एमसीसी संसदबाट पारित हुँदैन, नेताको सम्पत्ति पनि छानबिन हुनुपर्छ : अध्यक्ष लोहनी

एमसीसी संसदबाट पारित हुँदैन, नेताको सम्पत्ति पनि छानबिन हुनुपर्छ : अध्यक्ष लोहनी

अर्थ डबली
शुक्रवार, भदौ २५ २०७८
अर्थ डबली
शुक्रवार, भदौ २५ २०७८ (अर्काइभ बाट)
  • एमसीसी संसदबाट पारित हुँदैन, नेताको सम्पत्ति पनि छानबिन हुनुपर्छ : अध्यक्ष लोहनी

    काठमाडौँ / राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले यथास्थितिमा एमसीसी संसद्बाट पारित गर्न नहुने बताएका छन् । 

    images
    images

    उनले एमसीसी सम्झौतामा रहेका कतिपय प्रावधानबारे स्पष्ट हुनुपर्ने भएकाले नेपाल सरकारले ‘लेटर अफ एक्सचेन्ज’ गर्नुपर्ने पनि सुझाव दिएका छन् । 

    राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एमसीसीको बारेमा स्पष्ट हुनको लागि प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुसँग छलफल गर्नुपर्ने पनि बताए । 

    उनले भने, “एमसीसीमा भएका कतिपय अस्पष्ट बुँदाको बारेमा नेपालका सबै दलहरुबीच सरसल्ला गरेर साझा निष्कर्षमा पुग्नुपर्छ । यसको लागि नेपाल सरकार खासगरी प्रधानमन्त्रीले पहल लिनुपर्छ ।”

    क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले अहिले नेपालको संसद्ले एमसीसी पारित गर्यो भने भोलि यस्तैखाले सम्झौता भारत र चीनले पनि संसद्बाट पारित गर्नुपर्छ भन्यो भने के हुन्छ ? भन्दै प्रश्न गरे । 

    उनले भने, “चीन उदाउँदो महाशक्ति हो, उता अमेरिका स्थापित महाशक्ति हो । अहिले दुई देशबीच तनाव बढेर गएको छ । त्यो तनावको भूमरीमा नेपाल नपरोस भनेर नेपाल सतर्क हुनुपर्छ । संसद्ले एमसीसी पारित गर्यो भने भारतले पनि भोलि यस्तैखाले विकास सम्झौता संसद्बाट पारित गर्नुपर्छ भन्यो र चीनले पनि भन्यो भने के गर्नुहुन्छ ?”

    उनले नेपाल शक्ति राष्ट्रहरुको बीचमा रहेकोले विशेष सावधानी अपनाएर अघि बढ्नुपर्ने धारणा राखे । उनले भने, “भारत, चीन र अमेरिका तीनवटै राष्ट्र हाम्रा मित्रहरु छन् । एउटासित सम्झौता गर्दा अर्कोले भन्ने ठाउँ नहोस् । 

    अहिले एमसीसी सम्झौता परिवर्तन हुँदै भनेर अमेरिकी मन्त्रीले भनेको कुरा पनि हामीले सुनेका छौं, बास्तवमा ठूलो राष्ट्रले सम्झौता परिवर्तन गर्दैन् । नेपालले पनि अखबारबाट वार्ता गर्नुहुँदैन। अखबारबाट त पोजिसन राख्ने हो । सम्झौतामा भएका कतिपय नमिल्दा कुरा हटाउनुपर्छ । यो काम गर्नको लागि म नेपाल सरकारलाई आग्रह गर्न चाहन्छु कि लेटर अफ एक्स्चेन्ज होस । एमसीसी यथास्थितिमा पािरत गर्न हुँदैन् । परिमार्जन गर्नुपर्छ ।”

    उनले अमेरिका भूगोलले टाढा भए पनि नेपाल र अमेरिकाबीच नजिकको सम्बन्ध रहेको सुनाए । उनले भने, “भूगोलको हिसाबले हामी टाढा छौं, तर हामी धेरै कुराले अमेरिकासँग नजिक छौं । नेपाललाई संयुक्त राष्ट्रसंघमा सदस्यता दिलाउन अमेरिकाको योगदान थियो ।

    पश्चिमा देशहरुसँगको सम्बन्धको कुरा गर्दा बेलायतपछि नेपालको अमेरिकासँग पूरानो सम्बन्ध छ । अमेरिकाले धेरै सहयोग गरेको छ । ७० वर्षको यो कुटनीतिक सम्बन्धमा अमेरिकाले नेपालको विकासमा धेरै सहयोग गरेको छ । साँढे ५ लाख नेपाली अमेरिकामा छन् । 

    एक किसिमले हाम्रो सम्बन्ध नजिक र मित्रतापूर्वक छ । अमेरिकाले एमसीसीमार्फत नेपालको विकास गर्न विजुली र सडकको लागि ५५ अर्ब दिने भनेको छ । नेपालले धेरै देशसँग अनुदान लिएको छ । तर, एमसीसी सम्झौतालाई लिएर नेपालीमा प्रश्न उठेको छ, अनुदानका शर्तहरु जुन छ, सम्झौताको बारेमा प्रश्न उठेको छ । अनुदानको बारेमा भन्दापनि अनुदानमा रहेका शर्तको बारेमा जनतामा प्रश्न उब्जिएको छ ।”

