचक १६१.९४ अङ्कको बृद्धि : हाइड्रो, वित्त र विकास बैंकमा झुम्मिए लगानीकर्ता, कसले कति कमाए ? 

अर्थ डबली
सोमवार, भदौ २१ २०७८
अर्थ डबली
सोमवार, भदौ २१ २०७८ (अर्काइभ बाट)
  • नेप्से परिसूचक १६१.९४ अङ्कको बृद्धि : हाइड्रो, वित्त र विकास बैंकमा झुम्मिए लगानीकर्ता, कसले कति कमाए ? 

    काठमाडौँ / पछिल्लो केही दिन यता निरन्तर गिरावट आएको शेयर बजार आज भने उच्च अङ्कले बृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार यो दिन नेप्से परिसूचक १६१.९४ अङ्कले बढेर २ हजार ९८०.७९ बिन्दुमा उक्लिएको छ । 

    images
    images

    आइतबार ५.०३ प्रतिशतले घटेर २ हजार ८१८.७३ बिन्दुमा झरेको शेयर बजार आज भने ५.७४ प्रतिशतले बढेर बन्द भएको हो । सोमबार ठूला कम्पनीको शेयर मापक सेन्सेटिभ इन्डेक्स पनि ३१.४१ बिन्दुले बढेर ५५३.४० बिन्दुमा उक्लिएको छ । 

    अधिकांश समूहको परिसूचकमा उच्च बृद्धि

    सोमबार शेयर बजारमा अधिकांश परिसूचकमा उच्च अङ्कको बृद्धि भएको छ । यो दिन विकास बैंक, वित्त र हाइड्रो पावर समूहमा लगानीकर्ताहरू झुम्मिएका छन् । 

    आज सर्वाधिक बढी विकास बैंकको परिसूचक ९.९२ प्रतिशतले बढेको छ भने वित्त समूहको परिसूचक ९.३४ प्रतिशत र हाइड्रो पावर समूहको परिसूचक ९.११ प्रतिशतले बृद्धि भएको छ ।

    यसैगरी अन्य मूहको परिसूचक ८.३८ प्रतिशत, लगानी समूह ६.८३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको ६.०६ प्रतिशत, होटल्स तथा पर्यटन समूहको ५.६३ प्रतिशत, जीवन बीमाको ५.१० प्रतिशत, निर्जीबन बीमाको ४.९६ प्रतिशत, लघुवित्त समूहको ४.४२ प्रतिशत र बैकिङ उपसमूहको परिसूचक ४.०७ प्रतिशतले बढेको छ । यसैगरी व्यापारिक समूहको परिसूचक ३.९६ प्रतिशत र म्युचुअल फण्डको परिसूचक १.०६ प्रतिशतले बृद्धि भएको छ । 

    ६० ओटा कम्पनीको शेयरमूल्य सर्किट लेभलमा बृद्धि 
    उच्च अङ्कले बढेको बजारमा आज ६० ओटा कम्पनीको शेयरमूल्य सर्किट लेभलमा बृद्धि भएको छ । नेशनल हाइड्रो पावर, गोर्खाज फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, एक्सेल डेभलपमेन्ट, नेपाल दुरसञ्चार कम्पनी, लुम्बिनी विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, ज्योति विकास बैंक, कर्णाली डेभलपमेन्ट बैंक, महालक्ष्मी विकास बैंक, कामना सेवा विकास बैंक, सांग्रिला विकास बैंक, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक सिन्धु विकास बैंक र रिलायान्स फाइनान्सको शेयरमूल्य १० प्रतिशतले बढेको छ । 

    यसैगरी सानिमा माई हाइड्रो पावर, वरुण हाइड्रो पावर, अपि पावर, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट, ङदी ग्रुप, ग्रीन डेभलपमेन्ट, दिव्यश्वोरी हाइड्रोपावर, सिनर्जी पावर, युनाइटेड मोदी हाइड्रोपावर, छ्याङ्दी हाइड्रो पावर, हिमालयन पावर पार्टनर, नेपाल हाइड्रो डेभलपर्स, राधी विद्युत कम्पनी, पञ्चकन्यामाई हाइड्रोपावर, कालिका पावर कम्पनी, आँखुखोला जलविद्युत कम्पनी, जोशी हाइड्रो पावर डेभलपमेन्ट, माथिल्लो तामाकोशी, घलेम्दी हाइड्रो, पाँचथर पावर, रसुवागढी हाइड्रोपावर, सप्तकोशी डेभलपमेन्ट बैंक, हिमाल दोलखा हाइड्रोपावर, लिवर्टी इनर्जी कम्पनी र युनाइटेड इदीमार्दी आरवी हाइड्रो पावर कम्पनीको शेयरमूल्य पनि १० प्रतिशतले बढेको छ । 

    यसैगरी सनराइज फर्स्ट म्युचुअल फण्ड, माउन्टेन हाइड्रो नेपाल, रिदी हाइड्रोपावर डेभलपमेन्ट, आइसिएफसि फाइनान्स, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट, जानकी फाइनान्स, बेस्ट फाइनान्स र गुडवील फाइनान्स कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले बृद्धि भएको छ । त्यस्तै, अरुण कावेली पावर, खानीखोला हाइड्रोपावर, युनियन हाइड्रोपावर, युनिभर्सल पावर कम्पनी, ग्रीनलाइफ हाइड्रोपावर, शिभश्री हाइड्रो र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशतले बृद्धि भएको छ । 

    बढेको बजारमा आज १०.५ प्रतिशत नेपाल इन्भेष्टमेन्ट डिवेन्चर २०८२ का लगानीकर्ताहरुले सर्वाधिक बढी १.९५ प्रतिशतले गुमाएका छन् । 
    कारोबार अवधिभर २२४ ओटा कम्पनीको एक लाख ९ हजार १८२ पटकको व्यापारमा एक करोड ७९ लाख २२ हजार ५८८ कित्ता शेयर खरिदबिक्री हुँदा ९ अर्ब ८२ करोड ६२ लाख २२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

    सो कारोबार रकममा आज सर्वाधिक हिस्सा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टको रहेको छ । सो कम्पनीको आज ४६ करोड ३० लाख ९१ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको हो । यसैगरी हिमालयन दोलखा डिस्टीलरीको २६ करोड ८८ लाख ९६ हजार रुपैयाँ, माथिल्लो तामाकोशीको २४ करोड ९२ लाख ४८ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । 

     

    साताको लोकप्रीय