यसरी कति दिन...? प्रतिनिधिसभा बैठक अवरुद्ध केही झलकहरु 

यसरी कति दिन...? प्रतिनिधिसभा बैठक अवरुद्ध केही झलकहरु 

अर्थ डबली
आइतवार, भदौ २७ २०७८
अर्थ डबली
आइतवार, भदौ २७ २०७८ (अर्काइभ बाट)
  • यसरी कति दिन...? प्रतिनिधिसभा बैठक अवरुद्ध केही झलकहरु 

    प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा  (एमाले) का  सांसद विरोध र नाराबाजी गर्दै  । तस्बिरः रत्न श्रेष्ठ रासस ]

    images
    images

    subas nembang.JPG

    थप समाचारः प्रतिनिधिसभा बैठक २९ गतेसम्म स्थगित, न्यूनतम् साझा समझदारी बनाउन सभामुखको आग्रह


    सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठक अवरोध नगर्न  र न्यूतनम् साझा समझदारी बनाउन प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुलाई आग्रह  गरेका थिए ।

    प्रतिनिधिसभाको आजको दोस्रो बैठक सुरु हुनेबित्तिकै एमालेका सांसदले नाराबाजी गर्दै बैठक अवरोध गरेको थियो । 

    samsad bhaban.JPG

    एमालेका सांसदहरुको लगातारको अवरोधपछि सभामुख सापकोटाले बैठक सहजरुपमा सञ्चालन गर्नका लागि पटकपटक आग्रह   गरेको थियो ।

     उनले वादविवाद छाडेर संवादका लागि वातावरण बनाउन सबैलाई आग्रह गरेका हुन् । 

    बैठकअघि सभामुख सापकोटाले एमाले प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र सांसद खगराज अधिकारीसँग बैठक सहजरुपमा सञ्चालनका लागि छलफल  गरेका थिए ।

     

    samsad abaruda.JPG

    छलफलमा सरकारका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए । 

    प्रतिनिधिसभाको अर्को बैठक यही भदौ २९ गते दिउँसो १ बजे बस्नेछ ।

    सभामुखको आह्वानमा भोलि सर्वदलीय बैठक

    सभामुख अग्निप्रसाद सापकोटाले संसद्को कामकारवाहीलाई प्रभावकारी रुपमा अगाडि बढाउन सर्वदलीय बैठक बोलाएका छन् । 

    सोमबार अपराह्न २ः३० बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा सर्वदलीय बैठक बोलाइएको सभामुख सापकोटाका सञ्चार विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।

    बैठकमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेतालाई बोलाइएको छ ।

    संसद्को चालू अधिवेशन सुरु भएदेखि नै प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को अवरोधका कारण संसद् बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन । आज पनि एमालेको अवरोधका कारण बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन् ।

    बैठकलाई पुनः सञ्चालन गर्न सभामुख सापकोटाले आजै एमाले प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र सांसद खगराज अधिकारीसँग छलफल गरे ।  छलफलले कुनै निष्कर्ष निकाल्न सकेन । 

    १५ मिनेट स्थगित भएर बैठक सुरु भए पनि एमालेको अवरोधका कारण अगाडि बढ्न सकेन । संसद् बैठक यही भदौ २९ गते सम्मका लागि स्थगित छ । 

    एमालेले आफ्नो पार्टीले कारवाही गरेका सांसदलाई संसद् बैठकमा सहभागी हुन दिएको भन्दै बैठक अवरोध गर्दै आएको छ । 

    साताको लोकप्रीय