सुनचाँदीको भाउमा आज पनि गिरावट, सुन तोलामा एक हजार घट्यो

सुनचाँदीको भाउमा आज पनि गिरावट, सुन तोलामा एक हजार घट्यो

अर्थ डबली
बुधवार, मंसिर १० २०७७
अर्थ डबली
बुधवार, मंसिर १० २०७७ (अर्काइभ बाट)
  • सुनचाँदीको भाउमा आज पनि गिरावट, सुन तोलामा एक हजार घट्यो

    काठमाडौँ / सुनको भाउमा आज पनि गिरावट आएको छ । हिजो तोलामा एकैपटक एक हजार ८०० रुपैयाँ घटेको सुनको भाउ आज बुधबार पनि तोलामा एक हजार रुपैयाँ घटेको छ । 

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य अनुसार आज छापावाल सुन चोलामा एक हजार रुपैयाँ घटेको हो । यसअघि तोलामा ९२ हजार ५०० रुपैयाँ कायम भएको सुनको भाउ बिहीबार ९१ हजार ५०० रुपैयाँमा कारोबार हुनेछ । 

    सोही परिमाणको तेजावी सुनलाई भने आज तोलामा ९१ हजार रुपैयाँ पर्नेछ । यता, चाँदीको भाउमा पनि गिरावट आएको छ ।

    हिजो एक हजार १८० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा एक हजार १७५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । 

    साताको लोकप्रीय