अर्थ सचिव र चेम्बर पदाधिकारीबीच छलफल : पुँजीगत खर्च बढाउनदेखि कृषिलाई प्रोत्साहन गर्न आग्रह 

अर्थ सचिव र चेम्बर पदाधिकारीबीच छलफल : पुँजीगत खर्च बढाउनदेखि कृषिलाई प्रोत्साहन गर्न आग्रह 

अर्थ डबली
बिहिवार, भदौ ३ २०७८
अर्थ डबली
बिहिवार, भदौ ३ २०७८ (अर्काइभ बाट)
  • अर्थ सचिव र चेम्बर पदाधिकारीबीच छलफल : पुँजीगत खर्च बढाउनदेखि कृषिलाई प्रोत्साहन गर्न आग्रह 

    काठमाडौँ / नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बजेटमा विनियोजन गरिएको पुँजीगत खर्च (विकास बजेट) समयमै खर्च हुन नसक्दा बजारमा तरलता अभाव हुने गरेको बताएका छन् । 

    images
    images

    नेपाल चेम्वर अफ कमर्सका पदाधिकारी तथा कार्य समिति सदस्य र अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीबीच आज भएको छलफलमा अध्यक्ष मल्ले यस्तो बताएका हुन् । 

    छलफलमा उनले आर्थिक बर्ष २०७७/७८ मा भएको पुँजीगत खर्च पनि विगत सरहनै न्यून रहेकोले आर्थिक वर्ष २०७८/७९को बजेटमा विनियोजन गरिएको पुँजीगत खर्च समयबद्ध तालिका अनुसार खर्च गरिनुपर्नेमा जोड दिए । 

    प्रत्येक त्रैमासिकमा यसको प्रभावकारी अनुगमन गरिनुपर्ने नेपाल चेम्बर अफ कमर्सको धारणा रहेको उनले बताए । त्यस्तै कृषि क्षेत्रलाई प्रोत्साहन दिन कृषिमा यान्त्रीकरण, वैज्ञानिकीकरण एवम व्यवसायीकरण हुनु पर्ने र कृषि उत्पादन ढुवानीको लागि भन्सार सहुलियतमा गाडीको सुबिधा उपलब्ध हुन सकेमा ढुवानी लागतमा कमी भइ आन्तरिक तथा वाह्य व्यवसाय वृद्धि हुन जाने र कृषकहरुको उत्पादन बजारीकरण सुव्यवस्थित हुने उनको भनाई छ । 

    सो अवसरमा अध्यक्ष मल्लले बीमा व्यवसायलाई सरलीकृत गर्न साबिकक व्यवस्था अनुसार नै चेक भुक्तानीलाई मान्यता दिनुपर्ने सुझाव राखेका छन् । उनले प्रिमियम वापत चेकबाट भएको भुक्तानीलाई मान्यता दिदै आएकोमा हाल चेकबाट नगद जम्मा भएपछि मात्र मान्यता दिने व्यवस्था गरेकोले यसबाट व्यवसायमा सहजीकरण नहुने भएकोले साबिक व्यवस्था गर्न अनुरोध गरेका हुन् । 

    त्यस्तै उनले राजश्व परामर्श समितिमा निजी क्षेत्रको प्रतिनिधित्वको लागि पनि आग्रह गर्दै रुग्ण उद्योगलाई सहुलियत बैंक ब्याजदर, कृषि उपजको बजार सुरक्षण तथा महङ्गी नियन्त्रणका लागि २ वर्षको लागि कृषि उत्पादनको बाइ व्याक अन्तरगत बफर स्टक राख्ने, निर्यातलाई प्रोत्साहन दिन निर्यात अनुदानको व्यवस्था गर्नुपर्ने धारणा राखेका छन् । 

    साथै विदेशमा रोजगारी गुमाएकालाई स्वदेशमै रोजगारी, लगानीको स्रोतको वैधतामा सरलीकरण, विदेशी लगानी, रेमिट्यान्सलाई उत्पादनशील क्षेत्रमा प्रवाह, घर जग्गा खरिद बिक्रीमा ब्रोकर लाइसेन्सको व्यवस्था गर्न पनि उनको आग्रह छ । 

    अर्थ मन्त्रालयका सचिव मधु कुमार मरासिनीले उक्त अवसरमा चेम्वरबाट प्रस्तुत बिषयहरुलाइ सकारात्मक रुपमा लिएको र आम नागरिक, व्यवसायी र सरकारलाइ हित हुने गरी व्यवसाय सञ्चालनमा जोड दिए । 

    व्यवसायीहरुको आत्म बिश्वास वढाउन सरकार कटिवद्ध रहेको बताए । सो अवसरमा चेम्वरका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल उपाध्यक्ष दीपक मल्होत्रा, दीपक श्रेष्ठ, उर्मिला श्रेष्ठ तथा चेम्वर कार्य समिति सदस्य तथा राजश्व समितिका सभापति पर्शुराम दाहाल तथा वाणिज्य तथा व्यापार सहजीकरण समितिका सभापति निरज राई र कार्य समिति सदस्य सुवास संघाइकोे पनि उपस्थिति रहेको थियो ।

    साताको लोकप्रीय