माछापुच्छ्रे बैंकको डिजिटल देउसी भैलो, सर्वोत्कृष्टले हुनेलाई प्रस्तुती ५० हजार 

माछापुच्छ्रे बैंकको डिजिटल देउसी भैलो, सर्वोत्कृष्टले हुनेलाई प्रस्तुती ५० हजार 

अर्थ डबली
शुक्रवार, कार्तिक २८ २०७७
अर्थ डबली
शुक्रवार, कार्तिक २८ २०७७ (अर्काइभ बाट)
  • माछापुच्छ्रे बैंकको डिजिटल देउसी भैलो, सर्वोत्कृष्टले हुनेलाई प्रस्तुती ५० हजार 

    काठमाडौं / माछापुच्छ्रे बैंक लिमिटेडले नेपालीहरुको दोस्रो ठुलो चाड तिहारको अवसरमा डिजिटल देउसी भैलोको आयोजना गरेको छ । 
    देउसी भैलोमा सहभागी हुन सहभागीहरुले बैंकको मोबाइल बैंकिङ सेवामा आधारित सन्देश मुलक देउसी भैलो गित भिडियो सहित बनाएर बैंकको आधिकारिक फेसबुक पेजको म्यासेन्जरमा पठाउनु पर्ने बैंकले जनाएको छ । यसरी प्राप्त भिडियो मध्ये सर्वोत्कृष्ट प्रस्तुतीले लाई ५० हजार प्रदान गरिनेछ । सर्वोत्कृष्ट प्रस्तुती बैंकको निर्णायक समितिले निर्णय गर्ने बैंकले जनाएको छ ।
    सहभागीहरुले बढिमा ३ मिनेट सम्मको भिडियो यही मङ्सिर १ गते सम्म पठाउनु पर्ने छ ।

    images
    images

    कोरोना भाइरसको जाखिमले गर्दा अघिल्ला बर्षहरुमा जस्तो घरघरमा गएर देउसी भैलो खेल्ने अवस्था नरहेकोले आफुसँग प्रतिभा रहेका व्यक्तिलाई लक्षित गरी माछापुच्छ्रे बैंकले उक्त देउसी भैलो कार्यक्रम संचालनमा ल्याएको जनाएको छ । 
     
    बैंकले बिशुद्ध बैंकिङ सेवाको साथ बिभिन्न समयमा ग्राहक लक्षित यस्ता प्रतियोगिताको आयोजना गर्देै आएको छ ।

     

    साताको लोकप्रीय