नेपाल पुनर्बीमा कम्पनीले परिमार्जन गर्यो लाभांश रकम, अब कति दिने ? 

नेपाल पुनर्बीमा कम्पनीले परिमार्जन गर्यो लाभांश रकम, अब कति दिने ? 

अर्थ डबली
बुधवार, भदौ २३ २०७८
अर्थ डबली
बुधवार, भदौ २३ २०७८ (अर्काइभ बाट)
  • नेपाल पुनर्बीमा कम्पनीले परिमार्जन गर्यो लाभांश रकम, अब कति दिने ? 

    काठमाडौँ / नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांश परिमार्जन गरेको छ । 

    images
    images

    कम्पनीको भदौ २२ गते बसेको सञ्चालक समितिको ३५९ औँ बैठकले आर्थिक बर्ष २०७६/०७७ को परिमार्जित वित्तीय विवरणअनुसार कम्पनीमा रहेको शेयर प्रिमियम बाहेकको वितरणयोग्य मुनाफाबाट चुक्ता पुँजी १० अर्बको १६.५० प्रतिशत बोनस शेयर र २.५० प्रतिशत परिमार्जित नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने निर्णय गरेको हा । 

    सम्पत्ति खर्च व्यवस्था गर्त र शेयर प्रिमियम हिसाबबाट बोनस शेयर वितरण गर्दा कर विवरणमा आय जनाइ आयकर दायित्व रेखाङ्कन गरी परिमार्जित वित्तइि विवरण पेश गर्न बीमा समितिको निर्देशन आएपछि लाभांश परिमार्जन गरिएको कम्पनीले जनाएको छ । 

    यसअघि कम्पनीको असार ७ गते बसेको ३४० औँ बैठकले वितरणयोग्य मुनाफा र शेयर प्रिमियमबाट चुक्ता पुँजी १० अर्बको १६.५० प्रतिशत नगद लाभांश र ३.५० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने भनी निर्णय गरेको थियो । 

    कम्पनीको प्रस्तावित लाभांश अर्थ मन्त्रालय र बीमा समितिबाट स्वीकृत भई कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि वितरण गरिनेछ । 



    साताको लोकप्रीय