भाइबरद्वारा भाइबर लेन्सहरूको सुरुवात : अब भाइबर प्लेटफर्ममा एआर लेन्सहरू सुचारु हुने

 भाइबरद्वारा भाइबर लेन्सहरूको सुरुवात : अब भाइबर प्लेटफर्ममा एआर लेन्सहरू सुचारु हुने

अर्थ डबली
शुक्रवार, भदौ २५ २०७८
अर्थ डबली
शुक्रवार, भदौ २५ २०७८ (अर्काइभ बाट)
  •  भाइबरद्वारा भाइबर लेन्सहरूको सुरुवात : अब भाइबर प्लेटफर्ममा एआर लेन्सहरू सुचारु हुने

    काठमाडौँ / निःशुल्क र सहज सञ्चार आदान प्रदानको लागि विश्वकै अग्रणी एपहरू मध्येको एक भाइबरले आफ्नो म्यासेजिङ प्लेटफर्ममा लेन्स फिचरको सुरुवात गरेको छ । 

    images
    images

    भाइबरले भाद्र २४ गते सम्पन्न एक भव्य भर्चुअल समारोहसँगै नेपालमा रहेका आफ्ना सबै प्रयोगकर्ताहरूका निम्ति बहुप्रतिक्षित भाइबर लेन्स फिचर आफ्नो मेसेजिङ प्लेटफर्ममा सुरुवात गरेको हो । 

    यो फिचर नेपाल, भियतनाम र फिलिपिन्ससहित एपिएसि क्षेत्रमा पहिलो पटक सुरुवात गरिएको हो । भाइबर लेन्स फिचर स्न्याप आइएनसीको सहकार्य तथा स्न्यापको क्यामेरा किट, क्रियटिभ किट र अनुकुलन–योग्य बिटमोजीलाई भाइबर एपमा एकीकरण गरि तयार गरिएको छ । 

    यस फिचरबाट प्रयोगकर्ताहरूले एआरद्वारा पावर गरिएको फोटो र भिडियो मेसेजहरूमार्फत रमाइलो र अन्तक्रियात्मक संवादहरू गर्न सक्नेछन् । 

    प्रवर्तन समारोहमा भाइबरका २० विभिन्न लेन्सहरु समावेश छन् जसमा गायक तथा गीतकार स्वप्न सुमन र कोकाकोलाका लेन्सहरू समावेश गरिएका छन् । 

    कम्पनीले कम्तिमा पनि २० ओटा लेन्सहरु हरेक महिना थप गर्दै लैजाने योजना रहेको घोषणा गरेको छ र व्यापारिक संस्थानहरुले भाइबरमा आफ्ना मौलिक लेन्सहरु समेत सिर्जना गर्ने अवसर प्राप्त गर्ने छन् । नेपालमा भाइबर लेन्सहरु iOS (Viber version 15.5.5 देखि माथिका) मा र Android (Viber version 15.8.0.15 देखि माथिका) मा उपलब्ध छन् । लोकल लेन्सहरु Viber version 16.0 बाट शुरु भएर माथि सबैमा उपलब्ध छन् ।

    स्वप्न सुमन, जो भाइबरसँग पहिले पनि काम गरिसकेका छन्, वहाँ अब आफ्नो नयाँ म्यूजिकल लेन्स नेपाली बजारको लागी विशेष रूपमा शुरू गर्नको लागि पनि निकै उत्साहित छन् । “भाइबरसँग मेरो यो तेस्रो ठूलो सहकार्य हो र मेरा फ्यानहरुको लागि यो फिचर भाइबरमा ल्याउन पाउँदा म अत्यन्त उत्साहित छु । वहाँहरुले मेरो भाइबर लेन्सलाई पनि हालै ल्याइएको मेरो अडियो स्टिकर प्याकलाई झैं मन पराइदिनु हुनेछ भन्नेमा निश्चिन्त छु ।” भाइबरले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    नयाँ भाइबर फिचरमा इन्सटेन्ट अग्मेन्टेद रियालिटी (एआर) समावेश गरिएको छ जसले वास्तविक वातावरणको अझ बढी अन्तरक्रियात्मक अनुभव आफ्नै औलामा प्रदान गर्दछ । 

    सँगसँगै ध्यान आकृष्ट गर्ने फिल्टरहरु, रमाइला मास्कहरु, सौन्दर्ययुक्त फिचरहरु र अनुकुलन–योग्य बिटमोजी क्यारेक्टरहरु हुनेछन् । भाइबर प्रयोगकर्ताहरुले क्यामरा आइकन ट्याप गरि सहजै आफ्ना फोटो तथा भिडियोहरुमा भएका लेन्सहरु प्रयोग गरि यी फिचरहरु प्रयोग गर्न सक्नु हुनेछ ।

    भाइबरमा आफ्नै लोकल लेन्स सुरुवात गर्न गइरहेको नेपाल र भुटानका लागि कोकाकोलाकाको देश निर्देशक, आदर्श अवस्थीले भनेका छन्, “कोकाकोला र भाइबरले हात मिलाएर अद्वितीय, रमाईलो र प्रासंगिक लेन्सहरु ल्याउँदै छन् जसले कोकाकोलाले झैं भाइबर प्रयोगकर्ताहरुको लागि उत्साह ल्याउने छ र सबैको कुराकानी ताजा गर्नेछ ।”

    “भाइबरका लागि नेपाल एक महत्वपूर्ण बजार हो”, APACका लागि भाइबरका वरिष्ठ निर्देशक डेविड त्सेले भने, “हामीले नेपालमा धेरै सहकार्यहरु गरेका छौँ र अरु धेरै नविन फिचरहरु ल्याएर भाइबरलाई अझ धेरै रमाइलो र नेपाली प्रयोगकर्ताहरुका लागि उपयोगी बनाउन हामी उत्सुक छौँ । यो फिचर हाम्रा नेपाली प्रयोगकर्ताहरुका हरेक दिनको च्याट र सम्पर्कलाई विशेष बनाउनका लागि थप गरिएको हो ।”

    साताको लोकप्रीय