वैकल्पिक उपाय अपनाएर विद्युत् जोड्न उर्जामन्त्री भुसालको निर्देशन 

वैकल्पिक उपाय अपनाएर विद्युत् जोड्न उर्जामन्त्री भुसालको निर्देशन 

अर्थ डबली
बुधवार, श्रावण २० २०७८
अर्थ डबली
बुधवार, श्रावण २० २०७८ (अर्काइभ बाट)
  • वैकल्पिक उपाय अपनाएर विद्युत् जोड्न उर्जामन्त्री भुसालको निर्देशन 

    काठमाडौँ / सरकारले बाढीपहिरोका कारण विद्युत् विच्छेद भएको मेलम्चीमा वैकल्पिक उपाय अपनाएर बिजुली पुर्याउन पहल थालेको छ । 

    images
    images

    पछिल्लो पटकको बाढीले इन्द्रावती–३ को हाइड्रो पावरको ६६ केभीको प्रसारण लाइनको टावरमा क्षति पुगेपछि त्यहाँ विद्युत् विच्छेद भएको थियो ।

    गत असार १ गते आएको भीषण बाढीले हेलम्बुु, किउल र मेलम्ची बजारमा ठूलो क्षति पुर्याएको थियो । तीन ट्रान्समिसन लाइन बगाएको थियो ।

    गत असारको क्षति मर्मत गरेको भए पनि यही साउन १६ गतेको बाढीले पुनः अर्को ठाउँमा दुई वटा टावर बगाएको थियो । 

    मेलम्चीका जनता अँध्यारोमा बस्नुपरेको भन्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले वैकल्पिक उपाय अपनाएर विद्युत् जोड्न निर्देशन दिएकी हुन् । 

    उनले विद्युत् प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपाने, बागमती प्रादेशिक कार्यालयका प्रमुख श्रीराम राज पाण्डे र ग्रीड सञ्चालन विभागका निर्देशक सचितानन्द यादवलाई आज मन्त्रालयमा बोलाएकी थिइन् । 

    मेलम्ची वितरण केन्द्रका प्रमुख माधव न्यौपानेका अनुसार मेलम्ची खोलाको करिडोरमा बाटो र पुल बगाएको छ ।

    उनका अनुसार पहिलो बाढीमा ४१४ वटा पोल बगाएको थियो र शनिबारको बाढीले झण्डै ४०/५० वटा पोल बगाएको छ । हाल मेलम्ची नगर र इन्द्रावती गापमा विद्युत् आपूर्ति गरिएको भए पनि पाँचपोखरी र हेलम्बुमा विजुली पु-याउन सकिएको छैन । 

    उनीहरूले साँखु–जरसिंहपौवा–मेलम्चीको ११ केभी, बनेपा सिपाघाट इन्द्रावती हुँदै मेलम्ची र नुवाकोटको समुन्द्रटार मेलम्ची जोड्ने उपाय सुझाएका थिए । त्यसमा समुन्द्रटारबाट लैजानका केही समस्या देखिएको बताएका थिए । 

    उनले केही दिनमा वैकल्पिक बाटो प्रयोग गरेर विद्युत् जोड्न सकिने भए पनि क्यूलमा भने पोल पु-याउन समस्या हुने मन्त्रीलाई जानकारी गराएका थिए । 

    त्यसपछि मन्त्री भुसालले ऊर्जा सचिव देवेन्द्र कार्कीमार्फत वैकल्पिक ऊर्जा प्रवर्दधन केन्द्रलाई सोलार जोड्न निर्देशन दिएका छन् । 

    साताको लोकप्रीय