माछापुच्छ्रे बैंक र सिप्रदी ट्रेडिङबीच सम्झौता, ग्राहकहरुले सहुलियत दरमा कर्जा पाउने

माछापुच्छ्रे बैंक र सिप्रदी ट्रेडिङबीच सम्झौता, ग्राहकहरुले सहुलियत दरमा कर्जा पाउने

अर्थ डबली
शुक्रवार, पुस २४ २०७७
अर्थ डबली
शुक्रवार, पुस २४ २०७७ (अर्काइभ बाट)
  • माछापुच्छ्रे बैंक र सिप्रदी ट्रेडिङबीच सम्झौता, ग्राहकहरुले सहुलियत दरमा कर्जा पाउने

    काठमाडौँ / माछापुच्छ्रे बैंक र सिप्रदी ट्रेडिङ्ग प्रा.लिबीच सम्झौता भएको छ । 

    images
    images

    सम्झौताअनुसार अब ग्राहकहरुले टाटा ब्रान्डका कर्मसियल र सेमि कर्मसियल खरिदमा माछापुच्छ्रे बैंकले सहुलियत दरमा कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । 

    उक्त सम्झौतापत्रमा र सिप्रदी ट्रेडिङ्ग प्रा.लिका तर्फबाट अध्यक्ष राजन बाबु श्रेष्ठ तथा माछापुच्छ्रे बेंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरे । 

    सम्झौता अनुसार माछापुच्छ्रे बैंकले देशभर रहेका आफ्ना शाखा कार्यालयहरु मार्फत  सिप्रदी ट्रेडिङ्गका देशभर रहेका डिलरबाट टाटा ब्रान्डका नयाँ कर्मसियल र सेमि कर्मसियल खरिद गर्न चाहने ग्राहकहरुलाई सहज र सरल रुपमा सेवा प्रदान गर्नेछ । 

    स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ«े बैंक लि. पुर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १६० वटा शाखाहरु, १४८ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा ३१३ स्थानमा रहेका सेवा सञ्जाल तथा १९९ वटा एटीएमहरु तथा १ हजार भन्दा बढि पिओएस मार्फत बाट ग्राहक महानुभावहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बैकिङ् सुबिधा प्रदान गरीरहेको छ । 

    साताको लोकप्रीय