Logo
बिहिवार, कार्तिक ४ गते २०७८
images
कार्तिक ४ गते २०७८
images
images

सरकारका पदमा रहेकाहरु पद बाहिर पुगेपछि दाताकै जागिरे बन्ने प्रबृत्ति नै हाम्रो विकासको  बाधक – डा. सूर्यराज आचार्य


२०७८ भाद्र, २६ शनिवार
  • 885
    SHARES

  • सरकारका पदमा रहेकाहरु पद बाहिर पुगेपछि दाताकै जागिरे बन्ने प्रबृत्ति नै हाम्रो विकासको  बाधक – डा. सूर्यराज आचार्य

    काठमाडौं / अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष फातिमा सुमारको टोली नेपालमा नेताहरुको घरदैलो गर्दै हिडिँरहेकी छन् । उनले उक्त प्रोजेक्टप्रति समर्थन जुटाउने वातावरण बनाउन हिडिरहेको बेला आम जनतामा भने नकारात्मक धारणा बढ्दै गएको छ । 

    images

    पुर्वाधारविज्ञ डा. सूर्यराज आचार्यले आयोजना कार्यान्वयनको हाम्रो शैलीमा नै समस्या रहेको टिप्पणी गरेका छन् । एमसीसी विना संसोधन पास गर्न नहुने धारणा अघि सार्दै आएका डा. आचार्यले योजना आयोगका पदाधिकारी र कर्मचारीहरूलाई यो समस्याको समाधानमा खासै रूची नभएको टिप्पणी गरेका छन् । 

    बरू यही निहुँमा दातालाई स्वेच्छाचारी हिसाबले नीतिगत तहमा हस्तक्षेप गर्न दिएको उनको आरोप छ । 

    नेपालका नेपालका उच्चपदस्थ कर्मचारीहरु र योजना आयोगका पदाधिकारीहरू सरकारी पद बाहिर पुगेपछि दाताकै जागिरे बन्ने प्रबृत्ति नै हाम्रो विकासको  बाधक बनेको उनको कडा टिप्पणी छ । नेपालका धेरै कर्मचारीहरु आफ्नो रिटायर्ड लाईफपछि कुन दाताकोमा जागिर खाने भन्ने मनोचिन्तनले सेवा कार्यकालमै पनि प्रभाव देखिने गरेको उदाहरण पाईन्छ । 

    दुईदिन अघि विहीबार विहान एमसीसीका उपाध्यक्ष सुमार सहितको टोलीले पूर्वप्रधानमन्त्री केपी ओलीसहित माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्ड, प्रधानमन्त्री शेर बहादुर देउवालगायत प्रमुख अन्य नेताहरुसँग पनि भेटवार्ता गरिसकेका छन् । 

    एमसीसीको सन्दर्भमा कडा टिप्पणी उठाउँदै आएका  डा. आचार्यले अब एमसिसी घटना र मुद्धाले नेताको असली अनुहार चिनाउने टिप्पणी यस अघि नै गरिसकेका थिए ।  मुलुकले नयाँ संस्कार र शैलीको राजनीति खोजेको उनले विषय उठाउँदै आएका छन् । 

    *सम्पादन गरिएको 

    यो पनि पढ्नुहोस

    images
    images

    सम्बन्धित समाचार

    images
    images
    images

    ताजा अपडेट

    images
    images
    images
    images
    images

    धेरै पढिएको

    images