विगतमा तरकारी किनेर खानेले अहिले त्यसबाटै आम्दानी गर्दै

विगतमा तरकारी किनेर खानेले अहिले त्यसबाटै आम्दानी गर्दै

अर्थ डबली
बुधवार, भदौ २३ २०७८
अर्थ डबली
बुधवार, भदौ २३ २०७८ (अर्काइभ बाट)
  • विगतमा तरकारी किनेर खानेले अहिले त्यसबाटै आम्दानी गर्दै

    गण्डकी /  विगतमा जग्गा बाँझै राख्ने र तरकारी किनेर खादै आएका किसान अहिले भने त्यसबाटै आम्दानी गर्न थालेको छ । 

    images
    images

    विगतमा बजारमा तरकारी किनेर खाने गरेका पोखरा महानगरपालिका–१७ का बासिन्दा यतिखेर आफैले उत्पादन गरेको प्राङ्गारिक ताजा तरकारी उपयोग गर्दै आएका छन् । बढी भएका तरकारी बिक्री गर्दै उनीहरुले आम्दानी समेत लिन थालेका हुन् । 

    गण्डकी प्रदेश सरकार मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषिगाउँ कार्यक्रम लागू भएको बिरुवा फाँटको फेवा सिँचाइ नहरदेखि दक्षिणतर्पm महतगांैडा, लुमन्ति, लामातरा, प्रगतिटोल र दोविल्लालाई कृषि पकेट क्षेत्र घोषणा गरी प्लाष्टिक टनेल निर्माण, मौरीसहितका घार वितरण, खोर र भकारो सुधार कार्यक्रम गर्दै आएको मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषिगाउँ इकाइका अध्यक्ष लक्ष्मण भण्डारीले जानकारी दिए ।

    उनका अनुसार पकेट क्षेत्रअन्तर्गत निर्मित ७९ वटा टनेलमा यतिखेर लटरम्म गोलभेडा फलेका छन् । टनेलभित्र दैनिक पाँचदेखि १० किलोसम्म गोलभेडा उत्पादन हुन्छ । बिक्री गरेर किसानले मासिक १० देखि १५ हजारसम्म आम्दानी गर्दै आएका छन् । “१२ मिटर लम्वाइ र ६ मिटर चौढाइको एउटा प्लाष्टिक टनेलले लगभग दुई आना जग्गा ओगटेको हुन्छ”, उनले भने, “धानखेती गर्दा मुस्किलले दुई हजार मूल्य बराबरको १५ पाथी धान उत्पादन हुने जग्गामा मौसमी तथा बेमौसमी तरकारी खेतीबाट कृषकले वार्षिक रु एक लाखभन्दा बढी आम्दानी गर्न सफल भएका छन् ।”

    कार्यक्रमको पहिलो र दोस्रो वर्ष ३०। ३० र तेस्रो वर्ष १९ गरी कूल ७९ वटा टनेल निर्माण, ६५ वटा बाख्राका खोर र भकारो सुधार, नश्लसुधारका लागि रु ६५ हजार मूल्य बरावरको बोयर जातको एउटा बोका वितरण, १३० मौरीसहितका घार वितरण गरिएको उनको भनाइ छ ।

    एक घर एक उत्पादनलाई जोड दिइएको वातावरणमैत्री नमूना कृषि कार्यक्रमबाट पहिलो वर्ष रु २५ लाख, दोस्रो र तेस्रो वर्ष रु १५। १५ लाख गरी कूल रु ५५ लाख अनुदान प्राप्त भएको र सोही बराबर किसानको समेत लगानी भएको छ । कार्यक्रमबाट पकेट क्षेत्र अन्तर्गतका २०९ घरपरिवार प्रत्यक्ष लाभान्वित भएको जानकारी दिँदै अध्यक्ष भण्डारीले एक परिवारलाई एउटा शीर्षकमा मात्र अनुदान उपलब्ध गराएको बताए ।

    नेटसहित फलामको फ्रेमबाट निर्मित टनेलमा पहिलो पटक रोपेका सिर्जना जातका गोलभेडाको बिरुवा फुल्न थालेका छन् । सोही टनेलभित्र लगाएको साग बिक्रीबाट रु १० हजार आम्दानी भएको महतगौँडाका कृषक नेत्रनाथ भण्डारीले राससलाई बताए । असिना पानीले खासै असर नगर्ने र रोगले समेत सिधैँ आक्रमण गर्न नसक्ने हुँदा तापअनुकूलित उक्त टनेलबाट बाह्रै महिना उत्पादन लिन सकिने उनले बताए ।

     टनेल निर्माणका लागि नमूना कृषि कार्यक्रमबाट ७५ हजार अनुदान प्राप्त भएको थियो । कृषकले टनेलको बाहिर वरिपरिको जग्गा समेत उपयोग गर्न थालेका छन् ।  स्थानीय बासिन्दा रघुनाथ भण्डारीका अनुसार अनुदानबाट प्राप्त तीनवटा मौरीका घारमध्ये एउटामा उत्पादन दिन शुरु गरेको छ । उक्त घारबाट वार्षिक चार किलोग्राम मह उत्पादन भएपछि यतिखेर शुद्ध महको स्वाद लिन पाइएको छ । अन्य दुई घारले पनि उत्पादन दिने तयारीमा छन् ।

    अखिल नेपाल किसान महासङ्घ कास्कीका अध्यक्षसमेत रहनु भएका उनले महिला तथा युवा वर्गलाई उत्पादनसँग जोड्न कार्यक्रम प्रभावकारी बनेको बताउँदै यस्ता उत्पादनमुखी कार्यक्रमको दीगोपनका लागि तीन तहका सरकार जिम्मेवार भएर लाग्नु विकल्प नभएको बताए । 

    तीनवटा प्लाष्टिक टनेल हुने हो भने गोलभेडा, साग, बन्दा, काउली, सिमी, धनीया, काक्रोलगायत विभिन्न जातका मौसमी तथा बेमौसमी तरकारी खेती गरेर मासिक रु ३० देखि ५० हजारसम्म आम्दानी गर्न सकिने उल्लेख गर्दै उनले यसले पर्यापर्यटनको वृद्धिसँगै कृषिको माध्यमबाट स्थानीय स्तरमा रोजगारी सिर्जनामा समेत टेवा पुग्ने बताए । प्रदेशमा कृषि क्षेत्रको दिगो विकासका लागि जलवायु तथा वातावरणमैत्री प्रविधि र अभ्यासहरूको प्रयोग एवम् स्थानीय स्रोतसाधनको उचित व्यवस्थानमार्पmत उत्पादन र गुणस्तर वृद्धि गर्ने लक्ष्यका साथ तीन वर्षदेखि सो कार्यक्रम सञ्चालन हुँदै आएको हो ।

    एक स्थानीय तह एक नमूना कृषि गाउँअन्तर्गत गण्डकी प्रदेशका ८५ स्थानीय तहमा सञ्चालित सो कार्यक्रम समुदायस्तरमा कृषि क्षत्रको वातावरणीय जोखिम न्यूनीकरण र ग्रामीण कृषक समुदायको दिगो खाद्य सुरक्षा सुनिश्चितत गर्दै गुणस्तरीय कृषि र पशुजन्य उत्पादनको वृद्धि तथा बजारीकरणमार्पmत स्थानीय स्तरमा रोजगारीका अवसर  सिर्जना गर्न कार्यक्रम प्रभावकारी बनेको बताइएको छ । 

    साताको लोकप्रीय