नेपाल ल्यूब आयलको साधारणसभा प्रयोजनार्थ बुक क्लोज, लाभांश प्रस्ताव स्वीकृत गर्ने

नेपाल ल्यूब आयलको साधारणसभा प्रयोजनार्थ बुक क्लोज, लाभांश प्रस्ताव स्वीकृत गर्ने

अर्थ डबली
आइतवार, भाद्र २७ २०७८
अर्थ डबली
आइतवार, भाद्र २७ २०७८ (अर्काइभ बाट)
  • नेपाल ल्यूब आयलको साधारणसभा प्रयोजनार्थ बुक क्लोज, लाभांश प्रस्ताव स्वीकृत गर्ने

    काठमाडौँ / नेपाल ल्यूब आयलले ३० औँ बार्षिक साधारण सभा असोज १८ गते आयोजना गर्ने भएको छ । कम्पनीले संस्थाको कार्यालय झम्सिखेल, ललितपुरबाट भर्चुअल माध्यम जुम एपबाट बिहान साढे ११ बजेका लागि सभा बोलाएको हो ।

    images
    images

    कम्पनीको भदौ २५ गते बसेको सञ्चालक समितिको ३५८ औँ बैठकले साधारण सभा प्रयोजनका लागि असोज ५ गतेदेखि असोज १८ गतेसम्म शेयर दाखिला खारेज (बुक क्लोज) गर्ने भएको छ । 

    उक्त साधारण सभाले आर्थिक बर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गर्नेछ भने सोही आ.व.को लेखा परीक्षकको प्रतिवेदन, २०७८ असार मसान्तको वासलात र आय विवरण र सोही अवधिको नगद प्रवाह विवरण छलफल गर पारित गर्नेछ । 

    त्यस्तै, कम्पनीले सञ्चालक समितिको सिफारिस बमोजिम आर्थिक बर्ष २०७७/०७८ को मुनाफाबाट शेयरधनीहरूलाई ३० प्रतिशत बोन शेयर र ५ प्रतिशत नगद लाभांश वितरणको निमित्त स्वीकृत गर्ने भएको छ ।

    यसैगरी आर्थिक बर्ष २०७८/७९ को कारोबार हिसाब लेखा परीक्षण गर्नका निमित्त लेखा परीक्षकको नियुक्ति तथा निजका पारिश्रमिक निर्धारण गर्ने कार्य पनि सभाले गर्नेछ भने सर्वसाधारण शेयरधनीहरुको तर्फबा सञ्चालकहरू पनि नियुक्त गरिने कम्पनीले जनाएको छ । 

    साताको लोकप्रीय