एमसीसी विवादः नेताहरु फकाउने फातिमा सुमारको प्रयास के होला ? कसले के भने ?

एमसीसी विवादः नेताहरु फकाउने फातिमा सुमारको प्रयास के होला ? कसले के भने ?

अर्थ डबली
शुक्रवार, भदौ २५ २०७८
अर्थ डबली
शुक्रवार, भदौ २५ २०७८ (अर्काइभ बाट)
  • एमसीसी विवादः नेताहरु फकाउने फातिमा सुमारको प्रयास के होला ? कसले के भने ?

    काठमाडौं / अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)  उपाध्यक्ष फातिमा सुमारको टोली नेपालमा नेताहरुको घरदैलो गर्दै हिडेकी छन् । विकास निर्माणको एउटा सानो प्रोजेक्टले हाम्रो जस्तो मुलुकमा कुन तहसम्म तहल्का मच्चाउँछ भन्ने यथार्थ हो  यो ।

    images
    images

    हिजो विहीबार विहान एमसीसीका उपाध्यक्ष सुमार सहितको टोलीले पूर्वप्रधानमन्त्री केपी ओलीसहित माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डसँग पनि भेटवार्ता गरिसकेका छन् । भेटवार्तामा अध्यक्ष प्रचण्डले राष्ट्रिय सहमति चाहिने बताएका छन् ।

    यस्तै, एमाले अध्यक्ष ओलीले पनि आफूहरु प्रतिपक्षमा रहेकोले सरकारको प्रमुख भूमिका हुने बताएका छन् । ओलीलाई भेट्न हिजो बिहीबार दिउँसो दुई बजे बालकोटस्थित निवासमा सुमारसहितको प्रतिनिधिमण्डल पुगेको  थियो । 

    सुमारसहितको प्रतिनिधिमण्डलसँगको भेटवार्तामा अध्यक्ष ओली, स्थायी कमिटी सदस्य विष्णु रिमाल, विदेश विभाग प्रमुख राजन भट्टराई, प्रचार विभाग उपप्रमुख सूर्य थापा सहभागी  थिए । 

    करिब ५५ अर्ब रुपैयाँको सहयोगमा नेपालमा विद्युतीय प्रसारण लाइन र सडक निर्माणका लागि एमसीसीले सहयोग गर्न खोजेको छ । 

    उक्त विषय अहिले मुलुकको प्रतिष्ठामा खलल पुग्ने दावी गर्दै विवादित बनेको छ । त्यसका लागि संसदबाट अनुमोदन हुनुपर्नेमा राजनीतिक मतभेदका कारण हालसम्म संसदबाट अनुमोदन हुन सकेको छैन ।

    यस्तै, शुक्रबार बिहान सुमारको टोलीले खुमलटार पुगेर प्रचण्डसँग भेटवार्ता गरेको हो । एक घण्टा लामो भेटवार्तामा प्रचण्डको सचिवालयका प्रतिनिधि र एमसीसीका प्रतिनिधि सहभागी थिए । जन मानसमा नेताहरुलाई भेट्दैमा के एमसीसी पास हुन्छ भन्ने संसय पैदा भएको छ । 


    प्रचण्डसँग भेटेर उनले एमसीसी पारित हुन वातावरण बनाउन आग्रह गरिएपनि प्रमुख दलहरुका नेतृत्वबीच नै विवादले तीव्र रुप लिएको छ । 
    सुमारले नेकपा एसका अध्यक्ष माधव कुमार नेपालसँग पनि भेट गरेकी थिइन् । 

    यस्तै, आजै उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत भेट्ने कार्यक्रम छ । 

    संसद्मबाट एमसीसी पास गर्ने वा नगर्ने बहस चलिरहेको छ । तर, उपाध्यक्ष सुमारको टोली  चारदिने भ्रमणमा नेपाल आएकी छन् । के उनी रित्तै फर्केलान् ? वा आफ्नो एजेण्डा पुरा गर्लिन ? मूख्य विषय यो । 
    प्रधानमन्त्री देउवासँगै जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भटटराई, अर्थमन्त्री जनार्दन शर्मालगायतका नेताहरुसँग भेटवार्ता गर्ने कार्यसूची छ। 

    पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्य : नेताको असली अनुहार चिनाउने टिप्पणी

