काठमाडौं/ सरकारले चालु आर्थिक वर्ष २०७७ / ७८ को ६ महिनामा विकास निर्माणमा नतिजा उत्कृष्ट नदेखिएपछि अर्थमन्त्रालयले प्रमुख सम्पादन गर्नै पर्ने कार्यतालिकाको सूचि अन्तर्गत विषयहरु अघि सारेको छ । तथा राजस्व संकलनमा पनि समस्या देखिएपछि अर्थमन्त्रालयले अघिल्ला बर्षहरुमा भन्दा थप रणनीतिहरु अघि सारेको हो ।
राजश्व व्यवस्थापनलाई थप प्रभावकारी बनाउन चालु आर्थिक वर्षको बाँकी अवधिमा समपदन गर्नुपर्ने कार्यहरु तोकेको हो । अर्थमन्त्रालयले बजेट समिक्षा गर्दै आफ्नो सन्दर्भ पुस्तकमा उक्त विषयहरु करिब १५ बुँदाहरुमा उल्लेख छ ।
कतिपय विषय अघिल्लै वर्षका दोहोरिएका छन् । बाँकी अवधिमा कार्य सम्पादन चुस्त बनाउन काम कारवाहीको सीमा राखेको अर्थमन्त्रालयले जनाएको छ ।
चालु आर्थिक वर्षमा लिईएका राजस्व नीति तथा कार्यक्रम सम्बन्धी एन व्यवस्थाको प्रभावकारीता बढाउने अभिलेख प्रणालीमा सुधार गर्दै वायोमेट्रिक प्रणालीमा आवद्ध हुने जस्ता महत्वाकांक्षी सम्पादन गर्नैपर्ने कार्यहरु तोकेको छ ।
राजस्व व्यवस्थापनलाई थप प्रभावकारी बनाउन चालु आर्थिक वर्षको बाँकी अवधिमा सम्पादन गर्नुपर्ने प्रमुख कार्यहरु यस्ता छन्
१. वैकल्पिक र विशेष कार्ययोजना बनाई वार्षिक लक्ष्य हासिल हुनेगरी कार्यसम्पादन गर्ने । चालु आर्थिक वर्षमा लिइएका राजस्व नीति तथा कार्यक्रम एवम् आर्थिक ऐन, २०७७ ले व्यवस्था गरेका स्कीमहरुको प्रभावकारी कार्यन्वयन गर्ने ।
२. करदाता दर्ता तथा अभिलेख प्रणालीमा सुधार गरी बायोमेट्रिक प्रणालीमा आवद्ध गर्ने ।
३. कर छली तथा चुहावट नियन्त्रण गर्ने / कराधार फराकिलो बनाउने । बजार अनुगमन कार्यलाई थप प्रभावकारी बनाई राजस्व छली तथा चुहावटलाई नियन्त्रण गर्ने ।
४. व्यवसायिक कारोबारमा विद्यूतीय विलिङ प्रणालीलाई प्रवर्दन गरी सोको नियमित अनुगमन गर्ने व्यवस्था मिलाउने ।
५. आन्तरिक राजस्व विभागको क्ष्लतभनचबतभम त्बह कथकतझ र ऋभलतचब िद्यष्ििष्लन ःयलष्तयचष्लन क्थकतझ को क्षमता अभिबृद्धि गरी भन्सार विभाको ब्कथ्क्ग्म्ब् ध्यचमि क्थकतझ र राजस्व अनुसन्धान विभागको ख्भजष्अभि बलम ऋयलकष्नलmभलत त्चबअपष्लन क्थकतझ प्रणालीसँग अन्त आबद्धता गरी एकिकृत करदाता सूचना प्रणालीको विकास गर्ने ।
६. कर परीक्षण विस्तृत अनुसन्धान, चालु वर्षको कर परीक्षण, मौज्दात परीक्षण, अग्रिम करकट्टीको परीक्षणलाई सूचनामा आधारित र गुणस्तीय बनाउने ।
७. प्रशासकीय पुनरावलोकनका लागि प्राप्त निवेदनहरु उपर ऐनद्धारा निर्धारित समयभित्रै निर्णय गर्ने व्यवस्था मिलाउने ।
८. विगतमा कर परीक्षण तथा अनुसन्धानका लागि छनौट भएका करदाताहरुको कर कानूनले तोकेको म्यादभित्र पुनः कर निर्धारण संसोधन कर निर्धारण सम्पन्न गर्ने व्यवस्था मिलाउने ।
९. अन्तः शुल्कजन्य बस्तु उत्पदान तथा विक्री वितरण गर्ने प्रतिष्ठान तथा बजारमा नियमित अनुगमन गरी अन्तशुल्क चुहावट तथा अवैध मदिरा नियन्त्रण गर्ने अन्तः शुल्क स्टीकर आपूर्तिको वैकल्पिक व्यवस्था गरी नियमित बनाउने ।
१०. आरम्भ गरिएको ल्भउब िल्बतष्यलब िक्ष्लनभि ध्ष्लमयध लाई पूर्णरुपमा कार्यन्वयन गर्ने । भन्सार जाँचपास पूर्ण रुपमा जोखिम व्यवस्थापनमा आधारित बनाउने । भन्सारमा मालबस्तुको स्पष्ट घोषणा गराइ मालबस्तुको मूल्याङ्कनलाई यथार्थपरक बनाउने ।
११. एजेन्टको संख्या थप गर्न नयाँ भन्सार एजेन्ट नियूक्त गर्ने प्रकृया थालनी गर्ने ।
१२. प्रहरी प्रशासनसँगको समन्वयमा सीमा क्षेत्रमा हुने अवैध चोरी निकासी पैठारी नियन्त्रण तथा वैध व्यापारलाई प्रोत्साहन गर्ने ।
१३. छोटी भन्सारको संख्या पुनरावलोकन गर्ने र तिनलाई थप व्यवस्थित बनाउने ।
१४. भन्सार घोषणा र जाँचपासमा क्ष्लनभि ऋयलकष्नलmभलत को अवधारणालाइ कार्यान्वयनमा ल्याउने ।
१५. बेरुजू फछर्यौट तथा बक्यौता असुलीको कार्यलाई प्रभावकारी बनाउने सम्बन्धित अधिकृत र कार्यलय प्रमुखलाई जिम्मेवार बनाउने ।