अर्थमन्त्रीको निर्देशनपछि एकैदिन करिब १६२ अङ्कले बढ्यो शेयर बजार, ६० ओटा कम्पनीको शेयरमूल्य सर्किट लेभलमा बृद्धि 

अर्थमन्त्रीको निर्देशनपछि एकैदिन करिब १६२ अङ्कले बढ्यो शेयर बजार, ६० ओटा कम्पनीको शेयरमूल्य सर्किट लेभलमा बृद्धि 

अर्थ डबली
सोमवार, भाद्र २१ २०७८
अर्थ डबली
सोमवार, भाद्र २१ २०७८ (अर्काइभ बाट)
  • अर्थमन्त्रीको निर्देशनपछि एकैदिन करिब १६२ अङ्कले बढ्यो शेयर बजार, ६० ओटा कम्पनीको शेयरमूल्य सर्किट लेभलमा बृद्धि 

    काठमाडौँ / आइतबार उच्च अङ्कको क्षति बेहोरेको शेयर बजार आज भने करिब १६२ अङ्कले बढेको छ । बजार घटेसँगै लगानीकर्ताहरूले गर्भनर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै प्रदर्शन गरेपछि अर्थमन्त्री जनादर्शन शर्माले गभर्नरले पुँजीबजारको समस्या सच्याउन निर्देशन दिएका थिए । सेयर ऋणको १२ करोडको सीमा राखेका कारण बजार घटेको आरोप लगानीकर्ताहरूको रहेको छ । अर्थमन्त्री शर्मासँगको टेलिफोन कुराकानीमा गभर्नर अधिकारीले समस्या समाधान गरिने प्रतिबद्धतासमेत जनाएको बताइएको छ । 

    images
    images

    हिजो आइतबार उच्च अङ्कले बजार घटेपछि सस्तिएको शेयर खरिदमा लगानीकर्ताहरूले आकर्षित भएपछि आज माग बढ्दा अधिकांश कम्पनीको शेयरमूल्य बृद्धि भएको हो । २२४ ओटा कम्पनीको शेयर कारोबार भएको बजारमा आज ८ ओटाबाहेक सबै कम्पनीको शेयरमूल्य बृद्धि भएको नेप्सेले जनाएको छ । 
    उच्च अङ्कले बढेको बजारमा आज ६० ओटा कम्पनीको शेयरमूल्य सर्किट लेभलमा बृद्धि भएको छ ।

    नेशनल हाइड्रो पावर, गोर्खाज फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, एक्सेल डेभलपमेन्ट, नेपाल दुरसञ्चार कम्पनी, लुम्बिनी विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, ज्योति विकास बैंक, कर्णाली डेभलपमेन्ट बैंक, महालक्ष्मी विकास बैंक, कामना सेवा विकास बैंक, सांग्रिला विकास बैंक, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक सिन्धु विकास बैंक र रिलायान्स फाइनान्सको शेयरमूल्य १० प्रतिशतले बढेको छ । 

    यसैगरी सानिमा माई हाइड्रो पावर, वरुण हाइड्रो पावर, अपि पावर, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट, ङदी ग्रुप, ग्रीन डेभलपमेन्ट, दिव्यश्वोरी हाइड्रोपावर, सिनर्जी पावर, युनाइटेड मोदी हाइड्रोपावर, छ्याङ्दी हाइड्रो पावर, हिमालयन पावर पार्टनर, नेपाल हाइड्रो डेभलपर्स, राधी विद्युत कम्पनी, पञ्चकन्यामाई हाइड्रोपावर, कालिका पावर कम्पनी, आँखुखोला जलविद्युत कम्पनी, जोशी हाइड्रो पावर डेभलपमेन्ट, माथिल्लो तामाकोशी, घलेम्दी हाइड्रो, पाँचथर पावर, रसुवागढी हाइड्रोपावर, सप्तकोशी डेभलपमेन्ट बैंक, हिमाल दोलखा हाइड्रोपावर, लिवर्टी इनर्जी कम्पनी र युनाइटेड इदीमार्दी आरवी हाइड्रो पावर कम्पनीको शेयरमूल्य पनि १० प्रतिशतले बढेको छ । 

    यसैगरी सनराइज फर्स्ट म्युचुअल फण्ड, माउन्टेन हाइड्रो नेपाल, रिदी हाइड्रोपावर डेभलपमेन्ट, आइसिएफसि फाइनान्स, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट, जानकी फाइनान्स, बेस्ट फाइनान्स र गुडवील फाइनान्स कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले बृद्धि भएको छ । त्यस्तै, अरुण कावेली पावर, खानीखोला हाइड्रोपावर, युनियन हाइड्रोपावर, युनिभर्सल पावर कम्पनी, ग्रीनलाइफ हाइड्रोपावर, शिभश्री हाइड्रो र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशतले बृद्धि भएको छ ।

    यसैगरी आज मल्टीप्रपोज फाइनान्स, मञ्जुश्री फाइनान्स, आरएसडिसी लघुवित्त, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, पोखरा फाइनान्स, आरएमडिसी लघुवित्त, वुटवल पावर कम्पनी, फर्स्ट माइक्रोफाइनान्स, सिङ्गटी हाइड्रो इनर्जी, कर्पोरेट डेभलपमेन्ट बैंक, युनियन लाइफ इन्स्योरेन्स कम्पनी, प्रुडेन्सियल इन्स्योरेन्स, साञ्जेन जलविद्युत, सिइडिवि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र बोटलर्स नेपालको शेयरमूल्य पनि ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ । 

    साताको लोकप्रीय