‘एमसिसी सम्झौताप्रति कांग्रेस सकारात्मक'

‘एमसिसी सम्झौताप्रति कांग्रेस सकारात्मक'

अर्थ डबली
आइतवार, बैशाख ५ २०७८
अर्थ डबली
आइतवार, बैशाख ५ २०७८ (अर्काइभ बाट)
  • ‘एमसिसी सम्झौताप्रति कांग्रेस सकारात्मक'

    काठमाडौँ /नेपाली कांग्रेसका केन्द्रीय सदस्य  डा डिला सङ्ग्रौलाले आफ्नो पार्टी मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसिसी) सम्झौताप्रति सरकारात्मक भएको जानकारी दिएका छन् ।  

    images
    images

    नेपाल प्रेस युनियन बागलुङद्वारा आज आयोजित पत्रकार भेटघाटमा उनले बर्तमान सरकारले एमसिसी सम्झौतालाई सदनबाट अनुमोदन गर्न आवश्यक प्रक्रिया अगाडि बढाउनुपर्ने र त्यसमा कांग्रेसको साथ रहने जानकारी दिए । “एमसिसीप्रति कांग्रेस सकारात्मक छ । विकास र समृद्धिका लागि कांग्रेस बाधक छैन ।” उनले भने । 

    उनले बर्तमान सरकारले गरेका सबै काम अलोकतान्त्रिक र असंवैधानिक भएको आरोप लगाउँदै कांग्रेसको नेतृत्वमा अबको सरकार बन्ने विश्वास व्यक्त गरे । उनले भने,“ गण्डकी प्रदेशसमेतमा कांग्रेसको नेतृत्वमा सरकार बन्न लागेको छ । ” 

    कोरोना जोखिमसमेतमा सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको उनले बताए । 

    साताको लोकप्रीय