    सम्झौताको कार्यान्वयनको क्रममा अमेरिकाको वर्तमान कानून र भविष्यमा बन्ने अमेरिकाको कानून पनि लागु हुनेछ भनिएकोमा उनले आपत्ति जनाए । उनले भने,‘वर्तमान अमेरिकी कानून भन्नु त ठिकै हो । तर, भविष्यमा बन्ने कानून पनि लागु हुनेछ भन्ने त अनौठो प्रावधान हो । 

    भविष्यमा के कानून बन्छ ? त्यसको कसले जिम्मा लिन सक्छ ? यस्ता बुँदाको बारेमा नेपालका सबै दलहरु जो संसद्मा प्रतिनिधित्व गर्छन्, उनीहरुबीच सरसल्ला गरेर साझा निष्कर्षमा पुग्नुपर्छ ।"

    त्यस्तै, एमसीसी नेपालले काम गर्दा पनि एमसीसीको स्वीकृति लिनुपर्ने प्रावधान राखिएको पनि उनले सुनाए । उनले भने, “यसमा नेपाल सरकार कहाँ आयो त ? कहाँ छ त ? प्रश्न गर्नुपर्छ । थुप्रै दफा छन्, कामदार घाईते भए मुद्दा नलाग्ने । कतिपय दफाहरु यस्ता पनि छन्, जसले आँखा विजाउँछ । ठूलो राष्ट्रसँगको सम्बन्धको कुरा हो । प्रधानमन्त्रीले हतार गर्नुहुँदैन् । संसद्मा भएका दलका सबै नेताहरु एकपटक बसेर स्पष्ट गर्नुपर्छ । लेटेर अफ एक्स्चेन्जबाट अमिल्दा कुरा सच्याउनुपर्छ । अमेरिकी मित्रहरुबाट पनि एमसीसी सम्झौताको अमिल्दा कुरामा प्रष्टता आउन जरुरी छ । त्यति काम उहाँहरुले गर्नुपर्छ ।” उनले नेपालले शान्त कुटनीति अपनाएर अमेरिकाको पनि विश्वास लिएर एमसीसी सम्झौता परिमार्जन गर्नुपर्ने धारणा राखेका छन् । 

    त्यस्तै, उनले आफ्नो पार्टी अब महाधिवेशनको तयारीमा जुटेको पनि सुनाए । उनले भने, “हाम्रो पार्टी अब महाधिवेशनको तयारीमा जुटेको छ, आगामी कार्तिक २७, २८, २९ र ३० गते हुने महाधिवेशनको लागि अहिले सक्रिय सदस्यता वितरण कार्य व्यापक भैरहेको छ । राप्रपाको एजेण्डा र दृष्टिकोण के छ भने पार्टीलाई एकताबद्ध र शशक्त पार्टीको रुपमा ल्याउने हो । र, नेपालको राजनीतिमा एउटा सन्तुलन गर्ने हाम्रो प्रतिबद्धता छ । राप्रपालाई हामी जनताको लागि विकल्पको रुपमा स्थापित गर्न प्रतिबद्ध भएर मिलेर लागेका छौं ।”

    आफूहरुले मुलुकमा संवैधानिक राजसंस्था आवश्यकत्ता रहेको कुरा उठाउँदै आएको पनि लोहनीले सुनाए । उनले भने, “संवैधानिक राजसंस्थाले मुलुकको एकता बनाउन बल पुर्याउँछ । संवैधानिक राजसंस्थाको उपस्थिति मात्रै भयो भने पनि त्यो नैतिक शक्ति हुन्छ । त्यसले मुलुकमा स्थिरता, प्रजातन्त्र र स्थायित्व बढाउन मद्दत गर्छ । अर्को एजेण्डा भनेको हिन्दू पहिचान हो । नेपाल वैदिनक सनातन धर्म । धर्मनिरपेक्षताको नाममा अहिले ठाउँ ठाउँमा धर्म परिवर्तन भएको छ । तर, त्यसमा नेपाल सरकार मुकदर्शक भएको छ । सरकारले कुनै हस्तक्षेप गरेको छैन् । हिन्दूराष्ट्र नेपालको पहिचान हो ।”

    उनले नेपालको अहिलेको आर्थिक मोडेलपनि सही नभएको टिप्पणी गरे । उनले भने, “यो मोडेलले नेपालको विकास हुँदैन् । मुलुकमा व्याप्त भ्रष्टाचार हटाउनुपर्छ । यसको लागि बरु नागरिक आयोग गठन गर्नुपर्छ । नेताको सम्पत्ति सार्वजनिक गर्नुपर्छ । राजनीतिलाई व्यापार बनाउने काम भएको छ । राजनीतिलाई मागी खाने भाँडो बनाउनुहुँदैन ।” 

    साताको लोकप्रीय