बाबुको मुख हेर्ने दिनमा विकाश घले गुरुङ्ले शुभकामना सार्वजनिक 

बाबुको मुख हेर्ने दिनमा विकाश घले गुरुङ्ले शुभकामना सार्वजनिक 

अर्थ डबली
मंगलवार, भदौ २२ २०७८
अर्थ डबली
मंगलवार, भदौ २२ २०७८ (अर्काइभ बाट)
  • बाबुको मुख हेर्ने दिनमा विकाश घले गुरुङ्ले शुभकामना सार्वजनिक 

    काठमाडौँ / कुशे औशी अर्थात बाबुको मुख हेर्ने अवसर पारेर विकाश घले गुरुङ्ले शुभकामना शीर्षकमा गीत लिएर आएका छन् ।

    images
    images

    रेड ओशियन इन्टरटेनमेन्टबाट शुभकामना गीतलाई रिलिज गरिएको छ । यस गीतमा स्वर प्रसिद्ध गायक शिव परियारको रहेको छ भने विकाश घले गुरुङले नै शब्द लेखेको छन् । 

    गीतमा प्रसिद्ध संगीतकार सन्तोष श्रेष्ठले संगीत गरेका छन् । ऐरेञ्जमेन्ट राजु कार्कीको रहेको छ भने मिक्सिङ प्रकाश मिश्रले गरेका छन् ।

    गीतको भिडियो पनि तयार गरीएको छ । कथा, निर्देशन, सम्पादन तथा रंग संयोजन पनि स्वयं विकाश घले गुरुङले गरेका छन् । म्यूजिक भिडियोमा दीपेश ढकाल, मनिता सारु, नाब्या शर्मा, विप्लव गुरुङ आदीले अभिनय गरेका छन् भने विशाल ढुंगानाले छायांकन गरेका छन् ।

    चलचित्र, डकुमेन्ट्रि, म्यूजिक भिडियोमा अब्बल मानिएका विकाश घले गुरुङले अभिभावक प्रति सम्मान राम्ररी जाहेर गरेका छन् । आमा, बाबु, गुरु एवं प्रोडवर्गको सम्मानमा यो गीतले मूमिका खेल्ने कुरामा कुनै शंका छैन ।

    साताको लोकप्रीय