सूर्यराज आचार्यको प्रश्नः सुसाशन, विकास, सामाजिक न्याय सुनिश्चित हुने अबको राजनीति कसरी फरक ?

सूर्यराज आचार्यको प्रश्नः सुसाशन, विकास, सामाजिक न्याय सुनिश्चित हुने अबको राजनीति कसरी फरक ?

अर्थ डबली
शुक्रवार, माघ ९ २०७७
अर्थ डबली
शुक्रवार, माघ ९ २०७७ (अर्काइभ बाट)
  • सूर्यराज आचार्यको प्रश्नः सुसाशन, विकास, सामाजिक न्याय सुनिश्चित हुने अबको राजनीति कसरी फरक ?

    काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि सत्तापक्षकै एक समुह प्रचण्ड – नेपाल लगायत मुलुकका राजनीतिक दलहरु आन्दोलनमा छन् । 

    images
    images

    प्रतिनिधि सभा विघटनको विरोधमा देशभर विभिन्न सभा समारोह तथा कार्यक्रमहरु आयोजना भएका छन् । आजै शुक्रबार मात्रै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले राजधानी काठमाडौंमा किरब १ लाख कार्यकर्ता उतार्ने उद्घोष गरेको छ । 

    पूर्वाधार विज्ञ तथा लेखक सूर्यराज आचार्यले भने सुसाशन, विकास, रोजगारी र सामाजिक न्याय सुनिश्चित हुने गरी अबको राजनीति कसरी फरक छ भनेर प्रश्न गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल मार्फत टिप्पणी गर्दै व्यङ्गात्मक रुपमा प्रमुख दलका नेतृत्वतर्फ यस्तो संकेत गरेका हुन् । 

    यिनै दलहरु र नेतृत्वका कारण नेपाली जनता हिजोदेखि नै भुक्तभोगी भएको संकेत गर्दै उहि पात्रहरु, उहि नेतृत्व प्रवृत्तिले कसरी आम जनताको सम्बोधन गर्न सक्छ ? भन्ने प्रश्नतर्फ आचार्यले संकेत गरेका छन् । विशेष गरी मुलुकको समृद्धि विकासका लागि पूर्वाधार क्षेत्रमा विज्ञताको रुपमा दख्खल राख्ने आचार्यले मुलुकको समृद्धिका लागि यस्तो प्रवृतिको राजनीतिले कति फरक पार्न सक्छ भन्दै पेचिलो प्रश्न राखेका छन् । 

    ट्वीटर मार्फत उनले भनेका छन्, राजनीतिको मूल सुत्र भनेको जनताको भावना पकड्नु हो।’ तरअहिलेको राजनीतिक रडाकोमा नेताहरू बिच गाईजात्रे गाली–गलौच ले आ–आफ्ना कार्यकर्तालाई मनोरञ्जन मात्र दिईरहेको उल्लेख गरेका छन् । जसमा आमजनताको रूची नभएको आचार्यको जिकिर छ । 

     मुलुकको विकासका लागि खास ठोस विषयबस्तु पस्कन नसकेको मात्रै गाइजात्रे मनोरञ्जन मात्र गरेको उनले बताएका छन् । 

    surya raj aacharya.JPG

    साताको लोकप्रीय