माछापुच्छ्रे बैंकमा डिम्याट खाता खोल्दै हुनुहुन्छ ? अब अनलाइनबाटै यसरी खोल्नुस् 

माछापुच्छ्रे बैंकमा डिम्याट खाता खोल्दै हुनुहुन्छ ? अब अनलाइनबाटै यसरी खोल्नुस् 

अर्थ डबली
आइतवार, भदौ २७ २०७८
अर्थ डबली
आइतवार, भदौ २७ २०७८ (अर्काइभ बाट)
  • माछापुच्छ्रे बैंकमा डिम्याट खाता खोल्दै हुनुहुन्छ ? अब अनलाइनबाटै यसरी खोल्नुस् 

    काठमाडौँ / अब माछापुच्छ्रे बैंक लिमिटेडमा अनलाइनबाटै डिम्याट खाता खोल्न सकिने भएको छ । बैंकले ग्राहकहरूको सेवा सुविधालाई मध्यनजर गर्दै अनलाइनबाटै डिम्याट खाता खोल्न सकिने सुविधा सञ्चालनमा ल्याएको हो ।

    images
    images
    images

    लामो समयदेखि डिम्याट लगायत सेयर आवेदन सम्बन्धि सम्पूर्ण सुविधा प्रदान गर्दै आएको माछापुच्छ्रे बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै ग्राहकले जुनसुकै स्थानबाट बैंक नै नगई आवेदन दिन मिल्ने गरी अनलाईनबाट डिम्याट खाता खोल्ने सुविधा ल्याएको हो ।

    ग्राहकले अनलाइर्नमार्फत डिम्याट खाता खोल्न बैंकको वेवसाईटमा रहेको apply now section मा गई वा सिधै https://www.machbank.com/demat/ लिंक प्रयोग गरेर सहजै अनलाईनबाट डिम्याट खाता खोल्न सक्नेछन् । 

    साथै सो बैंकमा खाता हुने ग्राहक महानुभावहरुले बैंकमा नगई सिधै डिम्याट खाता नम्बर प्राप्त गर्न सक्नेछन् भने माछापुच्छ्रे बैंक बाहेक अन्य बैंकमा बैंक खाता रहेका ग्राहकहरुले अनलाईन मार्फत डिम्याट खाता खोल्ने प्रकृया पूरा गरीसकेपछि एकपटक आफूलाई पायक पर्ने माछापुच्छ्रे बैंकको शाखा कार्यालयमा गई परिचय खुल्ने कागजात सहित स्वयं उपस्थित भएपश्चात डिम्याट खाता नम्बर प्राप्त गर्न सक्नेछन् । 

    कोरोना माहमारीको जोखिम कायमै रहिरहेको समयमा, कोरोना संक्रमणबाट बच्न र यसलाई समुदायमा फैलिन नदिन साथै देशका जुनसुकै स्थानबाट समेत सजिल्यै डिम्याट खाता खोली सेयर कारोबार गर्न सहज होस् भन्ने उद्देश्यका साथ बैंकले उक्त सेवा सञ्चालनमा ल्याएको हो । 

    स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंकले हालै मात्र नेपाली कर्मशियल बैंकिङ्ग इतिहासमा पहिलोपटक आफ्नै मोवाईल वालेट रेमिट्याप संचालनमा ल्याएको छ भने अन्य डिजिटल सेवाहरु जस्तै मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईन मार्फत खाता एंव मुद्दती खाता खोल्ने लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहक माझ ल्याइसकेको छ ।  

     

    थप समाचारः नेप्सेमा उच्च अङ्कको बृद्धि, नौ कम्पनीको शेयरमा सर्किट, अन्य केके भए ? 

    धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से ७१.४३ अङ्कले बढेर दुई हजार ९४७.४२ मा पुगेको छ । 

     यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापक ‘सेन्सेटिभ इन्डेक्स’ १३.०३ बिन्दुले बढेर ५४८.२९ मा पुगेको छ । कूल २३१ कम्पनीको एक करोड ७१ लाख ३३३ कित्ता शेयर रु नौ  अर्ब ४४ करोड ३५ हजार २४४ मूल्यमा खरिद बिक्री भए । 

    कारोबार भएका १३ उपसमूहमध्ये आज सामूहिक लगानी कोषको मात्रै ०।०५ बिन्दुले ओरालो लागेको छ । बैंकिङ २४.२, व्यापार ४२, होटल तथा पर्यटन ७७.४८, विकास बैंक २७२.५२, जलविद्युत् २१३.५४, वित्त ११४.९७, निर्जीवनबीमा ४२४.७७, उत्पादन २९९.६९, अन्य १८.२२, लघुवित्त ११३.६५, जीवन बीमा २९७.७१ र लगानी २.३५ बिन्दुले उकालो लागेको छ ।
     
    कारोबारका आधारमा आज अरुण भ्याली हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ७३ करोड ७७ लाख आठ हजार ६८५ बराबरको कारोबार भयो ।

     युनाइटेड मोदी रु ४५ करोड ११ लाख १७ हजार २२९, अपि पावर कम्पनी रु ३१ करोड ५१ लाख ६४ हजार २३६, नेशनल हाइड्रोपावर रु २९ करोड ३४ लाख ७७ हजार २२३ र माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी रु २५ करोड ७२ लाख १३ हजार १७४ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । 

    नौ कम्पनीका शेयरमा सर्किट 

    नेप्सेका अनुसार आज विभिन्न नौ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यसमा नेशनल हाइड्रोपावर, राष्ट्रिय बीमा कम्पनी, फस्ट माइक्रोफाइनान्स, अपि पावर कम्पनी, अरुण काबेली पावर, छयाङदी हाइड्रोपावर, पाँचथर पावर कम्पनी, लिवर्टी इनर्जी कम्पनी, सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको शेयर १० प्रतिशतले वृद्धि भयो ।

    यस्तै, सिटजन म्युचुअल फण्ड ३.५८, रैराङ हाइड्रोपावर २.२४, एनआइसि एशिया ग्रोथ फण्ड २.०५, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम १.९६, एनआइसि एशिया फण्डका लगानीकर्ताले १।९५ प्रतिशतले गुमाए । आजको कारोबारपछि बजार पूँजीकरण रु ४१ खर्ब २४ अर्ब ८९ करोड ४६ लाख ४२ हजार ८५८ बराबर पुगेको छ ।

    साताको लोकप्रीय