एमसिसी विवादः  देशले अन्तर्राष्ट्रिय मामिलामा गम्भीर त्रुटि गरिरहेको छ – रमेशनाथ पाण्डे 

एमसिसी विवादः  देशले अन्तर्राष्ट्रिय मामिलामा गम्भीर त्रुटि गरिरहेको छ – रमेशनाथ पाण्डे 

अर्थ डबली
बिहिवार, भदौ २४ २०७८
अर्थ डबली
बिहिवार, भदौ २४ २०७८ (अर्काइभ बाट)
  • एमसिसी विवादः  देशले अन्तर्राष्ट्रिय मामिलामा गम्भीर त्रुटि गरिरहेको छ – रमेशनाथ पाण्डे 

    अमेरिकी सहयोग परियोजना एमसिसीको कारण अहिले मुलुकको राजनीति तरङ्गित छ । आजै विहिबार विहानै विवादका बीच एमसीसी उपाध्यक्ष फतिमा सुमार ४ दिने भ्रमणका लागि नेपाल आइपुगेकी छन् । 

    images
    images

    राजनीतिज्ञ तथा कुटनीतिमा दख्खल राख्ने रामेशनाथ पाण्डेले मुलुकले अन्तर्राष्ट्रिय मामिलामा गम्भीर त्रुटि गरिरहेको टिप्पणी गरेका छन् । ७४ वर्ष लामो दौत्य सम्बन्धमा पहिलोपटक अमेरिका विरोधी भावना प्रदर्शन हुनु नराम्रो भएको उनको टिप्पणी छ । 

     एमसिसी  सम्बोधन र सञ्चालनमा नेपालले गरेका त्रुटिहरूको दुस्परिणाम भएको बताउँदै मुलुकका प्रमुख राजनीतिक दलहरु गलत दिशातिर लागेको उनको संकेत छ । 

    नेपालजस्तो सामरिक संवेदनशीलता बढ्दै गएको देशले अन्तर्राष्ट्रिय मामिलामा गम्भीर त्रुटि गरिरहेको उनले सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै  सचेत रहनुपर्ने संकेत गरेका छन् । 


    यस्तै, अर्को ट्वीटमा उनले सबै पार्टीका सबै नेताहरु अरुलाई उपयोग गर्न, धोखा दिन र स्वार्थ मिल्दा फेरि मिल्न पोख्त साबित रहेको बताएका थिए । यसक्रममा तिन वटै प्रमुख पार्टीहरुले बिगत ६ वर्ष मा एक अर्को लाई पटक पटक उपयोग गरिरहेके र धोखा दिएको उनले बताएका छन् । 

    एमसिसी विषयमा राजनीतिक दलहरुका शीर्ष नेतृत्वहरु नै फरक फरक टिप्पणी गर्दै हिडेका छन् ।

    करिब ५५ अर्ब रुपैयाँको सहयोगमा नेपालमा विद्युतीय प्रसारण लाइन र सडक निर्माणका लागि एमसीसीले सहयोग गर्न खोजेको छ । 

    उक्त विषय अहिले मुलुकको प्रतिष्ठामा खलल पुग्ने दावी गर्दै विवादिद बनेको छ । त्यसका लागि संसदबाट अनुमोदन हुनुपर्नेमा राजनीतिक मतभेदका कारण हालसम्म संसदबाट अनुमोदन हुन सकेको छैन ।

     

    एमसिसीका उपाध्यक्ष काठमाडौँमा, कोको सँग भेट गर्दैछन् ? 

    अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) का उपाध्यक्ष फतिमा सुमार नेपालको चारदिने भ्रमणमा आज बिहान काठमाडौँ आईपुगिन् । भ्रमणको पहिलो दिन पहिलो पटक नै पूर्व प्रधानमन्त्री केपी ओलीलाई भटेकी छन् । 

    कतारबाट काठमाडौँ आउनुभएका उपाध्यक्ष सुमारसँगै नायब उपाध्यक्ष जोनाथन ब्रुक्स पनि  छन् ।

     नेपालमा रहँदा उपाध्यक्ष सुमार नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ । 

    mcc.JPG

     नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक–आर्थिक विकासका लागि चार वर्षअघि भदौमा नेपाल सरकार र एमसिसीबीच मिलेनियम च्यालेञ्ज सम्झौता ९कम्प्याक्ट०मा द्विपक्षीय सम्झौता भएपछि एमसिसीबाट यो तहमा पहिलोपटक भ्रमण भएको हो । यस भ्रमणलाई चासो र महत्वका साथ हेरिएको छ । 

     सम्झौताअनुसार सडक सञ्जाल, विद्युत् प्रसारण लाइन निर्माणलगायत नेपालको भौतिक पूर्वाधार विकासका आयोजना कार्यान्वयनका निम्ति अनुदानस्वरूप अमेरिकाबाट रु ५० अर्ब सहयोग प्राप्त हुने छ । 

     यस परियोजनामा ४०० किलोभोल्ट क्षमताको ३१८ किलोमिटर लामो प्रसारण लाइन एवं तीन उच्च क्षमतायुक्त सबस्टेशन निर्माणमा केन्द्रित विद्युत् प्रसारण आयोजना र बढीमा ३०० किलोमिटर रणनीतिक सडकको मर्मतसम्भारका विषय समावेश गरिएका छन् ।

     

    साताको लोकप्रीय