शेयर बजारमा निरन्तर पहिरो : २.०४ प्रतिशतले घटेको बजारमा आज कसले कति गुमाए ? 

शेयर बजारमा निरन्तर पहिरो : २.०४ प्रतिशतले घटेको बजारमा आज कसले कति गुमाए ? 

अर्थ डबली
बुधवार, भदौ २३ २०७८
अर्थ डबली
बुधवार, भदौ २३ २०७८ (अर्काइभ बाट)
  • शेयर बजारमा निरन्तर पहिरो : २.०४ प्रतिशतले घटेको बजारमा आज कसले कति गुमाए ? 

    काठमाडौँ / बुधबार पनि शेयर बजारमा उच्च अङ्कको पहिरो गएको छ । मंगलबार  १.४८ प्रतिशत अर्थात् ४४.१८ अङ्कले झरेर २ हजार ९३६.६१ बिन्दुमा थामिएको बजार आज पुनः २.०४ प्रतिशतले घटेको छ ।

    images
    images

    यो दिन बजार खुलेसँगै निरन्तर गिरावट आई नेप्से परिसूचक ६०.०२ अङ्कले घटेर २ हजार ८७६.५९ बिन्दुमा थामिदा बजार बन्द भएको हो । 

    नेप्सेसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । कारोबार अवधिभर आज ६ अर्ब ६४ करोड ६६ लाख २३ हजार रुपैयाँ बराबरको मात्रै शेयर किनबेच भयो । हिजो मंगलबार ७ अर्ब ४९ करोड ५८ लाख १२ हजार रुपैयाँको शेयर कारोबार भएकोमा आज सो रकममा पुनः गिरावट आएको हो । 

    बुधबार सबै समूहको परिसूचक उच्च अङ्कले घटेको छ । यो दिन वित्त समूहको परिसूचक ३.२९ प्रतिशत, अन्य समूहको ३.२३ प्रतिशत, विकास बैंकको २.८७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको २.७५ प्रतिशत, जीवन बीमाको २.५५ प्रतिशत, लगानी समूहको २.४३ प्रतिशत, लघुवित्तको १.२२ प्रतिशत, निर्जीबन बीमाको २.४७ प्रतिशत, हाइड्रो पावरको १.५९ प्रतिशत, बैंकिङ उपसमूहको १.६३ प्रतिशत, होटल र पर्यटन समूहको १.८२ प्रतिशत, व्यापारिक समूहका २.३८ प्रतिशत र म्युचुअल फण्डको परिसूचक ०.५६ प्रतिशतले घटेको छ । 

    घटेको बजारमा यो दिन सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य सर्वाधिक बढी १० प्रतिशतले बृद्धि भएको छ । त्यस्तै, एक्सेल डेभलपमेन्ट बैंकको शेयरमूल्य ८.६० प्रतिशत र राइराङ हाइड्रो पावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य पनि ८.३३ प्रतिशतले बृद्धि भएको छ । 

    यस दिन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य ६.०६ प्रतिशतले घटेको छ भने गुडवील फाइनान्सको शेयरमूल्य ५.४७ प्रतिशतले घटेको छ । 

    कारोबार अवधिभर २२५ ओटा कम्पनीको एक करोड ६१ लाख ४८ हजार ६५२ कित्ता शेयर खरिदबिक्री भएको बजारमा आज युनाइटेड मोदी हाइड्रो पावरको रकम सर्वाधिक बढी देखिएको छ । सो कम्पनीको आजको  कारोबार रकम ४० कराड ५७ लाख ७५ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको हो । 

     

    साताको लोकप्रीय