    एमसीसीको सन्दर्भमा कडा टिप्पणी उठाउँदै आएका पूवाधार विज्ञ समेत रहेका डा. सूर्यराज आचार्यले अब एमसिसी घटना र मुद्धाले नेताको असली अनुहार चिनाउने टिप्पणी गरेका छन् ।  उनले आफ्नो सामाजिक सञ्जालमाफर्त ट्वीट गर्दै यस्तो बताएका हुन् । उनले भने, मुलुकले नयाँ संस्कार र शैलीको राजनीति खोजेको छ।

    यस्तो राजनीति  पुराना दल भित्रकै नयाँ सोचका नेता या वैकल्पिक र नयाँ राजनीतिक दलका नेताले गर्न सक्ने डा। आचार्यले औंल्याएका छन् । 

    यस्ता नेताहरू को को होलान भनेर पहिचान गर्ने यौटा लिटमस टेस्ट विवादित एमसिसीको एजेन्डा  भएको उनको टिप्पणी छ । जसको घटना र मुद्दाले नेताको असली रूप चिनाउँनेछ।


    पत्रकार कनकमणि दिक्षितः भूराजनीतिक स्वार्थलाई हानि गर्ने केही प्रावधान नभएको

    पक्कै पनि अमेरिकी रणनीति नेपालका लागि पूर्णतः ‘परोपकारी’ नभएकोतर्फ उनको संकेत छ । चीन र अमेरिकाबीचको आर्थिक र भूराजनीतिक रस्साकस्सीमा नेपालमा छिटा पर्न दिनुहुँदैन, दिक्षितले एक लेखमार्फत स्पष्ट पार्न खोजेका छन् ।  तर एमसिसीमा नेपालको आफ्नो भूराजनीतिक स्वार्थलाई हानि गर्ने केही प्रावधान नभएको ठोकुवा उनले गरे । 

    यसले नेपाललाई बलियो र समृद्ध बनाउन मात्र सहयोग गर्छ। कुनै कारण अमेरिकी रणनीतिक पूर्वाग्रह नेपालमा लाद्न खोजियो भने त्यसको खिलाफमा उभिने क्षमता नेपालीमा छ, उनको लेखमा छ । 

    एमाले नेता भीम रावल : जनतालाई झुक्याएर संसदबाट अनुमोदन गराउने षड्यन्त्र 

    नेकपा एमालेका नेता भीम रावलले अमेरिकी सहयोग परियोजना एमसिसी जनतालाई झुक्याएर संसदबाट अनुमोदन गराउने षड्यन्त्र भईरहेको टिप्पणी गरेका छन् । 

    उनले सामाजिक सञ्जालमा लेखेका छन्, मैले नेपाल सरकारले एमसीसीलाई र एमसीसीले अर्थमन्त्रीलाई पठाएका पत्रहरू पढियो। यी दुबै पत्रले नेपालको सार्वभौमिकता, स्वाधीनता, सुरक्षा, हित, संविधान र कानून विपरीत सम्झौतामा रहेका प्रावधानलाई संशोधन गर्दैन। 

    कुटनीतिज्ञ रमेशनाथ पाण्डे :अन्तर्राष्ट्रिय मामिलामा गम्भीर त्रुटि

    राजनीतिज्ञ तथा कुटनीतिमा दख्खल राख्ने रामेशनाथ पाण्डेले मुलुकले अन्तर्राष्ट्रिय मामिलामा गम्भीर त्रुटि गरिरहेको टिप्पणी गरेका छन् । ७४ वर्ष लामो दौत्य सम्बन्धमा पहिलोपटक अमेरिका विरोधी भावना प्रदर्शन हुनु नराम्रो भएको उनको टिप्पणी छ । 

     एमसिसी  सम्बोधन र सञ्चालनमा नेपालले गरेका त्रुटिहरूको दुस्परिणाम भएको बताउँदै मुलुकका प्रमुख राजनीतिक दलहरु गलत दिशातिर लागेको उनको संकेत छ । 

    नेपालजस्तो सामरिक संवेदनशीलता बढ्दै गएको देशले अन्तर्राष्ट्रिय मामिलामा गम्भीर त्रुटि गरिरहेको उनले सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै  सचेत रहनुपर्ने संकेत गरेका छन् । 

    साताको लोकप्रीय