शेयर बजार : नेप्से र कारोबार रकम दुबैमा भारी गिरावट, कसले कति गुमाए कति कमाए ? 

शेयर बजार : नेप्से र कारोबार रकम दुबैमा भारी गिरावट, कसले कति गुमाए कति कमाए ? 

अर्थ डबली
मंगलवार, भाद्र २२ २०७८
अर्थ डबली
मंगलवार, भाद्र २२ २०७८ (अर्काइभ बाट)
  • शेयर बजार  : नेप्से र कारोबार रकम दुबैमा भारी गिरावट, कसले कति गुमाए कति कमाए ? 

    काठमाडौँ / साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक र कारोबार रकम दुबैमा भारी गिरावट आएको छ ।

    images
    images

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार यो दिन नेप्से परिसूचक १.४८ प्रतिशत अर्थात् ४४.१८ अङ्कले झरेर २ हजार ९३६.६१ बिन्दुमा थामिएको छ ।

    सोमबार नेप्से परिसूचक १६१.९४ अङ्कले बढेर २ हजार ९८०.७९ बिन्दुमा उक्लिएको थियो भने मंगलबार भने गिरावट आएको हो । यता, नेप्सेसँगै कारोबार रकममा पनि भारी गिरावट आएको छ । सोमबार ९ अर्ब ८२ करोड ६२ लाख २२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको बजारमा आज सो रकम घटेर ७ अर्ब ४९ करोड ५८ लाख १२ हजार रुपैयाँमा सीमित भएको हो । 

    यसदिन म्युचुअल फण्ड र अन्य समूहको परिसूचकबाहेक सबै समूहको परिसूचकमा गिरावट आएको छ । मंगलबार होटल्स तथा पर्यटन, लघुवित्त र निर्जीबन बीमा समूहको परिसूचक सर्वाधिक बढी घटेको छ । यी तीन समूहको परिसूचक क्रमश २.९९ प्रतिशत, २.५८ प्रतिशत र २.१३ प्रतिशतले घटेको हो । 

    यसैगरी बैंकिङ उपसमूहको १.६८ प्रतिशत, विकास बैंकको १.२९ प्रतिशत, लघुवित्तको १.६४ प्रतिशत, हाइड्रो पावरको १.५२ प्रतिशत, जीवन बीमाको १.८० प्रतिशत, व्यापारिक समूहको १.५६ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको परिसूचकमा १.९२ प्रतिशतको  गिरावट आएको छ । 

    घटेको बजारमा मंगलबार सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य सर्वाधिक बढी १० प्रतिशतले बढेको छ भने आरएमडिसि लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ७.७३ प्रतिशत र रुरु जलविद्युत परियोजनाको शेयरमूल्य ७.०१ प्रतिशतले घटेको छ । 

    कारोबार अवधिभर आज २२२ ओटा कम्पनीको ८६ हजार ५०८ पटकको व्यापारमा एक करोड ५० लाख ८२ हजार ८१ कित्ता शेयर खरिदबिक्री हुँदा युनाइटेड मोदी हाइड्रोपावरको सर्वाधिक बढी ६१ करोड ९२ लाख ९१ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । 

    साताको लोकप्रीय